सिस्नु औषधी पनि हो

0
54

१२ मे  २०१२

तपाई हप्तामा कति पटक नुहाउनुहुन्छ रु तपाईले नुहाएपछि सम्पुर्ण शरिर सफा हुन्छ त रु सामान्यतया नेपालीहरु हप्ताको एक दिन नुहाउने गर्छन् । यसरि नुहाउँदा हाम्रो शरिरका बाहिरी अंग त सफा हुन्छन् । तर भित्री अंग नी रु नुहाएको भरमा शरिरका भित्री अंग पक्कै पनि सफा हुँदैनन् ।


हामीले जतिनैं पटक नुहाए पनि शरिरका भित्री अंग सफा गर्न सकिँदैन । हामी मध्ये कतिलाई त रोगको संक्रमणबाट बच्नका लागि शरिरका भित्री अंगको पनि सफाइ गर्नु पर्छ भन्ने जानकारी नै छैन ।
शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने गयौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञ ढुण्डिराज शर्माले बताउनुभयो । उहाँका अनुसार हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । ” मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिबार्य हुन्छ” शर्माले भन्नुभयो ” यसको लागि सिस्नु भन्दा उत्तम बिकल्प अरु केही हुन सक्दैन ।”
सिस्नुले शरिरलाई सफा गर्ने मात्र होईन ढाड, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसेको ठाउँमा बजारमा पाईने औषधीले भन्दा दशौं गुणा बढी काम गर्ने कृषि बिज्ञ शर्माको भनाई छ । यसलाई लगाउने तरिका भने अलि फरक छ । सिस्नुको सबै पात टिपेर डाँठले दुखेको ठाउँमा हिर्काउनुपर्छ । केहि मिनेट जति हिर्काएपछि डाँढमा रहेको काँडाले छालामा प्रतिक्रिया जनाई औषधीको काम गर्ने शर्माले बताउनुभयो । निक्कै तागतिलो सिस्नु ग्याँष्ट्रिक, कब्जियत, पायल्स, मधुमेह, उच्च रक्तचाप, जुका र युरिक एसिड लगायतका स्वास्थ्य समस्याको औषधी पनि हो ।
सिस्नु, हाम्रा जंगलमा सजिलै पाइन्छ । तर गाउँघरतिर हेपिने सिस्नुको माग अहिले शहरबजार तिर धेरै छ । दैलेख, ताप्लेजुङ्ग, रोल्पा, रुकुम, दाङ्गका जंगलमा धेरै पाईने सिस्नुको धुलो बनाएर नेपालका मुख्य शहरमा बेचिन्छ । शहरमा पाईने धुलो सिस्नु खाँदापनि ताजा सिस्नु खाएजस्तै तागत मिल्ने कृषि बिज्ञ शर्माको भनाई छ ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here