फाल्गुनन्द – सम्मानको संस्कार

भनिन्छ “सम्मान पाउनका लागि सम्मान दिन पनि सक्नुपर्दछ” । नेपाल सरकारले २०६६ मंसीर १६ गते फाल्गुनन्द लिम्बुलाई राष्ट्रिय विभुति घोषणा गरेर ठूलै सम्मान दिएको छ । यो सम्मानले किराती धर्म र समाजका अनुयायीहरु माझ बिशेष खुशीको लहर छायो । खुशी यति ब्यापक भयो कि साउदी अरब जस्तो मुश्लीम मुलुकमा पनि प्रबासी किरात एकता संघले १२ मार्च २०१० मा दमाममा एक भब्य कार्यक्रमको आयोजना गरी यो खुशी सबै नेपालीहरु माझ बांड्यो । त्यसो त फाल्गुनन्द राष्ट्रिय विभुति भए पश्चात पनि यदि उनलाई किरातका मात्र गुरु मानिन्छ भने उनी प्रतिको सच्चा राष्ट्रिय सम्मान नदेखिन सक्छ, नेपालमा गैर किरातहरुको ठूलो जनसंख्या छ । यसैले फाल्गुनन्दलाई किरात धर्मगुरु मात्र नभई एउटा समाज सुधारक, शान्तिदुत र उच्च नैतिक मुल्य र मान्यतासहितको मानवीय सभ्यताका प्रबर्तक महापुरुष भनी चिन्न र चिनाउंन आवश्यक छ ।

गौतम बुद्धको शान्ति र अिहंशाको शन्देश धेरैले मनपराई स्वीकार गरेकैले आज उनी एशिया महादेशकै तारा बनेका छन । सम्पुर्ण मानव जातिकै लागि प्रतिपादन भएका फाल्गुनन्दका शन्देशहरु पनि जनमानसमा प्रचारित र प्रसारित हुन आवश्यक छ जसको मुल अभिभारा फाल्गुनन्दका अनुयायीहरुले नै लिनुपर्ने देखिन्छ ।

प्रवासी किरात एकता संघ साउदी अरबले यो खुशीयाली कार्यक्रमको आयोजना गरेर आंफूलाई एउटा जुझारु, बैचारिक चिन्तन र क्षमताशील संगठनको रुपमा चिनाएको छ । साउदी अरबमा हालै सम्पन्न एक सांस्कृतिक कार्यक्रममा नेपालबाट पाल्नुभएका राष्ट्रिय कलाकारहरुलाई मायंाको चिनो िदंदै सम्मान गरेर यस संघले अरुप्रतिको सम्मानको संस्कार प्रदर्शन गरेकै थियो । प्रबासी नेपालीहरु सबैखाले दुख, सुख, चिन्तन र खुशीयालीहरु एउटै मचमा भेला भई साटासाट गर्न रुचाउंने यी पछिल्ला अनुकरणीय नजीर पनि हुन । आपसी सम्मानको यो संस्कारले सामाजिक सदभाव अभिबृद्धि गर्ने र सबैलाई सत्कार्यमा लाग्न प्रेरित गरिरहने हुंदा यसको निरन्तरता आवश्यक छ ।

Leave a Reply