साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषाल कहिले होलान रिहा ?!

0
778

१८ नोभेम्बर, २०१७

जेद्धा साउदी अरब ।

साउदी अरबको जेद्धामा जेल जिवन बिताइ रहेका थानेश्वर भुषालको रिहाइका लागी गैर आवासीय नेपाली संघ (NRNA) ले १२५००००/- बारलाख पचास हजार रूपैया सहयोग गर्ने भएको छ । भुषाल ६ फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन् भने अदालतले  उनलाइ १५००००/- साउदि रियाल तिर्नु पर्ने अन्यथा आजिवन जेलमा सड्नु पर्ने सजाय सुनाएको छ । घरपरिवार र श्रीमतिलाइ खुशि दिने सपना बोकी सेप्टेम्वर, २०११ मा साउदी अरब आइपुगेका भुषालको सपना सवारि साधन दुर्घटनाले चकनाचुर पारी दियो भने सँगै जिउने पर्ने बाचा साँचि जस्को खुशिका लागी उनि प्रवाश छिरेका थिए तिनै श्रीमति बुढा बाबाआमा बच्चा बच्चिलाइ छोडी उनि जेल परेपछि अर्कै सँगै पोइल गइन

भुषाललाइ जेलबाट छुटाइदिन उनको माले बिभिन्न मिडियाहरूमा पुगि करूणादायी अनुरोध गरेको पनि लामो समय भैसकेको छ तर उनलाइ जेल छुटाउन वश्यक व्लडमनि १५००००/- साउदि रियाल हालसम्म पुरा भै सकेको छैन यसै सिलसिलमा गैर आवासीय नेपाली संघ (NRNA) को बिश्व सम्मेलन मार्फत निर्वाचित नयाँ कार्य समितिको हालै काभ्रेको धुलिखेलमा तिन दिनसम्म चलेको प्रथम बैठकले यस बिषमा छलफल गरि साउदी अरबको जेद्धामा जेल जिवन बिताइ रहेका थानेश्वर भुषालको रिहाइका लागी १२५००००/- बारलाख पचास हजार रूपैया सहयो दिने निर्णय गरेको छ निर्यणको अन्तिम बुंदामा भनिएकोछ- विभिन्न कारणबस मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरुको तथ्यांक संकलन गरी उद्दारको कार्यक्रम संचालन गर्न निर्णय गरियो साथै साउदी अरबमा जन्म कैद भोगिरहेका थानेश्वर भूसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालिन राहत कोषबाट १२ लाख ५० हजार रुपैया प्रदान गर्ने निर्यण भयो

साविक मध्यबिन्दु नगरपालिका नवलपरासि घर भएका थानेश्वर भुषाल बैदेशिक रोजगारिका लागी गत २७ सेप्टेम्वर, २०११ मा साउदी अरब पुगेका थिए ४५१९७५१ नेपाली राहदानि नम्बर भएका भुषालले चलाएको सवारी साधान जुन, २०१२ मा दुर्घटनामा परेको थियो उक्त दुर्घटनामा परि साउदी नागरिक रद जमान अलजदानि तथा भारतिय नागरिक इशम साहिवको मृत्यु भएको थियो घटनाको छानबिन गर्दा जेद्धा स्थित न्यायलयले थानेश्वर भुषाल तथा मृतक भारतिय नागरिक इशम साहिवलाइ दोषि ठहर गरेपछि भुषाल फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन् साउदि अरबको सरिया कानुन अनुसार दुबै जना सवारी चालक बराबरी दोषि ठहरिएपछि साउदी नागरिकको परिवाले माग गरेको व्लडमनिको आधा हिश्सा १५००००/- साउदि रियाल थानेश्वर भुषालले तिर्नुपर्ने फैसला सुनाएको   रकम नबुझाए सम्म आजिवन जेलमा बस्नु पर्ने छ  भुषाल परिवारको दयनिय अवस्थालाइ मध्यनजर गरि साउदी स्थित महाबाणिज्य दुतावासले सवारि साधन दुर्घटनामा परि मृत्यु भएका साउदी नागरिकको परिवारसँग भेटि आदालतद्वारा सुनाइ गरिएको व्लडमनि मिनाहाका लागी अनुरोध गरेता पनि परिवारले अस्विकार गरेपछि थानेश्वरको रिहाइका लागी साउदी अरब तथा साउदी बाहिरका बिभिन्न रहेका संघ संस्थाहरूले रकम संकलनका लागी पहल थालेका छन् भने एनसिसि साउदी अरबले आकास्मिक बैठक बसि उनको परिवारलाइ तत्कालका लागी पचास हजार रूपैया सहयोग गर्ने निर्णय गरेको

एनआरएनए एनसिसि साउदी अरबका संरक्षक तथा नवलपरासी प्रवासी सम्पर्क मञ्च दमाम साउदि अरबका अध्यक्ष बिरेन्द्र कुमार चौधरीले दिएको जानकारी अनुसार नवलपरासी सम्पर्क मञ्च दमामले गत १५ नोभेम्बर, २०१७ सम्म १७०२७/- साउदि रियाल संकलन गरि सकेको जस मध्य ११०१९/- सा. रि. अर्थात ३०३१८९/- रूपैया PNCC को खातामा नेपाल पठाइ सकिएको त्यसैगरि साउदी अरबको जेद्धामा रहेका बिभिन्न सामाजीक संघ संस्थाहरूः तमुधी जेद्धा, आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति जेद्धा, गैर आवासीय नेपाली संघ क्षेत्रिय समिति जेद्धा,प्रवासी नेपाली मञ्च, क्षेत्रिय समिति, जेद्धा, नेपाली यूवा क्लब जेद्धा लगायतले पनि अभियान संचालन गरि भुषालको रिहाइका लागी आवश्यक व्लडमनि जुटाउने प्रयास गरि रहेका छन् भने पुर्ण कार्कीको संयोजकत्वमा अन्जन पोख्रेल तथा भिम गुरूङ सम्मेलित एक समिति तयार गरि अभियान संचालनमा ल्याइएको हो हालसम्म जेद्धामा पहिलो दोस्रो चरण गरी कुल साउदी रियाल २९,३७८/- अर्थात नेपाली रूपैयाँ ८०३,६१५/- संकलन गरि सबै रकम PNCC को खातामा नेपाल पठाइ सकिएको साथै संकलन कार्य जारी रहेको बिरेन्द्र कुमार चौधरीले बताउनु भयो

एनआरएनए मिडिया टिम, साउदी अबर ।

 

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here