साउदि अरबमा २ जना नेपाली झुण्डिएर आत्महत्या ।

0
38

२८ जनवरी, २०१७

तेज थापा, साउदी अरब ।

रोजगारदाता कम्पनिले तलव सेवा सुबिधा नदिदा मानिसक पिडा सहन नसकि दुइ नेपाली कामदारहरूले साउदी अरबको पश्चिम क्षेत्र जेध्दामा आत्महत्या गरेका छन् । सुन्दर भविष्यको सपना सजाउदै खाडिमूलक पस्ने बेरोजगार नेपालीहरूको संख्या दिनानु बढ्दो छ भने ति सपनाहरू सकार हुन नसक्दा मानसिक चिन्ता लगायतका कारणहरूले अकालमा ज्यान गुमाइ दिनानु काठको बाकसमा लास फर्कने क्रम रोकिएको छैन ।

अलहार्वि कन्ट्याक्टिङ कम्पनि जेद्धमा कार्यरत नेपालको सिन्धुलि घर भएका जगत बहादुर आले मगर गत हप्ता मात्र घाटिमा पासो लगाइ आत्महत्या गरेको ताज घटाना सेलाउन नपाउदै सोही कम्पनिमा कार्यरत बागलुङका दल बहादुर राना मगरले सोही शैलिमा बिहिबार आत्महत्या गरेका छन् ।

घटनाको सुचना प्राप्त भएसँगै जेध्दा क्षेत्रमा कृयासिल एनआरएनए कर्मीहरू एनिसिसि उपाध्यक्ष ध्रुव कुमार रिजाल, आरिसिसि जेद्धाका क्षेत्रिय अध्यक्ष भिम गुरूङ, उपाध्यक्ष बेद गुरुङ, सहसचिव राज कुमार गिरी, तथा महाबाणिज्यदूतावास जेध्दाका का.बा. महाबाणिज्यदूत रेवती रमण पौडेलज्यु र श्रम सहचारी भोजराज घिमिरे लगायतको संयुक्त टोली घटना स्थलमा पुगी घटनाको बास्तविक जानकारी हासिल गरेको छ ।

एनसिसि साउदी अरबका उपाध्यक्ष ध्रुब कुमार रिजालले दिनुभएको जानकारी अनुसार पछिल्लो घटना बिहीबार लगभग ५ बजे भएको र घटनाको प्रमुख कारण मानसिक तनाव देखिन्छ । आत्महत्या गर्नु पुर्व घरमा (नेपाल) परिवार संग फोनमा झै झगडा भएको र केहि समय पछि आफु सुत्ने दुइ तल्ले बेडको डण्डीमा पासो लागाई झुण्डिएको अवस्थामा भेटिएको रिजालले बताउनु भयो ।

करिव ४५ जना नेपालीहरु कादारहरू रहेको रोजगारदाता कम्पनिले बिगत १३ /१४ महिना देखि मासिक तलब नदिएको र पछिल्लो ३ महिना देखि खानका लागी दिने गरेको रकम समेत रोकिदिएकोले कामदारहरूको अवस्था दयनिय हुदै गइरहेको छ । स्थलगत अनुगमन टोलिले दिएको जानकारी अनुसार कामदारहरूले तलव सेवा सुबिधा नपाए पछि मुद्दा अदालतमा दिएको र अदालतको फैसला अनुसार सबै कामदारहरुलाई ३ किस्ता गरि बकौता रकम दिने फैसला गरेको छ, जस अनुरुप पहिलो किस्ता फेब्रुअरी ५ तारिक भित्र १० जनालाइ, दोस्रो ३२ जना र बाकी तेस्रो पटक गरि सबै कादारहरु लाई घर पठाउने भन्ने फैसला सुनाएको छ ।

का.बा. महाबाणिज्यदूत रेवती रमण पौडेलले अदालले गरेको फैसला कार्यन्वयन भए-नभएको अनुगमन गर्न सम्भव भएसम्म प्रत्यक हप्ता सो क्याम्पमा भेट्ने आश्वान दिनुभएको सोहि कम्पनिमा कार्यरत नेपाली कमदारले बताए । त्यसैगरि एनआरएनए कर्मी तथा महाबाणिज्यदूतावास टोलीले कम्पनिका कर्मचारी सैयद सँग भेट गरि मृतकको शव नेपाल पठाउन तत्काल प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here