एचपी र लेनोभोको नयाँ ल्यापटप अब नेपाली बजारमा

0
25

डेल, एचपी लेनोभोको बिक्री गर्दै आइरहेको डिजिटल सिस्टम ट्रेडिङ हाउसले एचपी र लेनोभोको नयाँ मोडलका ल्यापटप बजारमा भित्र्याएको छ। कम्पनिले लेनोभो जि४७० र एचपी ४३० मोडेलको ल्यापटप बजारमा ल्याएको हो।

लेनोभो जि४७० मोडेलको ल्यापटप एक सेकेन्ड जेनेरेसन ल्यापटप हो जसमा कोर आइ५ प्रोसेसर, ४ जिबि डिडिआर३ मेमोरी ,७५०जिबि हार्डडिस्क ड्राइभ समाहित रहेको छ। यस लगायत यो ल्यापटपमा १४ इन्च एलइडि वेभक्याम ,वाइफाइ, २ मेगापिक्सेल वेभक्याम, डिभिडिआरडब्लु लगायतको सुविधा रहेको छ। ६ सेल ब्याट्री क्षमता रहेको यसमा १ जिबि ग्राफिककार्ड सहित विन सेभेन रेडअनको विशेषता रहेको छ। कम्पनीले यसको बजार मुल्य रु ५८ हजार ९०० तोकेको छ।

यसैगरि एचपी ४३० मोडेलको ल्यापटप पनि एक सेकेन्ड जेनेरेसन ल्यापटप हो जसमा कोर आइ३प्रोसेसर, २ जिबि डिडिआर३ मेमोरी, ५०० जिबि हार्ड डिस्क ड्राइभ रहेको छ। १५.६ इन्च एलइडि वेभ क्याम रहेको यसमा डिभिडि आरडब्लु  ,वाइफाइ तथा वेभक्याम २ मेगापिक्सेलको रहेको छ। ६ सेल ब्याट्री क्षमता रहेको यसको मुल्य रु ४४ हजार रहेको कम्पनीले जनाएको छ।

लेनोभो जि ४७० मोडेलको ल्यापटपमा मेमोरी प्रोसेसर तथा हार्डडिस्कको क्षमता बढि भएकोले एचपी ४३० मोडेलको ल्यापटप भन्दा केही मह‌ँगो रहेको कम्पनीले जनाएको छ। साथै एचपी ४३० मा जि ४७०मा भन्दा उच्च क्षमताको वेभक्याम समाहित रहेको छ।

त्यसै गरि चौधरी समूहको सिजि इलेक्ट्रोनिक्सले सिजिको नयाँ मोडेलको एलइडी टेलिभिजन बजारमा भित्र्याएको छ। कम्पनीले नेपाली बजारमा ४२ इन्चको नयाँ टिभि बजारमा ल्याएको हो। यो टिभिमा उत्कृष्ट पिक्चर का साथै उच्चस्तरको साउन्ड रहेको कम्पनीको दाबी छ। कम्पनीले यसको बिक्री मुलुकभर गर्न थालिसकेको जनाएको छ।

फुल एचडि भिडियो क्वालीटि युक्त यो टिभिमा कोठाको कुनै पनि कुनाबाट हेर्न मिल्ने गरी स्विभेल बेस डिजाइन रहेको कम्पनीले बताएको छ। यसमा युएसबिबाट गित सुन्न र फिल्म हेर्न सकिने कम्पनीले जनाएको छ।

 

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here