Ncell जिन्दावाद!

धरम के.सी.
१९९२-९३ को कुरा हो, साउदी अरबको अल सुलइलमा काम गर्दा बिहान मिर्मिरेमा एउटा थैलो भरी १-१ रियालका सिक्काहरू बोकेर टेलिफोन मशिनमा गई नेपालमा परिवारसंग कुरा गरेको अझै सम्झना छ । १ मिनटमै १० वटा सिक्काहरू झर्थे मशिनमा त्यतिबेला । अहिले (१७ बर्ष पछि) मात्र १ मिनट कुरा हुने त्यही १० रियालको कार्डबाट नेपालमा १७ मिनट कुरा गर्न पाइन्छ । तर साउदी अरबका मोबाइल कम्पनीहरूले भने अहिले पनि नेपालमा हुने कलमा प्रति मिनट ४ रियाल चार्ज गर्दैछन । यद्यपि यदा कदा बिशेष छुटका प्याकेज दिदै कार्डकै रेटको हाराहारीमा पनि आउने गरेका छन ।
नेपालमा हुने फोन कलको दरमा बिगतको तुलनामा ठुलो गिरावट आएता पनि नेपाली कामदारहरूको फोनमा हुने खर्चमा कमी आएको छैन । यसको कारण नेपालमै पनि फोनको ठुलो बिकास र बिस्तार भई फोनमा अधिकांश नेपालीहरूको पहुंच पुग्नु पनि हो । हिंजोका दिनमा महीनामा एकचोटी फोन गर्नेहरू अहिले हप्तामा एक चोटी गर्छन, हप्तामा गर्नेहरू अहिले दैनिकजसो गर्दछन । तर पनि सुझबुझका साथ किफायत र मितब्ययितापुर्बक फोन गर्नेहरूले अब त्यति ठुलो खर्चिनुपर्ने अवस्था छैन ।
साउदी अरबका महामहीम राजदुत श्री हमिद अन्सारीज्युले आफ्नो कार्यभार सम्हालेको १ महीनामै दमाममा प्रबासी नेपाली सेवा समितिको महाधिवेशनको अवसरमा दिनुभएको मन्तब्यमा आफ्ना प्राथमिकतामा ४ वटा ‘T’ को कुरा गर्नुभएको थियो जसमध्ये एउटा ‘T’ टेलिफोनको लागि थियो । टेलिफोनको महसुल दर तथा नेपाली कामदारहरूले ब्यहोर्नुपरेको फोन खर्चको ब्ययभारको गम्भीरता झल्किन्थ्यो त्यतिखेर ।
२९ अगस्त २००९ मा पारित एनआरएनएको दुबई घोषणापत्रमा पनि समावेश छ मध्यपुर्बमा फोन सुविधाको बिषय । साउदी अरब, कतार, युएई, कुवेत, बहराइन र लेबनानका एनसिसी अध्यक्षहरूले तयार पारेको उक्त घोषणापत्रको मस्यौदा जब अन्तिम स्वीकृतिका लागि तत्कालिन आइसिसी अध्यक्ष डा. उपेन्द्र महतोज्युको मा पुर्याइयो तब वहांले उक्त फोनको बुंदामा भन्नुभएको थियो “तपाईहरूले स्वीकृति मात्र दिलाउन सक्नुभयो भने म १ महीनामै फोन सुविधा ल्याइदिन्छु र महसुल घटाइदिन्छु” । वहांले मध्यपुर्बमा बिदेशी मोबाइल कम्पनीहरूले त्यति सजिलै स्वीकृति पाउन सक्दैनन भन्ने शायद पहिल्यै बुझिसक्नुभएको थियो । तर पनि वहांले त्यो बुंदा काट्नु भएन र यथावत रहनदिनुभयो ।
उक्त घोषणापत्र जारी भएको अहिले १ बर्ष बित्दा नबित्दै नेपालमा ‘मेरो मोबाइल’को नाम परिवर्तन भई ‘एनसेल’ भएको छ र संगसंगै यसको ब्यापक बिकास र बिस्तार पनि । हाम्रा लागि सर्बाधिक खुशीको कुरा यो छ कि अहिले एनसेलबाट साउदी अरब लगायत ठुलो संख्यामा नेपाली कामदारहरू रहेका मुलुकहरू मलेसिया र दक्षिण कोरियामा समेत मात्र ६ रूपैया प्रति मिनटमा फोन वार्ता हुनसक्दछ । जबकि साउदी अरबमा हामीहरू अहिले पनि स्थानिय कलमा समेत ७० हलाला (करीब १४ रूपैया) प्रति मिनट तिर्दैछौं । यसरी यहांका स्थानिय साथीभाइहरूसंग १ मिनट कुरा गर्ने खर्चमा हामी अब नेपालमा आफ्ना परिवार र आफन्तहरूसंग २ मिनट कुरा गर्नसक्ने अवस्थामा आइपुगेका छौं एनसेलका कारण । यसैले भन्न मन लाग्छ “एनसेल जिन्दावाद” । सबैलाई थाहा छ एनसेलमा उनै डा. उपेन्द्र महतोको शेयर छ । अहिले हामी बुझ्दैछौं डा. महतोले मध्यपुर्बमा हामीले फोनको महसुल घटाउन यहां केही गर्न सक्दैनौं भन्ने जान्दा जान्दै पनि त्यो बुंदालाई किन यथावत रहनदिनुभएको रहेछ त भनेर । हो, हामीले अब एउटा काम अवश्य गर्न सक्छौं – नेपालमा रहेका आफ्ना परिवार र आफन्तजनहरू सबैलाई एनसेलको प्रयोग गर्न लगाउन सक्छौं र एनसेलबाटै यहां हामीलाई कुरा गर्न लगाउन सक्छौं ।
आखिर पैसा जोगाउनु नै पैसा कमाउनु पनि त हो । किन नेपालको NTC लाई प्रति मिनट रू.२० तिर्ने, किन साउदी अरबको STC या Mobily या Zain लाई प्रति मिनट सा.रि. ४ (रू.८०) तिर्ने ? जबकि एनसेलमा मात्र रू. ६ प्रति मिनटमा कुरा गर्न पाइन्छ । साउदी अरब र मलेशियामा जस्तो अति कम तलबमा काम गर्न बाद्य लाखौं नेपालीहरूप्रति एनसेलले देखाएको यो स्नेह र सहानुभुतिका लागि हार्दिक आभार प्रकट गर्न मन छ र संगसंगै डा. महतो प्रति एउटा गुनासो पनि । त्यो के भने एनसेल जस्ता कम्पनीहरूमा एनआरएनहरूलाई सामुहिक लगानीका लागि आह्वान गरिएको भए एनआरएनहरू कति खुशी र गर्बित हुनेथिए होला ? जुन वहांको आफ्नो बचन बध्दता पनि थियो । तर अहिले सम्म वहांबाट त्यस्तो हुन सकेको छैन र आसा मरिसकेको पनि छैन । अस्तु















सम्पादक ज्यु
पाठक प्रतिक्रिया बिना सम्पादन प्रकासित हुदा यदाकदा आउन सक्ने अमर्यादित प्रतिक्रिया हरुले यो योबसाइड को गरिमा मा आच आउन सक्ने कुरा लाइ मध्ये नजर गर्दै सबै प्रतिक्रिया हरु अध्ययन पछी मात्र प्रकासित गर्नुभए मर्यादित पत्रकारिता हुनेछ भन्ने मेरो विचार यहाँ समक्ष सुझाब को रुप मा प्रस्तुत गर्दछु अन्य सुझाब हरु निकट भविस्यमा धन्यवाद
Amiable post and this post helped me alot in my college assignement. Gratefulness you for your information.
धरम जी लेख सामयिक र सबैले मनन गर्न लायक लाग्यो मेरो नेपाल कल गरे र नेपाल बाट साउदी गरेको बिल कम्ति मा नेपाली ५० हजार प्रतिमहिना छ यसलाई उपयोग गर्ने सोच मा म पनि छु , जानकारी र उपयोगी लेख को लागि धन्यवाद मलाई लागेको २ कुरा उल्लेख गर्ने अनुमति चाहन्छु , पहिलो टाइटल अरुनै राख्नु भएको भए उत्तम हुन्थियो कि ??? दोश्रो एन आर एन लाई सह भागी गराउने कुरा त्यो बहुरास्ट्रीय कम्पनी मा उपेन्द्र जी को मात्र प्रयास पुग्ने देख्दिन यस्तै अरु कुनै मा छिट्टै सामुहिक लगानीको योजना आउने छ भन्ने विश्वास राख्नु सम्म उचित देख्छु , आगामी दिन मा ज्ञान मुलक मनन योग्य फाइदा जनक यस्ता लेख रचना हरु पढ्न पाइयोस हजुर को कलम ले यात्रा मोडेको मा मुरी मुरी धन्यवाद
This is all about ‘ Bakwas’ his company is not paying the tax to the government in Nepal.
स्पाईस नेपालले ४४ करोड राजश्व तिर्न बाँकी
Tuesday, 15 June 2010 12:20
http://abc.com.np/index.php?option=com_content&view=article&id=5388:2010-06-15-06-38-41&catid=87:bussiness&Itemid=280
This is the link………where you can read the news about his company.
नमस्कार – हिजो जस्तो लाग्छ सम्झदा साउदी टेलिकम्युनिकेसन्को कल क्याबिन बाट नेपालामा फोन गर्दा ” हेल्लो हेल्लो— को बोल्नु भएको —– हो — ए ! के छ खबर ? मेरो त ठिकै छ । सन्चै छु है म अर्को महिना —–” भन्दा नभन्दै ५० रियाल खर्च हुन्थ्यो । तर आज यहाँका मोबाइल बाट अरु देशमा फोन गर्दा को तुलनामा महँगो भएपनी त्यो बेलाको अनुपातमा सरल छ भन्नु पर्ला । २०महिना अगाडी पाँचथर को पाथिभरा क्म्युनिकेसनबाट साउदी अरबमा मैले फोन गर्दा ७२ रुपैयाँ प्रती मिनेट तिर्नु पर्यो । नेपाल टेलिकम को १४४५ डाएल गरेर घरछेउ को सिडियमए सेवा बाट पुन फोन गर्दा ३५ रुपया प्रती मिनेट तिरेको थिए तर आज यो समाचार पढ्दा खुशी लागयो किन कि अब नेपालमा टेलिफोन सेवा शुल्क घटेछ । सेवा शुल्क घटेर प्रतिस्पर्दामा अरु कम्पनी आउनु राम्रो पक्ष हो अब गुण्स्तरमा ध्यान दिनु पर्ला ।फोन गर्दा “तपाइले डाएल गर्नु भएको नम्बरमा ऐले सम्पर्ग हुन सकेन कृपया केहि समय पछी पुन प्रयास गर्नु होला ” या “तपाइले डाएल गरेको नम्बर मिलेन ” जस्ता कुरा मा ध्यान दिनु जरुरी छ । अझै पनि इन्टर्नेट सुबिधामा सुधार हुनु जरुरी छ ।
पुन खाडी मुलुकमा नेपाल बाट फोनगर्दा लाग्ने महशुलमा भारी अन्तर हुनु या प्रती मिनेट ६ रूपैया हुनु पनि राम्रो हो या गौरब को कुरा हो तर यसलाई हामिले सदुपयोग गर्नु पर्छ । आसा छ यो महशुल दर मा फेरी पनि कम हुँदै जाने छ र सबैले भन्ने छन एनसेल जिन्दावाद । यनसेल मम्ताज्, यनसेल मिया मिया । पुन मेरो तर्फबाट पनि यनसेल जिन्दावाद ।
yes paali comment gaye jaso chha ho…..gajab bho ni.;,,
this move of Ncell prooves that humanity still exists in Nepali busness man unlike Our Miya fil miya Political leaders. the joy of calling home may be the same But, Increasing facilities of phone and lowering call charges have diluted the thrill ,romance and over all passion of calling home. People from that coin calling age may remember the joy of connecting with kin. the short time and long stories to tell, it was herald of new Lahure age in Nepal, for the first time commen man of Nepal got time to interact with outer world on it own and legally as free people. Before it was mainly for non-civic class. i still remeber those unfinished call stories, hurrying cue,(etc.unmatched scene) whenever i pass by the hanging disconnected phone in the street of Rahima ladies market , the number curved on the wall by phone still witnesses the untold epic of love ,lust and lies.
this move from Ncell is praiseworthy. it is first of it kind in many years that relieves the preesure from pockets of poverty ridden country.