साउदी अरबको गर्मी


मृतक फिदा

यो बर्ष साउदी अरबको गर्मीले रेकर्ड तोड्दै सीमा नाघ्ने र सही नसक्नु बन्ने पुर्बानुमान गरिएको छ । ज्योतिष शास्त्री डा. खालिद अल जाकले आफ्नो एक प्रतिवेदनमा मध्य अगस्त २०१० मा साउदी अरबको गर्मी चरम उत्कर्षमा पुग्ने अनुमान गरेका छन । Saudi GeoPhysical Consulting & Environmental बाट जारी गरिएको तथा www.therealsaudi.com मा छापिएको उक्त आधिकारिक प्रतिवेदनलाई युरोप तथा अमेरिकाका बिभिन्न मुलुकहरूले पनि पुष्टी गरेका छन । डा. जाकको अनुसन्धानमा बाहिरको तापक्रम ४५ डिग्री सेल्सियस पुग्दा बन्द गरिएको कारभित्रको तापक्रम ७० डिग्री पुगेको पाइएको छ । स्मरणीय छ, ठीक एक महीना अघि जुन १३, २०१० मा साउदी अरबको खोबार (राका) स्थित इन्डियन इन्टरनेशनल स्कुलमा अध्ययनरत ५ बर्षिया बालिका ‘फिदा’को एउटा प्राइभेट भ्यानभित्रै अत्यधिक गर्मीकै कारण मृत्यु भएको थियो । फिदालाई उक्त भ्यानका ड्राइभरले भुलबस ४-५ घण्टासम्म भ्यानभित्रै छोडेका थिए । जतिबेला भ्यान बाहिरकै तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो । डा. जाकले बिशेष गरी गाडी चालक तथा परिवारसहित घुमफिर गर्नेहरूकै ध्यानाकर्षण गर्दै भनेका छन – बन्द गाडी (जसमा AC चलेको हुंदैन) मा कसैलाई पनि छोड्नु या राख्नु हुंदैन । त्यति मात्र होइन, गाडी चलाउनु अघि, कमसेकम २० गनुञ्जेल गाडीको ढोका खोली बाहिरै रहने, गाडीका सबै झ्यालहरू खोलेर मात्रै AC चलाउने (AC चलेको करीब १ मिनट पछी मात्रै झ्यालहरू बन्द गर्ने) जस्ता कुराहरू सबैले पालना गर्नुपर्ने तर्फ बिशेष ध्यानाकर्षण गराउनुभएको छ । यस्तो अत्यन्त प्रतिकुल र आपदकालिन परिस्थितिमा आफ्नो र परिवारको पुर्ब सुरक्षाका लागि साउदी अरबमा ९८८ मा सम्पर्क गर्न समेत भनिएको छ ।

साउदी अरबमा अहिले गर्मीको साथै बढेको उष्णता / आर्दता (Humidity) ले गर्दा पनि दिउंसो बाहिर (Out Door) काम गर्नेहरूलाई सांच्चै सही नसक्नुको स्थिती छ तर पनि रोजगारदाता कम्पनीहरूको कार्यतालिका र रोजगारको करारनामा बमोजिम तमाम नेपाली श्रमिकहरू यस्तो प्रचण्ड गर्मीमा पनि बिना बिश्राम काम गर्न बाद्य छन । स्मरणीय छ छिमेकी मुलुक कतारमा भने अत्यधिक गर्मीको यही प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै खासगरी बाहिर काम हुने अधिकांश कम्पनीहरूले बिहान ११ बजेदेखि दिउंसो ३ बजेसम्म बिश्राम दिने गरेको जानकारी मिलेको छ । बिश्रामको यो समयलाई बिहान सबेरै काम थालेर अनि अपरान्ह अबेर सम्म काम गराई समायोजन गर्ने गरेका छन ।

Leave a Reply