नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरबको प्रथम साधारण सभा सम्पन्न ।

५ मे २०१२

NEFIN-KSA

 नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरब२००६ मै स्थापना भए पनि यसले २०१० सम्म आइपुग्दा खासै चर्चा कमाउन सकेको थिएन र यो महासंघ त्यति बेला साउदी अरबको पुर्बी प्रान्त, दमाम क्षेत्रमा मात्रै सिमित थियो । तत्कालिन महासचिव दिलिप लिम्बू, बर्तमान तमु धी, साउदी अरबका अध्यक्ष ओम घले  र हुम सुनारी मगर लगायत केही जनजाति अगुवाहरूको बिशेष पहलमा बिक्रम सम्बत २०१० मा आएर हुम सुनारी मगरको अध्यक्षतामा साउदी अरबको केन्द्र बिन्दु रियादमा अबस्थित आदिवासी जनजातिहरूलाई पनि समेट्ने गरि नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरब पुनर्स्थापना भएको थियो । यस्को पुनर्स्थापनाको पछिको दुई कार्यकाल अबधी पूरा गरेर नेपाल आदिवासी जनजाति महासंघ,राष्ट्रिय समन्वय समिति, साउदी अरबको प्रथम साधारण सभा ४ मे २०१२,शुक्रबारको दिन रियाद शहरमा सम्पन्न भयो ।  महासंघका निबर्तमान अध्यक्ष हुम सुनारी मगरको सभापतित्वमा तथा निबर्तमान सचिव बिज्ञान राईको संचालनमा सम्पन्न उक्त साधारण सभामा महासंघका निबर्तमान कोषाध्यक्ष नगेश तामाङ्ले महासंघको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने महासंघका निबर्तमान अध्यक्ष हुम सुनारी मगरले महासंघले वहाँको दुई बर्षे कार्यकालमा गरेको उपलब्धीहरू तथा गतिबिधीहरूको बारेमा प्रकाश पार्नु भएको थियो । साधारण सभामा सहभागी हुनु भएका महासंघका सम्पुर्ण पदाधिकारीहरू,परिबेक्षक पाहुनाहरू लगायत साधारण सदस्यहरूले निबर्तमान अध्यक्ष हुम सुनारी मगरको नेतृत्वको दुई बर्षे कार्यकाल प्रशंसनिय र अती नै सफल रहेको समिक्षा पनि गरेको थियो ।

 

उक्त साधारण सभाको अन्तमा महासंघका निबर्तमान अध्यक्ष हुम सुनारी मगरले महासंघको निबर्तमान कार्य समिति बिधिवत रुपमा कार्य अबधी सकिएको घोषणा गर्नु भयो र प्रकिया अनुसार नै महासंघको बिधान अनुरुप नयाँ कार्य अबधी २०१२-१४ को लागि नयाँ कार्य समितिको आह्वान गर्नु भयो । साधारण सभामा उपस्थित सम्पुर्ण सहभागीहरुबाट नयाँ कार्य समितिको नेतृत्व निबर्तमान अध्यक्ष हुम सुनारी मगरले नै गर्नु पर्ने भन्ने सम्पुर्ण सहभागीहरुबाट प्रस्ताव हुन आएकोले हुम सुनारी मगर कै नेतृत्वमा पुन: अर्को दुई बर्षे कार्य कालको (२०१२ – २०१४) लागि सर्ब सहमतीले तपशिल बमोजिमको १५ सदस्सिय नयाँ कार्य समितिको चयन् गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरबको नयाँ कार्य समिति यस प्रकार रहेको छ ।

 

१) अध्यक्ष: हुम सुनारी मगर

२) उपाध्यक्ष: के बी यावा (लिम्बु) – मध्य क्षेत्र रियाद

३) उपाध्यक्ष: बाल कुमार राई – पश्क्षिम क्षेत्र, जेद्धा

४) महासचिव: कुमार गुरुङ

५) सचिव: श्रीमती लेकी शेर्पा

६) कोषाध्यक्ष: बिमल थापा मगर

७) सदस्य: तिलक गुरुङ

८) सदस्य: सूर्य बिक्रम याक्खा

९) सदस्य: सूर्य दराई

१०) सदस्य: प्रकाश लिम्बू

११) सदस्य: चुमान घर्ती मगर

१२) सदस्य: टिका लिम्बू

१३) महिला सदस्य: श्रीमती तुलसी माया गुरुङ

१४) महिला सदस्य: श्रीमती कुमारी सुनारी मगर

१५) महिला सदस्य: श्रीमती बिमला यावा लिम्बू

 

प्रमुख सल्लाहकार: क्याप्टेन कमल गुरुङ

सल्लाहकार: दिलचन बुढा मगर

सल्लाहकार: ओम घले

 

स्मरण रहोस्, महिलाहरूको हरेक निकायहरूमा कम्तिमा ३३ प्रतिशत सहभागिता हुनु पर्ने आवाज उठिरहेको बेलामा नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति,साउदी अरबले नयाँ कार्य समितिमा झन्डै ३३ प्रतिशत महिलाहरूको सहभागिता गराइएको छ । महासंघ, साउदी अरबको एक महत्वपूर्ण पद सचिवमा अत्यन्त अनुभवी तथा स्वदेशमा रहदा पनि आदिवासी जनजाति आन्दोलनमा सशक्त भूमिका निभाइ सक्नु भएकी हाल Family Visa मा साउदी अरेबियाको टाइफ शहरमा रहनु हुने श्रीमती लेकी शेर्पा ज्यूलाई नियुक्ती गरिएको छ । साथै बिगत केही बर्ष देखि सामाजिक कृयाकलापमा अहोरात्र खट्नु हुने श्रीमती तुलसी माया गुरुङ ज्यूलाई पनि महासंघ केन्द्रिय महिला सदस्यमा पुन: नियुक्त गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समिति, साउदी अरबको पहिलो बिस्तारित बैठक चाडै आह्वान गरिने र पहिलो बिस्तारित बैठकबाट पुर्बी क्षेत्र, दमाम, अल-खोबर तथा जुबेललाई समेट्ने गरि एक उपाध्यक्ष, एक सचिव र तीन केन्द्रिय सदस्यहरूको लागि पद पुर्ती गर्ने गरि स्थान खुला राखिएको छ ।

 

कुमार गुरुङ

नव नियुक्त महासचिव

नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरब

Print Friendly

Leave a Reply