२ सय ३८ मेनपावर कालोसूचीमा
२० अप्रिल २०१२
अहिले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी देशभरिमा करिब १० हजारजति घोषित तथा अघोषित दलाल रहेको बताइन्छ । २४ स्थानमा भारतसँग सिमाना जोडिएको र खुला सिमानाका कारण निर्वाध रूपमा आवत–जावत गर्न पाइने हुँदा भारतबाट अवैध उडान बढेको बताइन्छ । विभागमा जम्मा ५९ जना कर्मचारी रहेकाले सबैतिर अनुगमन गर्न समस्या परेको महानिर्देशक भट्टराई बताउँछन् । ‘केही शाखाहरूले सम्बन्धित कम्पनीबाहेक अन्यसँग पनि सम्पर्क गरी समानान्तर काम गरेको बुझेपछि कम्पनीहरूले नवीकरण नगरिदिएका हुन्, तिनीहरूको शाखा स्वतः हटिसक्यो’– उनले भने– ‘धरौटी नबुझाउनेहरू विभागको कालोसूचीमा रहनेछन् ।’ ०६८ चैत ३० अघि स्वीकृति लिई शाखा खोलिएका तर धरौटी नबुझाएका वैदेशिक रोजगार विभागमा सूचीकृत कम्पनीहरू प्रतिष्ठित भनिएकादेखि नामै नसुनिएका समेत छन् । कालोसूचीमा परेका त्यस्ता कम्पनीहरूमा प्याराडाइज इन्टरनेसनल, पायोनियर, फाल्कन, मुनड्रप्स, शुभहारती, थर्ड आई, गोल्डेन इगल, ग्लोबल प्लेसमेन्ट, एसओएस, त्रिकोण मेनेजमेन्ट, मिडिल इस्ट छन् । यस्तै रेन्बो, रोज, स्यारोन, सारथी, सोसियल इम्प्लोइमेन्ट, साउन्डलाइन रिक्रुटमेन्ट, सुनेरा नेपाल इन्कर्पोरेटेड, सुनकोसी मेनपावर सर्भिस, सुवास विजय एसोसिएट्स, सुपर्व सोलुसन, सदीक्षा, सूर्या इन्टरनेसनल, सगुन ओभरसिज, प्लोरिड ह्युमेन रिसोर्सेज, फ्यचुर स्टार, फ्युजन इन्टरनेसनल, फ्यचुर लिङ्क इन्टरनेसनल, फ्यचुर इम्प्लाइमेन्ट सर्भिस, ट्रान्सवल्र्ड मेनपावर, टाइटानिक, डाइनमिक सेल्स एन्ड सर्भिस, ब्रोड वे ओभरसिज इम्प्लाइमेन्ट, वैभव ओभरसिज, ब्लु स्काई इन्टरनेसनल, दि रिभर ओभरसिज, अञ्जली ओभरसिज, आयुस इन्टरनेसनल, अविचल ओभरसिज, अल सोएलाल, अल समिट, अलजाफर, अल्फा सिग्मा, अल्फारोमा, मेरिडियन, मेरीगोल्ड, मेची महाकाली ओभरसिज, मञ्जुश्री ओभरसिज, मास्टर जब, मोभिरा, मार्भलस इम्प्लाइमेन्ट, माउन्ट साइपाल, मुनाल ओभरसिज, भण्डारी ओभरसिज, नेपाल इन्टरनेसनल ओभरसिज, नेबिल ओभरसिज, न्युज ग्लोबल मेनपावर, न्यु पाथीभरा प्लेसमेन्ट, नर्थपोल, जेनिथ ओभरसिज, जब वल्र्ड, जब प्लेसमेन्ट, जब्सपट, जानकी, जापान डिन, जुपिटर, वेब ओभरसिज, वेलकम, वल्र्ड फेबर, वर्कफोर्स, फेसिलिटी मेनपावर, प्रेस्टिज एसोसिएट्स, प्राइम ओभरसिज, प्रयास रि–इम्प्लाइमेन्ट कन्सल्ट, पुमोरी ओभरसिज, पोताला ओभरसिज, पाल्ही ओभरसिज, फाल्कन इन्टरनेसनल छन् । यसैगरी, विभागको कालोसूचीमा प्याराडाइज इन्टरनेसनल, प्यासिफिक ओभरसिज, रिदम ओभरसिज, रियल रिसोर्सेज, स्किल्ड ह्युमेन रिर्सोस, सिटिजन ओभरसिज, ट्रिपल स्टार इम्प्लाइमेन्ट, डि प्रेटिन मेनपावर, दीप गेट वे ओभरसिज, मिराकल इम्प्लाइमेन्ट, मिता इन्टरनेसनल, जीसीडी वल्र्डवाइड, विराद एसोसिएट्स, पिस नेपाल, लिम्को ओभरसिज, किट्स इम्प्लाइमेन्ट, हिमालयन जब एक्स्पलोर, हित ओभरसिज, लालधनुष इन्टरनेसनल, लाइन्स इन्टरनेसनल, लक्की ओभरसिज, लक्की एचआर सोलुसन, युनाइटेड इन्टरनेसनल म्यानेजमेन्ट, इम्प्लाइमेन्ट क्रियसन, इभरग्रिन मेनपावर, ईशान रोजगार इन्टरनेसनल, ईशान ओभरसिज, एस्कर्ट ओभरसिज, एसभी एसोसिएट्स, एससीआर प्रालि, एसकेबी ओभरसिज, एबी इम्प्लोइमेन्ट, एबीसी प्लेसमेन्ट, एएनएस प्रालि पनि रहेका छन् । त्यति मात्र होइन, कालोसूचीमा पर्ने अन्य मेनपावर कम्पनीहरूमा एटलस ओभरसिज, एड्भेन्चर ह्युमन रिर्सोस प्रालि, एनसीएफई सर्भिसेज, एलाइन्स ह्युमेन रिर्सोस, केबी इन्टरनेसनल, कर्म इन्टरनेसनल, काठमाडौँ इन्टरनेसनल, इन्कर्पोरेटेड, कन्काई जब प्लेसमेन्ट, करियर एक्सपर्ट, क्याराभान इम्प्लाइमेन्ट, क्यापिटल इन्टरनेसनल तेन्दुली इन्टरनेसनल, गुड एलायन्स, गलिमेन्ट मेनपावर रहेका छन् । यसैगरी, ग्लोबल एलायन्स कन्सलटेन्सी, खगोल ओभरसिज, हेभन ओभरसिज, थर्ड आई ओभरसिज पनि विभागको कालोसूचीमा छन् ।
साभारः नेपाल बुलेटिन
















Yo ekdam nai sahi news bahira aayo. Govt le pani kada rup la lagnu paryo, aarko kura ki Overseas haru ko pura naam hunu paryo. jastai alfa sigma vanne nai 3 ota manpower, worldwide vanne pani 2 ota vanda badi chha full name vaye sajilo hunthyo, aaja license number pani vaye dherai nai ramro hunthyo, jasle garda sahi kaam garne lai saarai sajilo hunthyo. Galat garne lai ta kehi farak nai pardaina.