हार्दिक बधाई

0
55

१३ जून २०१२

हार्दिक बधाई  

 

राजु पौडेल

 

                                  दिनांक :- ३१  जेष्ठ २०६९   बि.स.

 

प्यारी अंशु ,

 तिम्रो लामो संघर्ष र प्रतिक्षाको नतिजा प्रकाशन संगै प्राप्त श्रेणीले हामीलाई समेत हर्षित तुल्याएको छ | बिधालय शिक्षाको पनडुब्बी सफलता पुर्बक अवतरण भएको यस पुनित अबसरमा बिधालयका गुरुबर्गप्रति तिमि सदा ऋणी रहने छौ |

बिधालय शिक्षाको फलामे द्वार पार भएको छ यधपी फलामेद्वारका जन्जिरबाट तिमि पूर्णत मुक्त हुनेछैनौ ,एउटा बिशाल चौरमा बल्ल अवतरण भएको छ | नितान्त खुल्ला आकाशमा तिम्रो मन चंगा भएको होला | बिधालय शिक्षाको कठोर अनुशासनबाट मुक्त तिमि, तिम्रा सामुन्ने उपस्थित थप दुई(०२) द्वार प्रति कत्तिको सचेत छौ ? उमेर संगै उत्पन्न हुने भावानात्मक संबेगको नियन्त्रण गर्दै यी द्वारहरुको महत्वलाई पहिचान गर्न सक्नुमा तिम्रो बाँकि पूर्ण जीवनको सार्थकता निहित हुनेछ | तिम्रो सामुन्नेमा दुई (०२) बाटाहरु प्रदीप्त हुनेछन एउटा बाटो निक्कै खुल्ला छ यत्न-बिधि प्रयत्नको आबश्यकता नपर्दै हुल-मूलसहित तिमि त्यो बाटोलाई सजिलै छिचल्न सक्छौ जहाँबाट तिमि तिमीलाई बिनाश मा पुर्याउने द्वारलाई पार गर्नेछौ अर्को बाटो निक्कै घुमाउरो हुनेछ उलट -पुलट र कैयन घुम्तीहरु यसका विशेषता हुनेछन | अल्पसंख्यक संगतिले तिमि दिग्दभ्रमित नहुनु जुन बाटोबाट तिमि हिंड्दै छौ , जहाँबाट बिकाश मा पुर्याउने द्वारलाई पार गर्नेछौ | दुरदृष्टि अबको चुनौती पनि हो जसको अभाबमा बिनास मा पुर्याउने द्वार पार गर्यौ भने सम्झ सफल जीवनमा अवतरण हुने तिम्रो असाधारण क्षमता छिन्न भिन्न हुनेछ | छोटो संघर्षपूर्ण जीवनको समयावधिमा खोलिने बिकाशको द्वार तिम्रा लागि सदा उर्बर हुनेछ ,उमङ्ग र प्रगतिमुलक हुनेछ | त्यसैले फलामे द्वार अझै बाँकि छ पूर्णत पार भैसकेको छैन |

सम्झनु तिमि जहाँ छौ त्यहासम्म आइपुग्न राज्यले मात्र कम्तिमा ०७ लाख ५० हज्जार तिमीलाई खर्च गरेको छ | जसको चुक्ता गर्नुमा नै तिम्रो ईमान्दारिता ठहर्ने छ त्यसमा तिम्रा अभिभावकको लगानी , श्रम र बिस्तारित हुदै जाने आकांक्षा तिमीले ब्यबस्थापन गर्ने बाँकि चुनौती हुनेछ |

१० बर्षे अथक प्रयत्नको लाभ  प्राप्त अंक र प्रतिशतमा गर्भ नगर्नु ,संकाय र कलेजको रोजाईको फेसनमा किन्चित बिश्वास नगर्नु | आफ्नै प्रयत्नले सिंगारिने शैक्षिक जीवन तिम्रो मेहनतभन्दा अर्को कुनै आकर्षित भौतिक संरचनामा नफस्टाउने निश्चित छ | उच्च शिक्षाका प्रारम्भिक बर्षहरु बित्दानबित्दै बिदेशी विश्वबिधालयका नरम कागजातहरु भित्रको भब्य भौतिक संरचनामा तिम्रो कलिलो मस्तिष्क आकर्षित हुनेछ विचार गर्नु तिमि जन्मे रहेको भू-संरचना त्यो भन्दा केहि कम छैन |

मलाई अफसोच छ तिम्रो अबको नियमित अध्यन तिमीले पार गरेको कठिन ब्यथिति भन्दा कम हुने छैन | म कामना गर्छु तिमी जस्ता सृजनशील बाल-मस्तिष्कमा बन्द हड्ताल जस्ता ब्यथितिका बाछिटाहरु नलाग्ने ब्यबस्था तर्फ राज्य सचेत रहनेछ |

अन्तमा , तिम्रो पूर्ण सफल शैक्षिक जीवनको कामना गर्दछु |

 धन्यवाद !

 

नोट:- लेखक गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद्का सदस्य हुन | atripta_61@yahoo.com

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here