साउदी अरबको रियादमा परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न ।

0
56

०८ जुलाइ, २०१७

तेज थापा, रियाद साउदी अरब ।

हिजो साझ नेपाली राजदूतावास निवास रियाद साउदि अरबमा एक परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएकोछ । नेपाली राजदूतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतले कार्यभार सम्हालेको एक महिना पछि साउदी अरबमा कृयाशिल बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि, व्यावसायीहरू लगायत रोजगारको सिलसिलामा साउदी अरबमा रहेका नेपाली जनसमुदायहरूको समुस्थितिमा नेपाली राजदुतावास रियादले पहिलो पटक परिचयात्म तथा अन्तरकृया कार्यक्रम आयोजना गरेको हो ।

19702681_813881872117402_199598865310853694_o

साउदी अरबमा रहेका नेपाली कामदारहरूको प्रमुख समस्या, समस्या न्युनि करण, हकहित र मर्यादिद पेशाका लागी सल्लाह-सुझाव तथा राजदूतावासले खेल्नु पर्ने भुमिकाका बारे छलफल गर्ने अभिप्रायले आयोजना गरिएको अनौपचारिक कार्यक्रम पुर्व कार्यबाहक राजदुत तथा बर्तमान नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा ज्युले संचालन गर्नुभएको थियो । कार्यक्रममा महामहिम राजदुत प्रा. डा. महेन्द सिंह, उपप्रमुख आनन्द प्रसाद शर्मा, श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव विजय कुमार राउत, द्वतिय सचिव बिपिन दुवाडी, सहचारी सन्तोष कुमार अधिकारी, पुर्वी क्षेत्रका स्थानिय कर्मचारी हरि घिमिरे लगायतका राजदूतावास परिवारको उपस्थिति रहेको थियो ।

19955996_813872045451718_5482342502087553363_o

उपस्थितिहरूको परिचयात्मक कार्यक्रमबाट प्रारम्भ भएको कार्यक्रमा नेपाली आदिवासी जनजाति महासंघका प्रतिनिधि होम सुनारी मगर, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बैदेशिक रोजगार तथा अप्रवासी नेपाली कल्याण समितिका संयोजक धरम के. सी., एनआरएनए एनसिसि साउदि अरबका अध्यक्ष नारायण पासवान, एनआरएनए आइसिसि मध्यपुर्व मनोनित महिला सदस्य यास्मिन बेगम, एनआरएनए आइसिसि सदस्य रमेश भन्डारी, एनआरएनए आइसिसि पुर्व मध्यपुर्व सहसंयोजक तथा एनसिसि साउदी अरबका बर्तमान सल्लाहकार राजु सैयद लगायत बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरू श्री यावा लिम्बु, दिपक रेग्मी, कमल महत, बिरेन्द्र चौधरी, बिष्णु घिमिरे, निर बहादुर सुनार, निरज पट्टेल, नारायण गुरुङ, कमल शाही निर्मल, रमेश लाम्घादे, जिब बहादुर थापा, अन्जनी कुमार अधिकारी, प्रदिप पासवान, अरुण बेल्बासेले आ-आफ्नो धारणा र बिचार प्रकट गर्नुभएको थियो ।

अधिकांस बक्ताहरूले १९ महिना कार्यबाहक राजदुतको जिम्मेवारी सम्हाल्नु भएका बर्तमान नियोग उपप्रमुख आनन्द प्रसाद शर्माज्युको कार्यकाल सफल रहेकोका प्रंशसा प्रकट गर्दै नवनियुक्त राजदूत ज्युलाई स्वागत सहित उहाँको सफल कार्यकालको शुभकामना दिएका थिए ।

उहाँहरुले श्रम सम्झौता यथासम्भव लागु हुनुपर्ने, कामदार डिमान्ड लेटर नेपाली राजदूतावासबाटै स्विकृत हुनुपर्ने, नेपाली कामदारहरुले म्यानपावर व्यावसायीहरूलाइ अझै पनि चर्को रकम तिरि साउदी अरब आउनु पर्ने बाध्यता लगायतका प्रसंग कोट्याउदै दुतावास मार्फत नेपाल सरकारको ध्यान क्रन्द्रित गराउनु भएको थियो । त्यसैगरि साउदी अरबमा रहेका नेपाली घरेलु महिला कामदारहरुको हक हित उद्दार सम्बन्धमा र नेपालबाट अबैध बाटो हुँदै साउदीअरब आउने महिला कामदारहरुको रोक साथै उनिहरुलाई यसरी ल्याउने दलालहरुलाई कारबाही हुनुपर्ने र नेपाल एयरपोर्टमा यस सम्बन्धमा कडाइ हुनुपर्ने, दुताबासमा रहेको सेल्टरलाई ब्यबस्थित बनाउनुपर्ने, साउदी अरबको जेलमा रहेका नेपालीहरुको सहजताको लागि नेपाली वकिलको ब्यबस्था गर्नुपर्ने, बिभिन्न पीडितहरुको लागि संकलित रकमको दुरुपायोग हुनबाट रोक्नुपर्ने, मृतकको लाश पठाउन सहजता साथै पाउने क्षतिपुर्तिमा पारदर्शिता हुनुपर्ने, साउदीअरबमा तिब्र गतिमा मौलाउँदै गरेको दलालहरु, ठग, पीडितलाई झन पीडित बनाउने पिडकहरु पत्ता लगाएर कारबाही गर्नुपर्ने, ठग्ने र ठगिने प्रब्रितिको अन्त्य हुनुपर्ने, नेपाली श्रमिकको सम्मान र उचित ज्यालाको लागि पहल हुनुपर्ने, भाबी आइपर्ने समस्यालाई मध्यनजर गर्दै एउटा आपतकालीन सम्यन्त्र गठन हुनुपर्ने, दुताबासमा कामदार थपेर दुताबासबाट हुने काममा अझै सहजता ल्याउनुपर्ने, नेपाल सरकारले साउदी सरकारसँग कुटनितिक पहल गरी जेलमा बन्दी जिबन बिताइरहेका सम्पूर्ण नेपालीहरुलाई स्वेदेश फर्कने बातावरन मिलाइनुपर्ने, दुताबासले ठुला र धेरै नेपाली कामदारहरु रहेको कम्पनिमा अनुगमन टोली खटाउनुपर्ने जस्ता कुराहरुको बारेमा सल्लाह सुझाब दिएका थिए ।

अर्तरकृया कार्यक्रममा राखिएका बिचार, सल्लाह, सुझाब र जिज्ञासाहरुलाई नियोग उपप्रमुख आनन्द् प्रसाद शर्मा ज्युले बिच बिचमा छोटो उत्तर दिदै जानु भएको थियो भने कार्यक्रमको अन्त्यमा सम्पूर्ण बक्ताहरुको जिज्ञासालाई नवनियुक्त राजदूत ज्युले स-सम्मान सम्बोधन गर्दै कार्यक्रमका दौरान उठेका प्रसंग, राय-सल्लाह र सुझावहरूलाइ आफुले टिपोट गरि अध्यान गर्ने बताउनु भएको थियो ।

साउदी अरबमा रहेका करिव ५ लाख नेपालीको हक हितमा, उनिहरुको मन नदुखाइकन काम गर्ने र यसको लागि आफुले राम्रो टिम र सहयोगी नेपाली दाजुभाइ-दिदिबहिनिहरु पाएको उहाँले बताउनुभएको । आफ्नो लागि यो एउटा अत्यन्तै चुनौति  कुरा भएको र आफुले आफ्नो जिबनको ४० बर्ष प्राज्ञिक क्षेत्रमा बिताएकोले केही समय यहाँका सम्पूर्ण कुराहरुको अध्ययन गर्न, बुझ्न आफुलाई लाग्ने र त्यसपछी साउदीअरबमा रहेका नेपाली संघ सस्था, समुदायहरुको सल्लाह सुझाबलाई आत्मसाथ गर्दै आफ्नो टिमको सहयोगमा नेपाली कामदारमुखी कामहरु गर्ने, समस्या समाधान र न्युनिकरन गर्ने कुरा उहाँले बताउनुभयो । १ महिनाको अबधिमा आफुले बुझे अनुसार साउदीअरबमा नेपालीहरुको प्राय समस्यामा समस्या एक तर समस्याको प्रक्रिती, स्वभाब अनेक रहेकोले समस्या समाधान गर्न त्यसो कुनै एक सुत्र लागू नहुने तर समस्या समस्या समाधान नै नहुने खाल्का पनि नभएको उहाँले बताउनुभयो । अन्त्यमा उहाँले सम्पूर्ण उपस्थिहरुलाई धन्यवाद दिदैँ सबैले आफ्नो आफ्नो ठाउँबाट राजदूताबासलाई सहयोग गर्न, सुचना, जानकारी प्रबाह गर्न र समस्या समाधान, न्युनिकरणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए आइसिसि वर्तमान तथा पुर्व पदाधिकारीहरू राजु सैयद, धरम के.सी., यास्मिन बेगम, रमेश भन्डारी, एनआरएनए एनसिसि साउदी अरबका पदाधिकारीहरू डोर बहादुर कार्की, नारायण पासवान, डमर कुमार यादव, तेज थापा, जोन अर्याल, नारायण भट्टराइ, एनआरएनए क्षेत्रिय तथा स्थानिय पदाधिकारीहरू अन्जनि कुमार अधिकारी, राम बहादुर क्षेत्री, प्रदिप पासवान, घनश्याम अर्याल, ओमफुयाल, लोकेन्द्र लिम्बु मुस्कान लिम्बु लागयतको संयुक्त टोलि उपस्थित थियो ।

19944517_813887898783466_3032030492067242812_o 19780708_813881005450822_6597058161710920084_o 19780443_813887342116855_3981428647769917266_o 19780334_813870738785182_4124804272506757561_o 2 1

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here