ल्यापटपको ब्याट्री, कसरी लम्ब्याउने आयु ?

0
26

२४ अगस्त २०११

तपाईं ल्यापटप प्रयोग गर्नु हुन्छ ? हुन्छ भने पक्कै पनि तपाईं ब्याट्रीसँग परिचित हुनुहुन्छ । ल्यापटपमा ब्याट्री एउटा त्यस्तो अङ्ग हो, जसको राम्रो रेखदेख भएन भने ल्यापटप छिट्टै नै ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ हुनसक्छ । ल्यापटप ब्याट्रीको एउटा निश्चित आयु हुन्छ र ब्याट्री फेर्नुपर्‍यो भने त्यो महँगो पर्न आउँछ । तपाईं ल्यापटप प्रयोगकर्ता हुनुहुन्छ भने यो तपाईंकै हातमा छ, ब्याट्रीको आयु छोटट्याउने कि लम्ब्याउने ?

ल्यापटपको ब्याट्रीको आयु लम्ब्याउन सकिन्छ । यसका लागि केही निश्चित नियमको पालना गर्नु पर्दछ । यहाँ हामी केही उपाय दिइरहेका छौँ । ती उपायको सहयोगबाट ल्यापटपको ब्याट्रीको आयु लम्ब्याउन सकिन्छ । तपाईंले पनि कोसिस गर्ने कि ?

१. पावर सेभर मोड

ल्यापटप सञ्चालनलाई ‘पावर सेभर मोड’ ९एयधभच क्बखभच ःयमभ० मा राख्नुस् । ‘पावर सेभर मोड’ मा जान कुनै गाह्रो पनि छैन । ‘टास्कबार’ को दायाँतर्फ देखापर्ने ब्याट्री आइकनमा ‘क्लिक’ गरी फेरि ‘मोर पावर अप्सन’ क्लिक गर्नुपर्छ । त्यसपछि देखापर्ने ‘रेडियो बटन’ मध्ये ‘पावर सेभर’ मा क्लिक गर्नुपर्छ ।

‘पावर सेभर’ मोडमा राखिएको छ भने निश्चित समयपछि पनि ल्यापटप निष्त्रिmय रहृयो भने यो ‘स्लिप मोड’ मा जान्छ र ब्याट्री खपत कम गर्छ । प्रयोगकर्ताले नै कति समयमा ल्यापटपलाई ‘स्लिप मोड’ मा पठाउने भन्ने किटान गर्न सक्दछ ।

२. ब्याकलाइट घटाउने

यो खासगरी लेड ब्याकलाइट नभएकाहरूका लागि हो । ल्यापटप स्क्रिनलाई जति चहकिलो गरेर प्रयोग गरिन्छ, त्यति नै ब्याट्रीको खपत बढी हुन्छ । प्रायशः स्क्रिनलाई अति चहकिलो पार्नुपर्ने अवस्था आउँदैन । स्क्रिनलाई मधुरो पार्दा पहिले पहिले त गाह्रो अनुभव हुन्छ तर केही मिनेटमा नै सजिलो हुन्छ । ब्याकलाइट घटाउन किबोर्डको ँल र ‘ब्राइटनेस हट कि’ लाई थिच्नुपर्दछ ।

३. ब्ल्यू टुथ र वाई-फाई बन्द गर्ने

वाई-फाई र ब्ल्यु टुथ सक्रिय नै राख्दा यसले ब्याट्रीको खपत बढी नै गर्दछ तसर्थ आवश्यक पर्दा मात्र यसलाई ‘अन’ गर्नुपर्दछ । ‘हट कि’ वा ल्यापटपको वायरलेस तथा ब्ल्यु टुथ बटनलाई थिचेर यसलाई ‘अन’ वा ‘अफ’ गर्न सकिन्छ ।

४. भारी ऊर्जा खपत गर्ने प्रोग्राम नचलाउने

गेम खेल्ने वा फाइलहरू डाउनलोड गर्ने वा डीभीडी हेर्नर्र्र्ेजस्ता कार्यले ल्यापटपको सीपीयूमा बढी भार पर्दछ । यसले ऊर्जा खपत बढी हुन्छ र ब्याट्री सामान्य अवस्थामा भन्दा छिटो सक्ने हुन्छ तसर्थ यस्ता काम बिजुली आएकै बेला गर्नु उपयुक्त हुन्छ ।

५. डिफ्राग्मेन्टेसन

नियमित डिफ्राग्मेन्टेसनले ल्यापटपका डाटालाई बढी व्यवस्थित गर्न सघाउँछ । फलस्वरुप ल्यापटप चलाउँदा हार्डडिस्कमाथि कम भार पर्दछ । यसले ऊर्जा खपत कम हुन्छ ।

६. अनावश्यक प्रोग्राम बन्द गर्ने

प्रयोगकर्ताहरूमा सामान्यतः एकभन्दा बढी प्रोग्रामहरू एक सयमा खुला राख्ने बानी हुन्छ । आवश्यक नपर्दासमेत प्रोग्राम खुला नै राख्दा यसले ऊर्जा खपत बढाउँछ । इन्टरनेटमा नजोडिएको अवस्थामा ‘एन्टीभाइरस’ तथा ‘फायरवाल’ लाई निष्त्रिmय राख्न सकिन्छ । ‘पेन ड्राइभ’ तथा सीडी, डीभीडी प्रयोगमा ल्याउनु नपर्ने समयमा पनि ‘एन्टीभाइरस’ लाई निष्त्रिmय राख्न सकिन्छ । यसबाट अलिकति काम त थपिन्छ तर ब्याट्रीमा काम गर्दा यसको बानी बसाल्नु लाभदायी नै हुन्छ ।

७. बाहृय उपकरण नजोड्ने

यूएसबी उपकरणहरूले ब्याट्री छिटै सकाउँछ । एक्सटर्नल माउस, पीसी कार्ड, वाईफाई, एक्सटर्नल स्पिकरजस्ता उपकरणहरूलाई नजोड्दा ब्याट्रीको खपत कम हुन्छ । प्रयोगमा ल्याउन आवश्यक छैन भने सीडी, डीभीडी ड्राइभभित्र कुनै सीडी वा डीभीडी नछाड्नु नै बेस हुन्छ । यसले ड्राइभलाई अनावश्यकरूपमा सक्रिय तुल्याउँछ र ब्याट्रीको खपत बढाउँछ ।

ल्यापटपको सुरक्षाको दृष्टिले पनि प्रयोगमा ल्याउने समयमा बाहेक अन्य समयमा सीडी, डीभीडी ड्राइभमा सीडी वा डीभीडी छाडनु हुन्न ।

८. स्क्रिन सेभर बन्द गर्ने

स्क्रिन सेभर बन्द गर्दा पनि ब्याट्रीको खपत केही भए पनि कम हुन्छ ।

९. स्लिप होइन हाइबरनेट

स्टाण्ड बाई मोड अथवा स्लीप मोडमा ल्यापटपको हार्ड ड्राइभ र डिस्प्ले निस्कृय हुन्छन् तर मेमोरी सक्रिय नै रहेको हुन्छ । यसले ब्याट्रीको खपत गरी नै रहेको हुन्छ । यसैले हाइबरनेटको सुविधा उपलब्ध छ भने हाइबरनेसन मोडमा राख्नु उपयुक्त हुन्छ । हाइबरनेसन मोडमा पछिल्ला कामलाई सुरक्षित राखेर ल्यापटप बन्दको स्थिति पुग्दछ ।

१०. कस्तो ब्याट्री हो ?

ब्याट्रीको आयु लम्ब्याउनेतर्फ विचार गर्दा ब्याट्रीको प्रकारबारे पनि जान्नै पर्दछ । अचेल बजारमा प्रचलित रिचार्जेबल ब्याट्रीहरूमा निकेल काड्मिअम, निकेल मेटल हाइड्राइड  र लिथिअम आयन रहेका छन् ।

निकेल काड्मिअम अहिले बजारमा उपलब्ध रिचार्जेबल ब्याट्रीहरूमध्ये सबैभन्दा बढी पाइने र भद्दा ब्याट्री हो । यस्तो ब्याट्री औसत ७५० पटक चार्ज तथा डिस्चार्ज हुन्छन् । यस्तो ब्याट्रीका खराबी के हुन् भने यी ‘मेमोरी इफेक्ट’ वाला हुन् । कुनै ब्याट्री पुनः चार्ज गरिनुअघि आंशिक मात्र डिस्चार्ज भयो भने ‘मेमोरी इफेक्ट’ हुन सक्दछ । उदाहरणका लागि कुनै निकेल काड्मिअम ब्याट्रीलाई ५० प्रतिशत खर्च भएपछि त्यसलाई पूरा चार्ज गरिन्छ र त्यो प्रक्रिया नियमितरूपमा हुन्छ भने ‘मेमोरी इफेक्ट’ हुन्छ । अर्थात् केही समयपछि ब्याट्रीले आˆनो डिस्चार्ज क्षमता नै बिर्सन्छ । अर्थात् पूर्ण क्षमताको ५० प्रतिशत पुगेपछि यसले काम गर्न छाड्छ । ‘मेमोरी इफेक्ट’ बाट छुट्कारा पाउने उपाय भनेको ब्याट्रीलाई पूर्णरूपमा चार्ज र डिस्चार्ज हुन दिने नै हो । त्यसो भयो भने निकेल काडमिअम ब्याट्रीको आयु लम्बिन्छ ।

निकेल मेटल हाइब्राइड ब्याट्रीको क्षमता समान आकारको निकेल काड्मिअम ब्याट्रीको तुलनामा ४० प्रतिशत बढी हुन्छ । यसको चार्ज/डिस्चार्जको चक्र औसत चार सय पटक हुन्छ ।

निकेल काड्मिअम तथा निकेल मेटल हाइड्राइड ब्याट्रीहरू कम्तीमा हप्तामा एकपटक पूर्ण डिस्चार्ज गर्ने र रिचार्ज गर्ने सुझाव विज्ञहरूको छ ।

लिथिअम आयन ब्याट्री भने नवीन प्रविधिको ब्याट्री हो । यो निकेल मेटल हाइब्राइडको तुलनामा झण्डै दोब्बर शक्तिशाली हुन्छ । ‘मेमोरी इफेक्ट’ को प्रभावबाट मुक्त यी ब्याट्रीको चार्ज/डिस्चार्ज चक्र पनि करिब चार सय पटक हुन्छ ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here