स्वदेशमा घाउ चर्कदा, प्रवासमा पिडा

0
88

१३ अगस्ट, २०१७

तेज थापा, साउदि अरब ।

Presentation1

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको बारौं आकास्मि साइवर कन्फ्रेन्स बैठक भरखरै समाप्त भएको छ । बैठक, गत शुक्रबार परेको अविरल वर्षा र भीषण बाढिले पुर्याएको जनधनको क्षति र संस्थाले खेल्नु पर्ने सहयोगि भूमिकाबारेमा केन्द्रित थियो । बैठकले एनसिसि उपाध्यक्ष श्री ध्रुब कुमार रिजालको संयोजकत्वमा बाढि पिडित राहात अभियान समिति गठन गरेको छ । समितिमा अलकासिम क्षेत्रबाट एनसिसि सचिव बिशाल कुमार श्रेष्ठ तथा क्षेत्रिय सचिव रम्जानदिन मिया, ताबुक क्षेत्रबाट एनसिसि केन्द्रिय सदस्य बद्रि बिमली, सल्लाहकार भक्त हमाल तथा क्षेत्रि सचिव मनोज बराल, रियाद क्षेत्रबाट एनसिसि केन्द्रिय सदस्य नारायण भट्टराइ, क्षेत्रिय अध्यक्ष सरद शर्मा तथा भुतपुर्व का.बा. अध्यक्ष बिष्णु पौडेल रहेका छन् भने पुर्वी क्षेत्रबाट क्षेत्रिय अध्यक्ष चन्द्र मणी भन्डारी, उपाध्यक्ष रोशन कुमार श्रेष्ठ तथा सचिव अन्जनि कुमार अधिकारी रहेका छन् । समितिले साउदी अरबका बिभिन्न स्थानमा अभियान संचालन गरि राहात सहयोगका लागी समन्वयकारी भुमिका निर्भाह गर्नेछ ।

एनआरएनए एनसिसि साउदी अरबले हिजै एक प्रेश बिज्ञप्ति जारी गर्दै सहयोगमा जुट्न सबैलाइ आव्हान गरेको छ भने आज थप छलफल गरि योजनाबद्ध रूपमा अघि बढ्न आकास्मि साइवर कन्फ्रेन्स बैठक आव्हान गरेको हो । बैठकले राहात संकलन अभियान यो हप्ताको बिहिबार राति १२ बजेसम्म संचालन गर्ने र सनिबार भित्र सबै रकम एकमुष्ठ संकलन गरि सहयोगिदाताहरूको अन्तिम सुचि तथा रासि सार्वजानिक गर्ने निर्यण गरेको छ भने संकलित सबै रकम निम्न बैंक खाता जम्मा गरिने छ ।

Account : 062500000144

Beneficiary: NRNA CHARITY FUND

Bank: Bank of Kathmandu, Kamaladi, Kathmandu

Swift : BOKLNPKA

स्मरण रहोस भुकम्प, बाढि पहिरो, आगजानि जस्ता दैबिक प्रकोपका घटनाहरूमा एनआरएनएले सधै हातेमालो गरि स्वदेशका पिडाहरूमा मलमपट्टि लगाउने काम गरिरहेको छ ।

Document-page-002

13 august 17 Flood Victim relief campaign-page-001 13 august 17 Flood Victim relief campaign-page-002

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here