साउदी अरबमा नयाँ बर्ष २०७४ मनाइयो ।

साउदी अरबमा नयाँ बर्ष २०७४ मनाइयो ।

१५ अप्रेल, २०१७

जुबेल साउदी अरब ।

17884648_1255031094616627_5535815054968471281_n

हिजो १४ अप्रेल २०१७ साउदी अरबको जुबेलमा नयाँ बर्ष २०७४ बिभिन्न कार्यक्रम गरि मनाइयो । संघिय लिम्बुवान राष्ट्रिय मोर्चा साउदि संघीय लिम्बुवान सामाजिक मन्च  दमाम साउदी अवद्वारा आयोजित कार्यक्रममा मन्चमा आवध्द पदाधिकारीहरू, एनआरएनए साउदी अरबको बिभिन्न समितिहरूमा आबध्द पदाधिकारीहरू, बिबेकशिल नेपाली दल लगायत बिभिन्न समाजीक संघ संस्थाका प्रतिनिधिहरू तथा नेपाली दाजुभाइ दिदि बहिनिहरूको उपस्थिति रहेको थियो । ।

संघीय लिम्बुवान सामाजिक मन्च साउदी अरबका सल्लाहकार पूर्ण सुहाङ मिङ्सोद्वारा संचालित कार्यक्रमको सभापतित्व संघिय लिम्बुवान राष्ट्रिय मोर्चा साउदि संघीय लिम्बुवान सामाजिक मन्च दम्मामका अध्यक्ष टंक माङ्लाक लिम्बूले गर्नुभएको भने प्रमुख अतिथिमा संघीय लिम्बुवान राष्ट्रियम मन्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु तथा बिशेष अतिथिको रूपमा एनसिसि साउदि अरबका अध्यक्ष नारायण पासवान रहनु भएको थियो ।

नेपाली राष्ट्रिय गानको धुनबाट सुरूवात गरिएको कार्यक्रममा मन्चका महासचिव लोकेन्द्र लिम्बुले स्वागत मन्तव्य दिनु भएको थियो । नयाँ बर्ष २०७४ सालको शुभकामना आदान-प्रदान चरण अन्तर्गत एनआरएनए एलसिसि जुबलेका अध्यक्ष ओम फुयालले कबिता बाचन गर्नु भएको थियो भने आरसिसि पुर्वीका उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अन्जनि कुमार अधिकारी, क्षेत्रिय सदस्य घनश्याम अर्याल, एलसिसि दम्मामका कोषाध्यक्ष शुक्र मोक्तान, बिबेकशिल नेपाली दल साउदी अरबका रबिन गुरूङ, कुमार हुमागार्इं , होम थापा, एनसिसि साउदी अरबका केन्द्रिय सदस्य जोन अर्याल, महासचिव तेज थापा, अध्यक्ष नारायण पासवान, संघीय लिम्बुवान राष्ट्रियम मन्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु लगायतका बक्ताहरूले आ-आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नयाँ बर्ष उपलव्धि मुलक बनोस, प्रवासमा श्रम र शिप बेच्ने बाध्यात्मक स्थितिको अन्य होस र स्वदेशमै रोजगारिका अवसरहरू श्रृजना होस भन्ने शुभकामना दिदै कार्यक्रमका सभापति टंक माङ्लाक लिम्बूले पहिलो चरण समापन भएको घोषणा गर्नुभएको थियो ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत कार्यक्रमका सहभागिहरू पानी जहाजको यात्रामा सरिक भएका थिए भने NRNA FEMWWC का संयोजक धरम के. सी. रियादको यात्राबाट फर्की साझको कार्यक्रममा सहभागता जनाउनु भएको थियो ।

क्यामेरामा शुक्र मोक्तानका साथ तेज थापा ।

17759671_1255031994616537_5535230326661730286_n 17861640_1255031237949946_2954303769875481689_n 17903515_1255049341281469_2335592582398285636_n 17903663_1255031661283237_5837645747070450919_n 17903803_1255031124616624_8824798554924515208_n 17903980_1255031271283276_5527705682646450166_n 17904521_1255031151283288_5932373005410215541_n 17951576_1255031197949950_906914687893088899_n 17951611_1255031391283264_2006747663465178768_n 17952463_1255031137949956_748690991430663390_n 17952612_1255031171283286_2949423313086297117_nTEJ नारायण

Print Friendly

NO COMMENTS

Leave a Reply