एनआरएनए साउदी अरबको छैटौं राष्ट्रिय महाधिबेशन तयारी अन्तिम चरणमा ।

0
97

nrna logo

०१ सेप्टेम्बर, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

भोली हुन गइ रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको छैठौं राष्ट्रिय महाधिबेशन तयारी अन्तिम चरणमा पुगेको आजयोक कमिटिले जनाएको छ । कार्यक्रमलाइ सफल बनाउन बिभिन्न समिति तथा उपसिमितहरू गठन गरि कार्य बिभाजन गरिएको छ । नेपाली कुटनितक नियोग लगायत साउदीमा कृयाशिल बिभिन्न समाजिक संघ-संस्थाहरूलाइ उपस्थितिका लागी निमन्त्रणा बाडिएको छ भने संस्थाको आधिकारिक फेसबुक पेजबाट संघमा आवद्ध बर्तमान तथा पुर्व पदाधिकारिहरू, संस्थापकहरू, शुभचिन्तकहरू लागायत सम्पुर्ण एनआरएन कर्मीहरूलाइ सहभागिताको लागि निमन्त्रणा सम्प्रेषण गरिएको प्रचार-प्रसार कमिटिले जनाएको छ ।

कार्यक्रममा पुर्वी क्षेत्रमा रहेका दम्माम, अलखोबर, अव्किक-अलहासा, कतिफ-तारूत, जुबेल क्षेत्रका एनआरएनएहरूको अलावा साउदीका अन्य स्थानमा रहेका एनआरएनएहरूको जगघट रहने छ । अलकासिमबाट एनआरएनए टिम हिजै प्रस्थान गरेको बिशाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ भने ताबुकबाट सम्भवत आज राति सम्म ताबुक एनआरएनए टिम दम्माम आइ पुग्ने भक्त हामालले जानकारी दिनुभयो । त्यसैगरि रियाद एनआरएनए टिम भोली १० बजेसम्म कार्यक्रम स्थल आइपुग्ने जानकारी रियादबाट नारायण भट्टराइले दिनुभएको छ साथै दम्मामबाट करिव १४०० कि.मि. टाढा रहेको जेद्धा शहरबाट पनि भोली नै एनआरएनए जेद्धा टिम उपस्थित रहने ध्रुब कुमार रिजालले जानकारी दिनु भएको छ ।

कार्यक्रमलाइ मिडिया पार्टन समेत रहेको डिसिनेपाल गल्फ (DCNepal Gulf) https://www.facebook.com/gulf.dcnepal ले साउदी बाट दोस्रो पटक प्रत्यक्ष प्रशारण गर्ने तयारी गरिरहेको छ भने शैलुङ अनलाइ, तिनजुरे अनलाइ, अर्घाखाचि अनलाइ, एनआरएनए साउदीको संस्थागत फेसबुक पेज र एनए मिडाय लगायतका मिडियाहरूबाट समेत प्रत्यक्ष प्रशारण गरिने जानकारी मिलेको छ ।

नेपाली श्रममैत्रि संस्थाको नामले परिचित एनआरएनए साउदीको महाधिबेशनलाइ चारैतिरबाट बिशेष चासोका साथ हेरिएकोछ ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here