शरीरका लागि पानी अमृत

शरीरका लागि पानी अमृत

२२ जून २०१२

शरीरका लागि पानी अमृत

दिनदिनै गर्मी बढिरहेछ। तपाईंले पिउने पानी कस्तो छ कहिल्यै ध्यान पुर्याउनु भएको छ ?  यस्तो बेलामा, जाडोमा पानी पिउनबाट टाढै रहने मानिसहरू पनि यो गर्मीमा खूब पानी पिउन थालेका छन्। यद्यपि, पानीले सिर्फ हाम्रो प्यास मेटाउने मात्र होइन, शरीरका तमाम अन्य रोगसंग पनि भिड्छ। हाम्रा शरीरका कैयौं सिस्टम पानीको मद्दतबाट चल्ने मात्र होइनन्, यसले शरीरका तमाम सेल्सहरूसम्म पोषक तत्वलाई पनि पुर्याउछ।  विश्व स्वास्थ्य संगठनकाअनुसार एक ब्यक्तिलाई दैनिक १५ लीटर पानीको आवश्यकता पर्दछ । यदि जानकारहरूको कुरा मान्ने हो भने त पानीले हाम्रो शरीरबाट टक्सिन्सलाई निकाल्नमा पनि मद्दत गर्दछ। साथै, यसले यूरिनरी इन्फेक्शन(पिसावको संक्रमण) र गर्मीमा अक्सर हुने डिहाईड्रेशन आदिबाट पनि बचाउछ। धेरै ब्यूटीविज्ञहरू छालाको चमकका लागि बढीभन्दा बढी पानी पिउने सल्लाह दिन्छन्। ख्याल गर्नुस् यदि तपाईलाई खाना खानासाथ तुरुन्तै पानी पिउने आदत छ भने याद गर्नुस् कि खाना खाएको आधा घण्टा पहिला वा त्यसको आधा घण्टा पछि मात्र पानी पिउनुस्। खाना खाएपछि तुरुन्तै पानी पिउँदा पाचनशक्तिमा हानी पुग्छ।

 पानीको महत्वः

पुरूषमा महिलाको शरीरमाभन्दा बढी मांशपेशी र कम बोशो हुन्छ । साथै मांशपेशीले बोसोभन्दा चार गुणा बढी पानी ओगटेको हुन्छ । त्यसैले महिलाको शरीरमाभन्दा पुरूषको शरीरमा पानीको मात्रा बढी हुन्छ । तैपनि पानीले पुर्याउने  फाइदा भने पुरूष तथा महिलामा समानै हुन्छ ।
– पानीले शरीरमा हुने मेटाबोलिज्मको माध्यमका रूपमा काम गरी खाना पचाउन मद्दत गर्छ ।
– रगतमा भएको पानीमार्फत् अक्सिजन र भोजन शरीरका विभिन्न भागका कोशिकाहरूसम्म पुग्दछ ।
– शरीरको तापक्रम बढी भए पसिना निकाली शरीरको तापक्रम स्थिर राख्ने काम पानीले गर्दछ ।
– शरीरको हाडजोर्नी र आँखाको नानीलाई गिलो बनाएर लुब्रिकेशनको काम पानीले गर्दछ ।
– शरीरको विकारयुक्त पदार्थलाई पानी मार्फत् पिसाब र पसिनाको रूपमा फ्याक्दछ ।
– अत्याधिक भोजनको खपतलाई न्युन गराउँछ पानी सँगै पिउनाले जसबाट विभिन्न रोगबाट बचाउँछ ।
– फोक्सोलाई सुख्खा हुनबाट बचाई अक्सिजन लिन र कार्बनडाइअक्साइड फ्याँक्न मद्दत पुर्याउछ ।
– क्यालीफोर्नियाको लोमा लिण्डा विश्वविद्यालयमा २० हजारभन्दा बढी स्वस्थ महिला र पुरूषमा गरिएको अनुसन्धानमा दैनिक ५ गिलासभन्दा बढी पानी खानेलाई २ गिलासभन्दा कम पानी खानेको तुलनामा हृदयाघात वा मुटुको रोगले मर्ने खतरा कम रहेको देखाएको पनि छ ।
– बेलायतको नेसनल हेल्थ सर्वे जन बिएमजेमा प्रकाशित छ त्यसले पानी बढी खाँदा पानीले मृगौलालाई जोगाउँछ, तौल कम गर्छ र कन्सेन्ट्रेशनको स्तर बढाउँछ वा जति पानी खायो उति राम्रो मानिने तथ्य सत्य होइन भन्दै दैनिक ८ गिलास बढी पानी सेवन हानीकारक हुनसक्ने बताएको छ । त्यसमा प्लाष्टिक बोतलमा भएको झनै हानिकारक हुन्छ ।
– शरीरमा पानीको कमी हुदा मस्तिष्कमा ग्रे म्याटरको मात्रा बढी मस्तिष्क खुम्चिन थाल्छ र शरीरमा बुढ्यौलीको अवस्था आउँछ भन्ने तथ्य विृटिश अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । त्यस्तै सुचनालाई बुझ्न र त्यसअनुसारको प्रतिक्रिया दिनमा पनि मस्तिष्कले बढी समय लगाउँछ । मस्तिष्कका प्रायः सबै कामकाजमा विपरित असर पर्दछ । तसर्थ परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई झनै राम्रो परिणामका लागि पानी टन्न पिउनुपर्दछ ।

पानी कति पिउने ?

पानीबिना जीवन संभव छैन । पानी अमृत हो । शरीरका निम्ति पानीको महत्व ठूलो छ भन्नेमा दुईमत छैन । शरीरमा विभिन्न तत्वहरूको सन्तुलन मिलाउन, विषक्त तत्वहरू निष्कासन गर्न तथा शारीरिक एवं मानसिक सम्पूर्ण कार्यहरू सम्पादन गर्न यथेष्ट मात्रामा पानी पिउनुपर्दछ । तर कति पिउनुपर्छ भन्ने प्रश्नको सोझो उत्तर पाउन गाह्रो छ । शरीरबाट मृगौला भएर निष्कने हानिकारक तत्व प्रायः पानीमै घुलेर पिसाबको रूपमा बाहिरिन्छन् । जसका लागि सामान्य अवस्थामा दैनिक डेढ लिटर पिसाब उत्पादन र उत्सर्जन हुनुपर्छ । स्वस्थ अवस्थामा मृगौलाले आवश्यकताभन्दा धेरै वा थोरै तरल पदार्थ शरीरभित्र प्रवेश भए पनि सजिलैसँग सन्तुलन गरी शरीरलाई हानी हुनबाट रोक्न पिसाबको मात्रा घटबढ गरी नियन्त्रण गर्दछ । शरीरको तौललाई ३० ले भाग गर्दा आउने फल नै आवश्यक पानीको मात्रा हो ।
असामान्य अवस्थामा शरीरले पानीको मात्रा नियन्त्रण गर्न नसक्ने भएकाले पानीको मात्रा अधिक वा अभावमा ठूलो हानी हुनसक्छ । पानीको मात्रा बढाउँदा खुट्टा,शरीर सुन्निने, पिएजति पानी समयमै शरीरबाट ननिस्किने, पिसाब गर्दा कुनै अबरोध महशुस हुने, मुटुको केही रोगी, उच्च रक्तचाप र खुट्टाको तल्लो खण्ड सुन्निने विरामीले भने सल्लाहअनुसार कमै पिउनुपर्दछ । कम्तिमा २४ घण्टामा ३ लिटर पिसाब हुनेगरी तरलपदार्थ वा पानी पिउनुपर्छ । पानी सेवन जति गरे पनि एकैपटक धेरै तथा लामो अन्तरालमा पिउन वैज्ञानिक किसिमले राम्रो हुँदैन ।

प्रदूषित पानी खाँदा के हुन्छ ?

रोगका किटाणुहरू बास बसेको पानी नै दूषित पानी हो । मूलबाट भर्खर उम्रेको पानी दूषित हुँदैन, तर मान्छेको मल, मुत्र र गाई बस्तुको गोबर अनि अरू खालका फोहरबस्तुहरू पर्यो  भने पानी दूषित बन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रदूषित पानीका कारण प्रति दिन ४ हजारको मृत्यु हुन्छ । मानवद्वारा शहरीकरण तथा औद्योगिकीकरणबाट हुने प्रदूषण निकै गम्भीर प्रकृतिको हुन्छ । यसमा ढल मिश्रित पानी, कारखानाबाट निष्कासित विषाक्त पानी, कृषिजन्य मलखाद, किटनाशक औषधी, ताप र विकिरण प्रभाव, खानेपानीको ट्यांकी शुद्धिकरण, वितरण तथा पाइप इत्यादिमा हुने प्रदूषणले विकासोन्मुख मुलुकमा सरूवाजन्य रोगहरूको प्रयोग निम्त्याउने गर्दछ । प्रदूषित पानीको सेवनबाट जण्डिस, पोलियो, बच्चामा भाइरल संक्रमण, झाडापखाला, टाइफाइड, रगत मासी, भाइरल र इन्फेक्टिब हेपाटाइटिस, पखाला, झाडाबान्ता, आन्द्रा सम्बन्धी रोगहरू, हैजा, म्यादे ज्वरो, आऊँ, जियार्डियासिस, डोलो, कोर्रे र फित्ते जुकाहरूको संक्रमण गर्मी तथा वर्षा ऋतुमा महामारीको रूपमा वर्षेनी फैलिएर ठूलो धनजनको क्षति भइरहेको छ । उपरोक्त रोगहरू प्रमुख स्वास्थ्य समस्याको रूपमै विद्यमान छन् । फोहोर पानी तथा भाँडामा पानी जम्मा भै लामखुट्टे र अन्य किटाणु बढ्छन् र अन्य प्रमुख रोगहरू औलो, कालाज्वर, फाइलेरिया, डेंगु (अचल सफा पानी) फोहर पानी जम्मा भै लामखुट्टेबाट सर्ने रोग हुन् र बर्षेनी चुनौती बनिरहेका छन् । जलचर प्राणीबाट सिधै वा पानीका माध्यमबाट सर्नेमा सिस्टोसोमियासिस,सि स्नेल, गिनीवर्म, फिस टेपवर्म, साइक्लोप्स आदि पर्दछन् ।
यसबाहेक पानीमा मिश्रित विभिन्न रसायनिक तत्वहरूको कारण दाँतको फलोरोसीस, वालनिलिमाबढी सिसा, आर्सेनिक, साईनाइड, मर्करीबाट उत्पन्न समस्याहरू, छालाको समस्याहरू तथा सरसफाई प्रदूषित पानीले गर्दा लुतो, एलर्जी, दाद, आँखाको संक्रमण, नाक, कान, घाँटीको संक्रमण, पेटको संक्रमण, मुसा निस्कने, श्वास प्रश्वासको समस्या तथा नाम्ले जुका र आर्सेनिकको कारण मष्तिष्कमा संक्रमण र सुस्त मनःस्थिति आदि गम्भीर समस्याहरू पाइन्छन् । तसर्थ पानी बाँच्नका लागि नभई नहुने कुरा हो भने रोग फैलाउने किटाणुको भण्डार र रोग लगाउने तथा सार्ने माध्यम पनि हुनसक्छ ।

(श्रोत – स्वास्थ्य सम्बन्धि  विभिन्न पत्रिका  बाट संकलन गरिएको )

Print Friendly

NO COMMENTS

Leave a Reply