गैर आवासीय नेपाली संघ आइसीसीको बैदेशिक रोजगार टास्क फोस्र टिम गठन

गैर आवासीय नेपाली संघ आइसीसीको बैदेशिक रोजगार टास्क फोस्र टिम गठन

रवि रोषी/ दोहा  

29-01-2012

        गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव श्री टिवी कार्कीको संयोजकत्वमा बैदेशिक रोजगार टास्क फोस्र कमिटी गठन गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विश्वभरि छरिएर रहेका नेपालीहरुको सुरक्षित आप्रवासन उद्देश्य अनुरुप नेपालीहरुको बसाईलाई सुरक्षित मर्यादित र ब्यवस्थित बनाउँदै तमाम गैर आवासीय नेपालीहरुको आर्थिक स्तरमा बृद्धि गरी नेपाल राष्ट्रलाई समृद्धतामा लैजाने टास्कफोस्रको उद्देश्य रहेको र यस कार्यका लागि ५८ देशमा खोलिएका एनसीसी लगायत सम्पुर्ण नेपालीहरुको सहयोग मिल्नेछ भन्ने पुर्ण विश्वाश रहेको कार्की ज्यूले बताउनु भयो । यदि यसो गर्न सकिएको अवस्थामा नेपालीहरुको आर्थिक स्थितिमा बृद्धि भई गैर आवासीय नेपाली संघको सामुहिक लगानी गर्ने डि्रम प्रोजेक्टमा सघाउ पुग्ने कुरा बताउनु भयो ।   नव गठित यस टास्कफोस्र टिमले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मातहतमा रही नेपाल सरकारसँग बैदेशिक रोजगार र श्रमिकहरुमा देखिएका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्दै समस्या निराकरण गर्न अघि बढ्ने पनि वहाँले जानकारी गराउनु भयो । साथै नेपालमा रहेका बेरोजगार युवाहरुलाई स्वदेशमा नै सीपमूलक प्रशिक्षण प्रदान गर्ने योजना अनुरुप गैर आवासीय नेपाली संघले नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गरी गोरखा जिल्लाको उद्योग वाणिज्य संघको हाताभित्र सीपमूलक प्रशिक्षण केन्द्र साचालनार्थ २५ लाख प्रदान गरी प्रशिक्षण केन्द्र साचालनमा आईसकेको छ र सीपमूलक प्रशिक्षणबाट उत्पादित उक्त जनशक्तिलाई नेपालमा स्थापित उद्योग धन्दा तथा अन्यमा रोजगारको अवसर प्रदान गरिने र थप जनशक्तिहरुले सीपमूलक शिक्षा लिई तेश्रो मुलुकमा जान चाहेको अवस्थामा पनि दक्ष कामदारको रुपमा गई आफ्नो आर्थिक जीवनस्तर उकास्न सक्ने कुराको जानकारी दिनु भयो ।

    आइसीसी सचिव श्री टिवी कार्कीको संयोजकत्वमा गठित २ बर्षे कार्यअवधि रहने उक्त टास्कफोस्र टिमको सल्लाहकारमा श्री रामबाबु ढकाल (पराराष्ट्र मन्त्रालयका उपसचिव) श्री भीम उदास (गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक महासचिव) श्री तेन्जी शेर्पा (गैर आवासीय नेपाली संघका वर्तमान महासचिव) श्री सोमलाल बाटाजु (बैदेशिक रोजगार व्यवशायी संघका अध्यक्ष) र डा. गणेश गुरुङ (नेपाल इ_िन्स्टच्युट अफ डेभलपमेन्ट स्टडीजका संस्थापक कार्यकारी अध्यक्ष सुरक्षित आप्रवासन सम्बन्धी बिषयका शोधकर्ता तथा नेपाल सरकारका सल्लाहकार राष्ट्रिय योजना आयोग जस्ता विभिन्न उच्च पदमा रही भुमिका निभाईसक्नुभएको) व्यक्तित्वहरु हुनुहुन्छ ।

    यस अभियानलाई अझ मजबुत र प्रभावकारी बनाउनको लागि विश्वभरि रहेका गैर आवासीय नेपालीहरुलाई क्षेत्रगत रुपमा कार्यगत विभाजन गरी ६ जना उपसंयोजक सहित हाललाई ८ जना सदस्यहरु मनोनयन गरिएको छ । जस अन्तर्गत क्षेत्रगत रुपमा मध्यपूर्व एसियाबाट सह संयोजक श्री शेर बहादुर परियार (कतार) एसिया प्रशान्तबाट श्री गंगा राज राई (कोरिया) ओसियानाबाट श्रीमती रन्जु थापा (अष्टे्रलिया) युरोपबाट श्री सोम सापकोटा (डेनमार्क) अफि्रकाबाट श्री बाबुराम शर्मा अमेरिकाबाट श्रीमती बिभा माया रन्जित मनोनयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा श्री छत्र लामा (युएई) श्री श्याम तामाङ (बहराइन) श्री सुजन केसी (कुवेत) श्री सुरज मास्के ओमान श्री पुष्पराज अधिकारी (बेल्जियम) श्री गोविन्द श्रेष्ठ (जापान) श्री चिरन्जीव ढकाल (युके) र श्री हरि घिमिरे (साउदी अरब) रहनुभएका छन् ।

Print Friendly

NO COMMENTS

Leave a Reply