नेपाली संघ संस्थाका प्रतिनिधिहरूद्वारा गैर कानुनि रूपमा रहेका नेपाली कामदारहरूलाइ सहजि करण सेवा प्रदान ।

0
21

nrna logo

२२ अप्रेल, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

हिजो शुक्रबार २१ अप्रेल, २०१७ एनआरएनको एक टोलीले साउदी अरबको पुर्वी क्षेत्र अन्तर्गत दम्माम तथा अलखोवर वरपर गैर कानुनि रूपमा रहेका नेपाली कामदारहरूलाइ सहजि करण सेवा प्रदान गरेको छ । एनआरएनए एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष चन्द्रमणी भन्डारी, उपाध्यक्ष रोशन श्रेष्ठ, सदस्य नरेन्द्र कार्की, सदस्य घनश्याम अर्याल, एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र लिम्बु, एलसिसि अलखोबरका सचिव अनुप गुरूङ, हस्त लामा लगायतका पदाधिकारीहरू सहजिकरण टोलीमा सामेल हुनुहुन्थ्यो ।

गत अप्रिल ७, २०१७ शुक्रबार नरेन्द्र कार्की,जीवन लुइटेल, चित्रकुमार राइ, हस्त बहादुर लामा, अनुप गुरुङ लगायतको एनआरएनए टोलीले अलखोवरका आसपासमा रहेका ८ जना अबैध नेपाली कामदारहरूको लागी अलहासामा एपोइन्टमेन्ट लिने काम गरेको थियो । ८ जना मध्य ७ जनासँग रहादानि नभएकोले उनिहरूलाइ आवश्यक पर्ने ट्राभल डकुमेन्ट जारी गर्न टोली दम्माम पुगेको हो । सहजिकरण सेवालाइ सहयोग पुर्याउन नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका खिम गर्बुजा, प्रेम संजाली मगर लागयतका प्रतिनिधिहरू, बिवेकसिल नेपाली दलका प्रतिनिधि तथा कार्गो व्यवसायी तथा काभ्रेसेवा समाजका अध्यक्ष जेन लामा लगायतका प्रतिनिधिहरू समेत सहभागि हुनुहुन्थ्यो ।

साउदी सरकाद्वार घोषित ९० दिने आम माफीलाइ मध्य जनर राखि नेपाली राजदूतावास दम्माम स्थित सनराइज कार्गोमा अस्थाइ कार्यालय राखी सेवा संचाल गर्दै आइरहेको छ ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here