किन किन आज मलाई

ऋचा शर्मा तिवारी

किन किन आज
तिम्रो भाग्य सँग
आफ्नो  भाग्य जोडेर हेर्न मन लाग्यो
किन किन आज मलाई
तिम्रो  जीवन सँग
सुख पैचो माग्न मन लाग्यो
तिम्रो  अधर को हासो  र मुस्कान 
सापट मग्न मन लाग्यो
 आज फेरी मलाई
तिम्रो जीवन को पलहरुले
आफ्नो जीवन रगिन मन लाग्यो
किन किन आज मलाई
तिम्रो हृदयको धुक्धुकी
सुन्न  मन लाग्यो
किन किन आज  तिमीमा
समर्पण हुन मन लाग्यो
थाहा छैन किन
मलाई आज
खुशी हुन मन लाग्यो

1 Comment

  1. Karkidb

    Thanks for Gajal

Leave a Reply