एनआरएनए श्रमिक सेल्टर दम्मामबाट धेरैजसो कामदारहरू सकुसल नेपाल फर्कीए

एनआरएनए श्रमिक सेल्टर दम्मामबाट धेरैजसो कामदारहरू सकुसल नेपाल फर्कीए

 

३ जुन, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

18901317_10209768502585383_98584998_o

 

एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका धेरैजसो नेपाली कामदारहरू सकुशल नेपाल फर्कीएका छन् । साउदी सरकाद्वारा दिइएको ३ महिने अबैधानिक कामदार क्षेमादान प्रकृया चलिरहदा नेपाली कामदारहरू साउदी अरबको हाफर अलबादिन, जेद्धा, ताबुक लगायतका बिभिन्न स्थानबाट दम्माम स्थित सिको गार्डेनमा जम्मा भएका थिए । खुल्ला आकासमुनि बस्न बिवश नेपाली श्रमिकहरूको दुखदायि पिडादेखी एनआरएनए साउदीले गत महिनाको मे २ तारिख देखि सेल्टरमा राखी खानापिना सहित कानुनि प्रकृया र पैरवि पहल सुरू गरेको थियो । क्षेमादानको दायर भित्र रहेका कामदारहरूलाइ प्रकृया पुर्याइ दम्माबाटै नेपाल पठाइएको छ भने क्षेमादानको दायर भन्दा बाहिर रहेका कामदारहरूलाइ नेपाली राजदूतावास रियादसँग समन्वय गरि दूतावास पठाइएको थियो । साथै नेपाली दूतावासले कानुनि प्रकृया पुरागरि उनिहरूलाइ रियादबाट नेपाल पठाउन सहयोग गरेको छ ।

एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका कामदारहरूको संख्या बढ्दै जादा एनसीसी साउदिका प्रमुख सल्लाहकार डोर बहादुर कार्की, अध्यक्ष नारायण पासवान, उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, सदस्य जोन अर्याल, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ तथा आरसिसि अलखोबरका भुतपुर्व अध्यक्ष मो. ईसा रायनको टोली गत मे १९ शुक्रवार नेपाली राजदूतावास रियाद पुगेको थियो । टोलिले नेपाली राजदुतावासका का. बा. राजदुत आनन्द प्रसाद शर्मा, श्रमसहचारी अम्विका प्रसाद अधिकारी, प्रथम सचिव विजय रावत, द्वितीय सचिव बिपिन दुवाडि, सहचारी सन्तोष कुमार अधिकारी लगायतका पदाधिकारीहरुसँग अनौपचारीक भेटघाट गरी सेल्टरमा रहेका नेपाली कामदारहरूको कानुनी प्रक्रिया, न्यायिक पहल तथा नेपाल फिर्ता लगायत अन्य समसामयिक बिषयमा छलफल गरेको थियो ।

त्यसैगरि श्रमिक सेल्टर दम्माममा सुरू देखि नै खटिदै आउनु भएका एनसिसि केन्द्रिय सदस्य जोन अर्याल, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, सहसचिव घनश्याम अर्याल तथा एलसिसि दम्मामका कोषाध्यक्ष शुक्र मोक्तासँग हिजो साझ एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, महासचिव तेज थापा तथा आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारिले भेट गरि सेल्टरमा रहेका कामदारहरूको पछिल्लो स्थितिबारे जानकारी हासिल गरेको हो । एनआरएन टोलीले सेल्टर अनुगमन गरि आम माफीको समयसिमा अगाडी बाकि रहेका कामदारहरूलाइ कसरि नेपाल फर्काउन सकिन्छ भन्नेमा छलफल र परामर्स समेत गरेको छ । आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष तथा सेल्टर समन्वयकर्ता रोशन कुमार श्रेष्ठले दिएको जानकारी अनुसार हाल ८ जना कामदारहरू सेल्टरमा बाकी रहेका छन् भने उनिहरू मध्य ३ जना आम माफीको दायरा भित्र नपर्ने हुनाले नेपाली राजदूतावास रियादबाटै पहल हुने पर्ने देखिन्छ भने बाकी रहेका कामदारहरू जुन महिनाको २० तारिख अगाडी नै नेपाल फर्कने अन्तिम तयारीमा रहेका छन् ।

गत मे, १ तारिखदेखि २ जुन २०१७ सम्म एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका नेपाली श्रमिकहरूको स्थितिः

  1. गंगा राम खत्री, नेपाल फर्केको
  2. लाल बहादुर सुनुवार, नेपाल फर्केको
  3. गुप्ता बहादुर नेपाली, नेपाल फर्केको
  4. लाल बहादुर सारू मगर, नेपाल फर्केको
  5. देबेन्द्र भेटुवाल, रियाद गएको
  6. लक्ष्मण यादव, नेपाल फर्केको
  7. बिरेन्द्र गुरूङ, रियाद गएको
  8. मनोज कुमार राइ रियाद गएको
  9. जित बहादुर पोख्रेल रियाद गएको
  10. बिजय दानी रियाद गएको
  11. राम बहादुर सिस्तामा, नेपाल फर्केको
  12. ताउ बहादुर पुन, नेपाल फर्केको
  13. सुनिल कुमार, नेपाल फर्केको
  14. जोगेन्द्र पाण्डे, नेपाल फर्केको
  15. बसन्त महरा, नेपाल फर्केको
  16. छविलाल खत्री, नेपाल फर्केको
  17. ध्यान बहादुर राइ, रियाद गएको
  18. प्रकाश के.सी. , नेपाल फर्केको
  19. चुम बहादुर गुरूङ, नेपाल फर्केको
  20. श्याम कुमार माझी, नेपाल फर्केको
  21. मो. अजिजुल डफाली, नेपाल फर्केको
  22. मोहो राम नदाव, नेपाल फर्केको
  23. नवराज शाही, नेपाल फर्केको
  24. दमबिर राज शाही, नेपाल फर्केको
  25. भक्त बहादुर रोका, रूम छाडेको
  26. चेतराम दमाइ, रूम छाडेको
  27. मुबारक नाउ रूम छाडेको
  28. सुजित चाम्लिङ रूम छाडेको
  29. अव्दिल हमिद रूम छाडेको
  30. दिपक महतो, नेपाल फर्केको
  31. गणेश कटुवाल, रियाद गएको
  32. राजेन्द्र थापा रियाद गएको
  33. दिल बहादुर दराइ, नेपाल फर्केको
  34. शिवसंकर महतो, नेपाल फर्केको
  35. नविन महतो, नेपाल फर्केको
  36. जोगनी महरा, नेपाल फर्केको
  37. हरिदेब सयदा, नेपाल फर्केको
  38. दिल बहादुर श्रेष्ठ पासपोर्ट नं 05748694, नेपाल फर्केको
  39. समिर योञ्जन, नेपाल फर्केको, नेपाल फर्केको
  40. हेमराज वली, पासपोर्ट नं 073397873, नेपाल फर्केको
  41. पुनीराम बाठा मगर पासपोर्ट नं 4154512, नेपाल फर्केको
  42. सिकेन्दर महतो, नेपाल फर्केको
  • अन्य बाकी ८ जना सेल्टरमै बसिरहेका छन् ।

सेल्टरमा रहेका अधिकांस नेपाली कामदारहरू कुनै न कुनै रूपमा नेपाली दलाल तथा म्यानपावर व्यावसायीहरूबाट ठगिएका छन् भने साउदी आएपश्चात पनि नेपाली ठग, बिचौलिया तथा भगौडियाहरूको चंगुलमा पसेका छन् । यि पिडक म्यानपावर व्यावयासी, ठग, दलाल र बिचौलीयाहरू कहिले सजायको भागेदारि बन्नेहुन् र नेपाली श्रमिकहरूले प्रवासमा पिडादायी बिचल्लि जिवन बिताउने श्रृखला कहिले अन्त्यहुने हो भविष्य कुर्नै पर्ने देखिन्छ ।

18596462_10209649622973467_2047306216_o 18596943_10209649623173472_1660415273_o 18596987_10209649620733411_1174717782_o 18618149_10209649619773387_1809328049_o 18575234_10209649618733361_342328660_o 18575726_10209649622773462_246296567_o18901232_1562422543770483_1396788229_o 18927247_1562424977103573_1156454684_o 18926603_1562419817104089_22552303_o 18901914_1562422673770470_790156258_o 18870584_1562424813770256_700918681_o 18870554_1562424327103638_1696215459_o 18870530_1562422407103830_2105016141_o 18870522_1562417247104346_125666629_o 18870425_1562423607103710_1668954785_o 18870388_1562418857104185_866635099_o 18870340_1562422817103789_2004446993_o 18870275_1562424490436955_1446314905_o 18870205_1562423080437096_1829402041_o 18870163_1562424340436970_383790807_o 18870143_1562403190439085_1559771435_o 18869862_1562424653770272_795599400_o

Print Friendly

NO COMMENTS

Leave a Reply