NRNA साउदी अरबको श्रमिक उद्धार प्रयास

NRNA साउदी अरबको श्रमिक उद्धार प्रयास

NRNA साउदी अरबको श्रमिक उद्धार प्रयास (२० मे २०११ उपरान्त चालु)

 

केश नं. १

रिपोर्टरः पीडित (धनमायां लिम्बु र थली माया लामा) आंफै

स्थानः रियाद (डा. सुलैमानिया प्रसुती अस्पताल)

मितिः ३० अप्रिल २०११

समस्याः रियादको अन्ताव कम्पनीबाट यो अस्पतालमा भाडामा काममा लगाइएको उपरोक्त नेपाली महिला कामदारहरूले आफ्नो २ बर्षे कार्यकाल पूरा गरी घर फर्किन चाहंदा धर फर्किन नदिएको । ७ महिना बढी बस्दा चोरीको आरोप लगाई ३ महिनादेखि काम र तलब नदिएको ।

समाधानः पीडित कामदारबाट गुनासो तथा उद्धारमा आवश्यक सबै जानकारी लिए पछि एनआरएनए साउदी अरबद्वारा नेपाली दुतावास रियादका श्रम सहचारीज्युलाई संस्थागत अनुरोध गरिए पछि श्रम सहचारीज्युबाट पटक पटक रोजगारदातासंग वार्ता गरी पीडित कामदारलाई घर फर्काउन मञ्जुर बनाएको ।

केश नं. २

रिपोर्टरः सनम बस्नेत (चोला पाठक – एनसिसी सल्लाहकार मार्फत)

स्थानः अज्ञात मरूभुमी (साउदी अरब)

मितिः १४ मे २०११

समस्याः नेपालको इस्कर्ट ओभरसिजबाट ‘सब्जी खेतीको काम’ भनी साउदी अरब पठाइएका लिलम बस्नेतलाई उंट तथा भेडा चराउन लगाइएको, दैनिक ८ घण्टा ड्युटी भनिएकोमा १२ घण्टा (बिना ओभरटाइम) काममा लगाइएको र बिरामी पर्दा समेत उंटका पछि पछि दौडिन बाद्य बनाइएको ।

समाधानः एनआरएनए साउदी अरबको संस्थागत अनुरोधमा दुतावासका श्रम सहचारीज्युले पीडितका कफिल (मालिक) अबुनासेर संग पटक पटक वार्ता गरे पछि अन्ततः पीडितले स्वदेश फर्किन पाएको ।

केश नं. ३

रिपोर्टरः नेपाली राजदुतावास, रियाद

स्थानः रियाद

मितिः १४ मई २०११

समस्याः उद्धारको पर्खाईमा दुतावासको सेल्टरमा रहेका पीडित महिलाहरू (४ जना)  

समाधानः एनआरएनए साउदी अरबले उपरोक्त चारै जना पीडित महिलाहरूलाई आवश्यक अध्ययन पश्चात घर फिर्तिका लागि महिला उद्धार कोषबाट हवाई टिकट उपलब्ध गराएको । २२ मई २०११ मा चारै जना नेपाल फर्केको ।

केश नं. ४

रिपोर्टरः अमर नेपाली (पीडित ७ जना मध्येबाट)

स्थानः दमाम

मितिः १६ मे २०११

समस्याः नेपालको आयुष इन्टरनेशनल (म्यानपावर कम्पनी) ले साउदी अरबको रहिमा स्थित हमद एच अल जामिया कम्पनीका लागि पठाइएका अमर नेपाली लगायतका ७ जना नेपाली कामदारहरूले सम्झौतामा उल्लेख भए बमोजिमको कम्पनी तथा काम सुविधा नपाए पछि दमाम एअरपोर्टबाटै अलपत्र परी स्थानीय नेपालीको सहयोगमा दमाममा एक हप्तासम्मा शरण लिइ बस्नुपरेको ।

समाधानः यो केशका बारेमा नेपालबाट पौरखी (संस्था) बाट एनआरएनए साउदी अरबलाई उद्धारका लागि अनुरोध गरिए पछि एनसिसी अध्यक्षले पीडित कामदार तथा म्यान पावर कम्पनीसंग बार्ता गरेको र एनसिसीका उपाध्यक्ष हरि घिमिरेले रोजगारदाता कम्पनीसंग वार्ता गरे पछि पीडित कामदारहरूले काम तथा सुविधा पाएको ।

केश नं. ५

रिपोर्टरः जैबी राई (एनसिसी साउदी अरबका सदस्य)

स्थानः लेबनान

मितिः २७ मे २०११

समस्याः लेबनानमा अत्यन्त नाजुक अवस्थामा काम गर्दै गर्दा गम्भिर बिरामी परेकी खोटांगकी सम्झना राई ५ महिना देखि आफ्नो घर परिवारबाट सम्पर्क बिहीन रहन पुगेकी

समाधानः जैबी राईको लिखित अनुरोध प्राप्त भए पछि एनआरएनए साउदी अरबले एनआरएनए लेबनानलाई सम्झना राईको खोजि गरिदिन अनुरोध गरेको, लेबनानस्थित नेपाली कन्सुलेट कार्यालयका तर्फबाट दिपेन्द्र उप्रेतीज्युले सम्झना राई तथा निजकी रोजगारदाता श्रीमति हदाकीसंग सम्पर्क स्थापित गरी सम्झनाको स्थिती बुझ्दा सम्झना बिरामी परी उपचाररत रहेको तर मालिक्नीले कुनै नराम्रो ब्यवहार नगरेको र उपचार हुन नसकी काम गर्न नसके घर जानसक्ने र सो का लागि डाक्टरको अन्तिम मेडिकल रिपार्ट पर्खेको जानकारी एनआरएनए साउदी अरबलाई गराइएको ।

केश नं. ६

रिपोर्टरः सन्दिप वली ( NRNA अबिकक-अलहासा क्षेत्रिय समितिका अध्यक्ष)

स्थानः दमाम

मितिः २ जुन २०११

समस्याः दमामको सेन्ट्रल हस्पिटलमा एकजना भागेका नेपाली कामदार (गैर कानुनी हैसियतमा रहेका) को मृत्यु भएको महिनौ हुंदा पनि शब बेवारिस रहेको, जसको समाचार मलायलम (भारतको केरला राज्यमा बोलिने) भाषाको समाचारपत्रमा फोटोसहित छापिएको, पछि त्यही समाचार कान्तिपुरमा समेत पठाइएकोमा एनआरएनएद्वारा शब नेपाल फर्काउन यस प्रकार अनुरोध गरिएको 

Team,

The attached article was published in Kantipur National recently. This article was sent to Kantipur by one of our members.

Even though the deceased was an illegal worker, I feel it is our responsibility to intervene by ourselves in this issue and do the needful to repatriate the dead body to Nepal.

If we do this, the image of NRN will be shifted to completely new paradigm. This will change the spectacles of the Nepalese laborers through which they view us at the present moment.

I hope, we will approach this issue with a positive vigor to settle down the matter.

समाधानः सन्दिप वलीको उक्त अनुरोधलाई एनसिसी साउदी अरबको तर्फबाट दिइएको जबाफ

Dear Sandeep jee

Thanks for your thoughtful mail. Every Nepalese will be sad knowing this miserable situation of a Nepali Brother. However, our current policy is to prevent Nepalese from being illegal so that we could fight/advocate for their legal rights, facilities & benefits they legally deserve for. For those who opt & choose this illegal status, we can only say भीरमा हिड्ने र लड्नेलाई राम भन्न सकिन्छ, थाम्न सकिदैन Also, before we involve in the case(s) like this, we will put ourselves in a big moral dilemma (crisis) whom to support & whom not. There are more than 50,000 Nepalese in KSA who are runaway workers & therefore are at illegal status. Even our Embassy, our government, Saudi government is not being able to solve these problems, how can NRNA? Where are the resources (Human / Financial) to consider rescue of illegal workers? So, we should involve & limit ourselves in the ‘Preventive’ side only. If needed to review our policy, Dipak jee, our NCC Member, can bring this issue in our NCC Meeting.

केश नं. ७

रिपोर्टरः डोर बहादुर कार्की (एनसिसी साउदी अरबका सचिव)

स्थानः हायल, साउदी अरब

मितिः ४ जुन २०११

समस्याः साउदी अरबको हायलमा घरेलु महिला कामदारका रूपमा बिगत ४ बर्षदेखि काम गर्दै रहेका गायत्री बि.क. र देबी बि.क.ले हालसम्म पनि कुनै तलब नपाएकोमा तलब माग्दा उल्टै घर मालिकले करेण्ट लगाएर मारिदिने धम्कि दिएको हुंदा बन्धक अवस्थाकी यी महिला कामदारहरू चरम मानसिक यातनामा  

समाधानः नेपाली दुतावास रियादलाई डोर बहादुर कार्कीजीले मौखिक (भेटेरै) समस्या बारे जानकारी गराएको, पछि नेपाली जनप्रगतिशिल मञ्च र एनआरएनए साउदी अरब (दुबै संस्थाहरू) बाट लिखित रूपमा संस्थागत अनुरोध समेत गरिएको तर दुतावासबाट तत्काल हायल पुगी पीडित महिलाहरूको उद्धार गर्न तत्परता नदेखाइए पछि र डोर बहादुरजीलाई कसैगरी हायल बाट दुतावास (रियाद) ल्याइपुर्याए बांकि उद्धार दुतावासले गर्ने भनी मौखिक रूपमा जनाए पछि नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको बिशेष पहल तथा सानु तामांग लगायतका स्थानीय नेपालीहरूको सहयोगमा पीडित २ महिला मध्ये गायत्री बि.क.लाई ९ जुन २०११ मा दुतावासको सेल्टरमा ल्याइपुर्याएको । स्मरणीय छ कि उक्त महिलालाई रियादबाट ८५० कि.मि.को दुरीमा अवस्थित हायल शहरबाट रियाद ल्याइपुर्याउन अत्यन्त जोखिमपुर्ण र गैर कानुनी अभ्यास यसकारण थियो कि यस मुलुकमा कुनै पनि महिला आफ्नो मालिक या अभिवावक बिना एक्लै ट्राभल गर्न सक्दैनन । नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले एउटी पीडित नेपाली महिलालाई आपतकालिन मानवीय सहयोग पुर्याउन करीब १ हजार साउदी रियाल खर्च गर्दै यो जोखिमपुर्ण पहल गरेको थियो । दुतावासको सेल्टरमा आगमन पश्चात गायत्री बि.क. अब करिब करिब सुरक्षित र सबैखाले यातना तथा तनावमुक्त बनेकि छिन । उस्तै पीडा र तनावमा रहेकी अर्की पीडित देबी बि.क.लाई उद्धार गर्न बांकि नै छ ।

केश नं. ८

रिपोर्टरः डोर बहादुर कार्की (एनसिसी साउदी अरबका सचिव)

स्थानः नजरान, साउदी अरब

मितिः ७ जुन २०११

समस्याः साउदी अरबको नजरानमा अल सलामा कम्पनीमा कामगर्ने नवराज श्रेष्ठ, कुल बहादुर धिमाल र डमर नारायण यादव ओरिजिनल इकामा नभई कम्पनीले स्टाम्प गरेको फोटोकपी मात्र बोकी यात्रा गर्दे गर्दा नजरानमा पक्राउ परी हाल जेलमा । २ बर्षे करारनामा सकिई घरजानै लाग्दा यसरी पक्राउ परेको । कम्पनीले खासै वास्ता नगरेको ।  

समाधानः एनआरएनए साउदी अरबका अध्यक्षले पीडित मध्येकै एक नबराज श्रेष्ठसंग फोन वार्ता गरि समस्याबारे सबै जानकारी लिएको । उद्धारका लागि आवश्यक कुटनैतिक पहलका लागि संस्था(एनआरएनए) को तर्फबाट दुतावासलाई औपचारिक अनुरोध गरिएको ।