नेपाली राजदूतावासद्वारा साउदीको पुर्वी क्षेत्रमा अन्तरकृया तथा सचेतना मुलक कार्यक्रम ।

0
53

४ मार्च, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

1

हिजो ०३ शुक्रवार, २०१७ नेपाली राजदूतावास रियादको आयोजनामा “नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल बिषयक सचेतना मुलक कार्यक्रम” सम्पन्न भएको छ । साउदी अरबको पुर्वी क्षेत्र दम्माम स्थित अलख्याम पार्टिप्यालेसमा सम्पन्न कार्यक्रम साउदी अरबको इतिहासमा दूतावासले गरेको पहिलो कार्यक्रम हो । नेपाली दूतावासका द्वितिय सचिव सन्तोष अधिकारी द्वारा संचालित कार्यक्रम नेपाली राजदूतावास रियादका का. बा. राजदूत आनन्द प्रसाद सर्माज्युको सभापतित्व तथा नेपालबाट साउदि अरब आउनु भएका बैदेशिक रोजगार सुचना तथा परामर्स केन्द्रका महाप्रबन्धक गेहेन्द्र राजभन्डारी र एनआएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानज्युको शुभकामना मन्तव्यसँगै कार्यक्रमका सभापति तथा का. बा. राजदूत आनन्द प्रसाद सर्माज्युद्वारा पहिलो खण्ड समापन गरिएको थियो ।

Group picture

दुइ चरणमा बिभाजित कार्यक्रमको प्रथम खण्डमा राष्ट्रियगानको सुमधुर धुनले हल गुन्जायमान भएको थियो भने रोजगारको सिलसिलामा राउदी अरब आइ ज्यान गुमाएका नेपालीहरूको स्मरण सहित २ मिनेट मौन धाराणा गरिएको थियो । प्रमुख अथिति तथा सभापतिद्वारा संयुक्तरूपमा दिप प्रज्वलन गरि औपचारी उद्घाटन गरिएको कार्यक्रममा नेपाली दूतावास रियादका श्रम सहचारी अम्बिका अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरि कार्यक्रमा प्रमुख अथिति तथा बैदेशिक रोजगार सुचना तथा परामर्स केन्द्रका महाप्रबन्धक गेहेन्द्र राजभन्डारी तथा एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानज्युको शुभकामना मन्तव्य सँगै कार्यक्रममा सभापति तथा का. बा. राजदूत आनन्द प्रसाद सर्माज्युद्वारा पहिलो खण्ड समापन गरिएको थियो ।

17093105_10208370963894845_182835630_o

कार्यक्रमको दोस्रो चरण अन्तर्गत नेपाली राजदुतावास रियादका श्रमसहचारी अम्बिका प्रसाद अधिकारीद्वारा श्रमिमक समस्या, कारक तत्वहरू र अपनाउनु पर्ने सावबधानि लगायतका अभिलेख सहितको प्रिजेन्टेसन प्रदसन गर्नु भएको थियो भने प्रथम सचिव बिजय कुमार राउतद्वारा जेलमा रहेका नेपालीहरूको स्थिति, जेल पर्ने कारणहरू, कामदारहरूको अधिकार र प्रकृया लगायत नेपाली घरेलु महिला कामदारका वारेमा प्रदसन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि द्वितिय सचिव बिपिन दुवाडीद्वारा स्वाथ्य समस्या, दुर्घटना, मृतकहरूका आकडा, क्षेतिपुर्ति तथा लास नेपाल पठाउने प्रकृया लगायतका बिषय बस्तुहरू बुंदागत रूपमा प्रदसन गर्नु भएको थियो भने अर्का द्वितिय सचिव भरत खनालले नेपाली राजदूतावास रियादद्वारा दिइने सेवा-सुबिधा तथा आवश्यक कागजात र प्रकृया लगायतका बिषयहरू प्रदसन गर्नुभएको थियो ।

17155725_1902536453365040_1543043254115335942_n

कार्यक्रमको अन्तिम चरणमा अन्तरकृया कार्यक्रम संचालन गरिएको थियो । हलमा उपस्थित अबीश गुरूङ, यज्ञ थापा, बिन्दे राज धिमाल आदि लगायतका अन्य पिडित नेपाली श्रमिकहरूले आ-आफ्ना समस्या तथा पिडा मौखित र लिखित रूपमा सुनाउदै उद्धार र समाधान गरिदिनु अनुरोध गरेका थिए । कार्यक्रममा एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी.ले कामदारहरूले करार बमोजिमको तलब पाउने सुनिश्चितता, म्यानपावरहरूको जिम्मेवारी बोध, न्याय, उद्धार र क्षेतिपूर्तिमा दूतावासको दृढता र पहल लगायतका बिषमा बोल्नु भएको थियो भने साझा मन्चका अन्तराष्ट्रिय अभियान्ता महेश श्रेष्ठले वैदेशिक रोजगारमा आएका नेपालीहरुको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय श्रम अदालतमा आवाज पुराउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनुपर्ने औल्याउनुभयो । त्यसैगरि एनसिसि साउदीका केन्द्रिय सदस्य उमेश भट्टराइले एनआरएनए साउदी अरबले नेपाली कादारहरूका उद्धार र पहलमा नेपाली राजदूतावासलाइ पुर्याउदै आएको सहयोगका बारेमा बोल्दै संस्थागत रूपमा दूतावास सम्म पुर्याइएका केशहरूको स्थिति अध्यावधिक गरिदिनु अनुरोध गर्नु भयो ।

16939344_1902536456698373_1251618970405234670_n

अन्तरकृया कार्यक्रमको अन्त्यमा श्रमसहचारी अम्बिका प्रसाद अधिकारीले पिडितहरूद्वारा बुझाइएका केशहरू अध्यान गर्ने बताउदै २/३ दिन भित्र पिडितहरूलाइ दूतावासमा सम्पर्क गर्न सुझाव दिनुभएको थियो भने कार्यक्रमा सभापति तथा का. बा. राजदूत आनन्द प्रसाद सर्माले साउदी अरबको पुर्वी क्षेत्रबाट सुरूवात गरीएको सचेतना मुलक कार्यक्रम भविष्यमा अन्य शहरहरूमा समेत चलाउदै लागिने जानकारी दिदै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने आयोजक कमिटि लगायत सहभागि बसैलाइ धन्यवाद सहित कार्यक्रमलाइ औपचारिक रूपमा समापन भएको घोषणा गर्नुभएको थियो ।

dharam 23 dharam 17141821_1211426195643784_1280152177_n 17141274_1211426222310448_1800143113_n 17140946_1211426255643778_2064889621_n 17124906_1211426252310445_1487780950_n 17121726_10208370959814743_391424497_o 17121704_10208370957934696_932029299_o 17121427_10208370951534536_1491435044_o 17106094_10208370959854744_1817718124_o 17101530_10208370951774542_1069427753_o 17098687_1211450108974726_2662137916306510482_n 17098613_1211449905641413_1687242992634994158_n 17098431_1211449788974758_35212509567736064_n 17093214_1211426372310433_60346182_o 17092790_10208370961014773_1950488985_o 17091353_10208370957494685_981917522_o 17091034_10208370953454584_1964182633_o 17022531_1902534116698607_8855579858429473365_n 17022450_1902534286698590_4525891606024187102_n 17022179_1902533900031962_6685253337999491344_n 17022028_1211449982308072_7529375364223531807_n 17021394_1902533886698630_5324322531014542829_n 16998837_1211449838974753_2526236798322415391_n 16998152_1211449845641419_1134947512295071722_n 16939472_1211449968974740_7878933682808655432_n 16864254_1211450225641381_4697932132275898607_n

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here