साउदीमा माघेसंक्रान्तिको रमझम ।

साउदीमा माघेसंक्रान्तिको रमझम ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम ।

१५ जनवरी, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

बिश्वको जुनकुनै कुनामा रहेर पनि नेपालीहरू आफ्नो परम्परा, संस्कार, संस्कृति जगेर्ना गर्न लागि परेका हुन्छन् । पराइ भुमिमा श्रम बेचि रहदा चाड-पर्वहरूको अवसरमा नेपालीहरू एक-आपसमा भेटघाट तथा रमाइलो गरि प्रवास बसाइको पिडा भुल्न चाहान्छन् । गत शुक्रवार १३ जनवरी, २०१७ नेपाल मगर संघ प्रवास शाखा साउदी अरबले यस्तै अवसर जुराइ दिएर साउदी अरबमा रहेका नेपाली जनसमुदायलाइ मनोरन्जन सहित आफ्नो परम्परा र संस्कृति जागृति गर्ने पहल जारि राखेको छ । साउदी अरबमा कृयाशिल मगर समुदायहरूले माघेसंक्रान्तिलाइ बिशेष पर्बको रूपमा हरेक बर्ष माघ महिनामा यसरी नै रमाइलो भेटघाट कार्यक्रम आयोजना गरि मगर तथा गैर मगर नेपाली समुदायहरूलाइ मनोरन्जन प्रदान गर्दै आइ रहेकाछन् ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 6

नेपाली राज दुतावास रियाद साउदी अरबका का.वा. राजदुत आनन्द प्रसाद शर्माको प्रमुख अतिथ्य तथा नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका का.वा अध्यक्ष युबराज पुन को सभापतित्वमा साउदी अरबको दम्माम स्थित अल-खयाम रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको संयोजक संघका कोषाध्यक्ष खिम गर्बुजा मगरले गर्नु भएको थियो । कार्यक्रममा जनजाती महासंघ साउदी अरवका अध्यक्ष तथा मगर संघ शाखा साउदी अरवका प्रमुख सल्लाहकार समेत रहेका हुम सुनारी मगर बिशेष अथितिको रूपमा उपस्थि हुनुहुन्थ्यो भने नेपाली दुतावास पुर्व क्षेत्रका स्थानीय कर्मचारी हरी घिमिरे, एनआरएनए एनसिसि अध्यक्ष नारायण पासवान, जिफन्ट साउदी अरबका अध्यक्ष राज तामाङ, फ्रेन्ड्स अफ नेपाल साउदी अरबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ, समाजसेवी तुलसी गुरुङ, तमु धी,प्रबास शाखा साउदी अरबका अध्यक्ष खेम तमु, संरक्षक ओम घेले, राम गुरूङ, स्याङ्जा सहयोग समाजका अध्यक्ष मोहन बिएसके,एनए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ,प्रबासी नेपाली  मंचका बरिष्ठ उपाध्यक्ष परशु राम मिश्र, प्रबासी मंचका अध्यक्ष बिरेन्द्र कुमार चौधरी लगायत साउदीमा कृयाशिल नेपाली संघ सस्थाका प्रतिनिधि ज्युहरु कार्यक्रम अतिथिका रूपमा सहभागिता जनाउनु भएको थियो ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 2

बिभिन्न चरणमा बिभाजित कार्यक्रममा कार्यक्रमका संयोजक तथा नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका कोषाध्यक्ष खिम बहादुर गर्बुजा ज्युले स्वागत मन्तव्य दिनु भएको थियो । त्यसैगरि उपस्थित अतिथि, बिशेष अतिथि तथा प्रमुख अतिथिहरूले माघेसंक्रान्तिको अवसरमा शुभकामना सहितको मन्तब्य राख्नु भएको थियो भने गायक तिलक गुरुङ, गायक गायक जित थापा मगर, सुबास श्रेष्ठ, प्रेम तामाङ लगायत कलाकारहरुले गित संगित र आ-आफ्नो कलाहरू प्रस्तु गरि उपस्थित नेपाली जनसमुदायलाइ भरपुर्ण मनोरन्ज प्रदान गर्नुभएको थियो । त्यसैगरि आयोजक मगर संघले माघेसंक्रान्तिको अवसरमा नेपाली सेलरोटि, तरूल, बटुक लगायतका नेपाली घरेलु परिकारहरू समेत तयार गरि उपस्थित सम्पुर्णलाइ भोजन ग्रहण गराएको थियो ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 8 15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 7 15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 4 15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 3

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 5

 

Print Friendly

NO COMMENTS

Leave a Reply