जेद्धामा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रमले निरन्तरता पाउने ।

जेद्धामा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रमले निरन्तरता पाउने ।

२८ जनवरी, २०१७

तेज थापा, जेद्धा साउदी अरब ।

16265224_1378651975509336_5231533283612927525_n

बिभिन्न कारणवस साउदी अरबमा नेपाली कामदारहरूका समस्या  दिन प्रतिदिन बढ्दै जादा श्रममैत्रि संघ संस्थाहरू चिन्तित भएका छन् । समस्याको मुल चुरो, समाधानका पहल र रोकथाम लगायतका छलफलहरूलाइ घनिभुत रूपमा चलाउन आवश्यक ठानि साउदी अरबको पश्चिमि क्षेत्र जेद्धामा पुनः अन्तरकृया कार्यक्रमले निरन्तरता पाउदै छ । साउदी अरबमा श्रममैत्रि कार्यहरूमा अग्रपन्तिमा रहेको गैर आवासीय नेपाली संघ साउदी अरबले सम्बन्धित नियका र सरोकारवालहरूको ध्यान केन्द्रित गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिभिन्न कामहरू गर्दै आइरहेको छ ।

साउदी अरब भरि रहेका नेपाली कामदारले भोग्नु परेका समस्याहरूलाइ मध्यनजर गरि गत जनवरि ६ तारिख २०१७ शुक्रवार नेपाली महाबाणिज्य दूतावास जेद्धाको समुपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका दौरान नेपाली कामदारहरूका बिषयमा गम्भिर देखिनु भएका महाबाणिज्य दूतावास जेद्धाका का.बा. महाबाणिज्यदूत रेवति रमण पौडेलले छिट्टै एनआरएनए साउदी तथा नेपाली संघ-संस्थाहरूसँग समन्वय गरि समस्या समाधानका लागी छलफल र अभियान समेत चलाइने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

सो प्रतिबध्दतालाइ निरन्तरता दिदै यही आउदो फेब्रुअरि १० तारिख २०१७ शुक्रबारका दिन साउदीको जेद्धा स्थिति इण्डस्ट्रियल एरियामा अन्तरकृया कार्यक्रम तय गरिएको छ । नेपाली महाबाणिज्य दूतावास जेद्दाको आयोजना तथा गैर आवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समीतीको सहकार्यता र सह-आयोजनामा हुन गैरहेको श्रमिक समस्या र समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा पछिल्लो अवसस्थामा नेपाली श्रमिकहरू माझ बढ्दो समस्या र न्युनिकरणका उपाय नै पहिलो प्रथामिकतामा रहने एनआरएनए पश्चिम जेध्दा क्षेत्रका क्षेत्रिय अध्यक्ष भिम गुरूङले जानकारी दिनुभएको छ । त्यसैगरि कार्यक्रममा समस्या समाधान तथा निराकरणका लागि संस्थाले खेल्नु पर्ने भूमिका लगायतका बिषयमा पनि छलफल गरिने गुरूङले जानकारी दिनु भएकोछ । यसको अलावा स्वास्थ्य चिकीत्सक डा. बसरा लगायतको टोलीद्वारा अन्तरकृया कार्यक्रमका दौरान स्वास्थ्य सम्वन्धि जानकारि तथा जनचेता समेत दिइने पश्चिम क्षेत्र जेद्धाका समाचार सहकर्मी राज कुमार गिरीले जनाउनु भएको छ ।

Print Friendly

NO COMMENTS

Leave a Reply