साउदी अरबमा अन्तर क्लव खुल्ला फुटवल प्रतियोगिता सम्पन्न ।

0
49

२९ जुन, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

19429791_1330454883740914_7175751058398716179_n

मुस्लिम धर्मवलम्बीहरुको महान चाड रमजान इदको अवसर पारि न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब तथा नेपाल बोइज युथ क्लबको संयुक्त आयोजमा गत मंगलबार राति दमाम स्थित प्रीन्स नाइफ स्पोर्ट्स सिटिमा अन्तर क्लव खुल्ला फुटवल प्रतियोगिता सम्पन्न भएको छ । ३ दिन सम्म भएको नकाउट फुटबल प्रतियोगितामा साउदी अरबका बिभिन्न स्थानबाट जम्मा ३० टिमले सहभागिता जनाएका थिए भने रियाद रेड र युनाइटेड ब्लु टिम २८ टिमलाइ हराउदै फाइनलमा खेलमा प्रबेश गरेका थिए ।

५० मिनेटको फाइनल खेलमा दुबै टिम एक-एक गोल गरि बराबरी भएपछि फिफा नियमानुसार रेफ्री बिनोद लिम्बुले ५-५ जनाको पेनल्टी गराएका थिए, पेनाल्टीमा पनि बराबरी नतिजा नआएपछि पुनः आयोजकले ३-३ जनाको पेनल्टी सुट गर्न स्वीकृत गरेको थियो । उक्त पेनाल्टीमा २-१ ले युनाईटेड ब्लु बिजय भएको हो । बिजयी टिम युनाइटेड ब्लु र उपबिजेता रियाद रेडलाइ कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली दूतावास रियाद पुर्वी क्षेत्रका प्रतिनिधि हरि घिमिरे, बिशेश अतिथि तथा एनआरएनए एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य डोर बहादुर कार्की लगायतले मेडल, शिल,प्रमाणपत्र सहित प्रथमलाई १,११,१११ नेपाली रुपया र दोस्रोलाई ७७,७७७ नेपाली रुपैयाँ नगदले पुरस्कृत गर्नु भएको थियो ।

त्यसैगरि उत्कृष्ठ रेफ्री बिनोद लिम्बु लगायत उत्कृष्ठ किपर , उत्कृष्ठ लाइसमेन ,बेष्ट च्याम्पेन र बेस्ट हाइ स्कोरको पनि पहिचान गरी अथिती जेन लामा, कमल साही , तेज बहादुर थापा, मुस्कान लिम्बु लगायतले प्रमाणपत्र सहित कपले पुरस्कृत गर्नु भएको थियो ।

नकाउट फुटबल प्रतियोगिताका आयोजकले विभिन्न ८ पुरस्कार राखि भाग्यसालि लक्की ड्रको पनि आयोजना गरेको थियो । लक्की ड्रामा उदय लिम्बु लक्की नं. ७१४ ले प्रथम १० ग्राम सुन जित्न सफल भएका थिए भने द्वितीय ३२ इन्चको LCD TV लक्की नं. 105 अनिल रिमाल, तृतीय २ साउन सेट र १ माइक्रोफोन लक्की नं. र चौथो सान्त्वना ५ नोकिया मोबाइल सिताराम ७५१ , सिह लिन्बु ००३ ,पर्शुराम ३६९, २८७ भरत ,९५४ जाम सेख लामा ले लक्की ड्रका पुरस्कार हात पारेका थिए ।

थप तस्विरहरूका लागी सम्बन्धित लिंकः https://www.facebook.com/moktan.69/media_set?set=a.1330519280401141&type=3&pnref=story

33166055020170629_08394319554241_1330469580406111_1515367773870872617_n19601223_1330475400405529_3764968250506989252_n 19554535_1330491417070594_7169298877105049875_n 19554176_1330467853739617_6592524214916941287_n 19553961_1330496150403454_3828090678451125625_n 19551082_808796745946938_1889138949_n 19511837_808008836025729_107231788_n 19511274_1330475907072145_4374759107006617183_n 19511120_1330471290405940_202040678367315425_n 19510398_1330477487071987_8542085063910950610_n 19510331_1330482690404800_6576109455822188207_n 19510125_1330479770405092_5778371289594319922_n 19437488_1330485000404569_2038185636861405692_n 19437264_1330466897073046_2490184394951929098_n 19437257_1330466733739729_6095367812911998899_n 19437241_1330468267072909_4569881661520484857_n 19430075_1330462493740153_6356458277977156283_n 19429791_1330454883740914_7175751058398716179_n 19424428_1330462633740139_3098710015160484656_n 19424427_1330485117071224_5824214726533618317_n 19247769_1330484833737919_4267573747701333492_n 19247665_1330496310403438_6203061723819639374_n

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here