जीवन – लघु कथा

0
16

२८ अगस्त २०१२

राजु पौडेल

कन्चन बहने पबित्र घाटस्थलका कैयन स्नानले उसको व्यथा पखाल्न सकेको छैन | पूजा-पाठ र यज्ञ-दान यावत उसका उत्तरार्धका कर्महरुले उसलाई पबित्र बनाउन सकेका छैंनन | सम्पन्न परिवारको निगाहा प्राप्त हुँदा उमेरमा उसको तुजुक लोभलाग्दो थियो | मिलेको जीऊ-डाल शु-गठित शरीर आधुनिक पहिरनको बेजोड संगममा आहा ! सेतु सारा देउराली गाउँको आकर्षकको केन्द्र थियो ,उ जमानामा |

अलिक रवाफी व्यबस्थाको हिमायती उ सम्पन्न परिवारको छात्रछायाँमा बितन्डा मच्चाउने पौरखी पात्र थियो | देउराली गाउँमा चल्ने उसको चर्चा परिचर्चाले छिमेकी बस्तिपुरका युबतीहरु समेत त्रस्त हुन्थे |उसको हावा चल्नासाथ गाउँमा सन्नाटा छाउथ्यो | आतंकित उनका अभिभावक उनका छोरी-चेलीको अस्मिता बाहेक अन्य मूल्यहरू उसका सामु चुकाउथे |

उर्जाशील समयको अकर्मण्यताले थिचिएको छ ‘सेतु’ अहिले शुष्क र रुग्ण भौतिक शरीरको कम्पन संगै अतित नियालिरहेको छ | बितन्डाको पौरखी पात्र भौतिक शरीरको उर्जा सकिदा नसकिदै सम्पन्न परिवारको ओझेल परिसकेको छ | उसको उस्तो रवाफी व्यवस्थामा आमुल परिबर्तनका बांछिटाहरु लागिसकेका छन | झल्यास्स सम्झिन्छ ! मैले मेरो सारा जीवनमा गरेको एउटा पनि स्मरणयोग्य कर्म छ कि कतै ? सामाजिक ,परोपकारी ,कल्याणकारी … अहं…! किमार्थ उसको चेतन ,अबचेतन ,अर्धचेतन सबै मस्तिष्कका पाटाहरु झनै निष्प्राभी बने उफ ..!लामो सुस्केरामा तडपिन्छ,जीवन भोगाईका तत्कालिन मादकता ,पीडादायी स्पर्शलाई स्पन्दन गर्दै उसको रुप रंग र भाव-भंगीमा प्रवेश गर्दछ | परिबर्तित निरश गुलाबी चेहेरा संगै हठात उसको उपदेशात्मक अर्ति फुत्किन्छ “जीवन” सम्झिन लायक कर्मको संगम रहेछ !

(राजु पौडेल  गैर आवासीय नेपाली संघ -साउदी-अरबबाट आई.सी.सी सदस्य हुनुहुन्छ)

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here