भवन निर्माण कार्यले गति लिदै ।

0
68

१० डिसेम्बर, २०१६

तेज थापा, अलखोवर साउदी अरब ।nrna logo

गैरआवासी नेपाली संघ (एनआरएनए) साउदी द्वारा अनुदान सहयोग तथा स्थानिय बासिहरूको प्रत्यक्ष सहभागितामा श्री सिद्दार्थ मा. बि. जिनाबाङ रोल्पामा इ-लाइब्रेरी भवन निर्माण कार्य अघि बढेको छ । बिध्यालय ब्यवस्थापन समिति, शिक्षक-शिक्षिकाहरू, स्थानिय यूवा तथा समाज सेबिहरूको अगुवाइमा जिनाबाङ ३, घोप्टेओढार रोल्पामा सुबिधा सम्पन्न नमुना बिध्यालय स्थापन गर्ने लक्ष्य लिइको हो । नमुना बिध्यालय सुचना बिभाग प्रमुख के. बी. गुरूङका अनुसार लक्षित उदेश्य प्राप्तिका लागी बि.व्य.स. पञ्चबर्षे कार्ययोजना तयार गरि देश-बिदेशमा समेत अभियान तिब्रगतिमा बढाइएको छ ।

भुकुम्प पिडित तथा द्वन्द्व क्षेत्रका बालबालिकाहरुको शैक्षिक स्तर सुधार र ब्यबस्थापनमा टेवा पुराउने उदेश्यका साथ गैर आवासीय नेपाली संघ साउदी अरबले १०५,००० (दशलाख पचास हजार) रूपैया बरावरको लागतमा दुइ कोठे पक्कि भवन निर्माण गरि कम्प्युटर सामाग्रिहरू उपलव्ध गराउने चरणबध्द योजनाका पारित गरेको हो । पहिलो चरणको कार्ययोजना बमोजिम आगामी चैत्र मसान्त भित्र पूर्ण भुकम्प प्रतिरोधात्मक २ कोठे इ-लाइब्रेरी भवन निर्माण भै सक्नेछ भने बि. सं. २०७४ कार्तिक सम्म कम्प्युटर उपकरणहरू जडान गरि बिधिवत रूपमा उद्घाटन गरिने छ ।

srhc-hr-p0216120109190

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आप्रवासी नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी., गैर आवासीयन नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका महासचिव तेज बहादुर थापा, महिला संयोजक उषा के. सी. तथा एनआरएनए पुर्वी क्षेत्र क्षेत्रिय समितिका अध्यक्ष चन्द्रमणि भन्डारी लगायतको एक टोली गत २०७३ असोज ५ गते रोल्पा जिल्लाको जिनाबाङ पुगी बिधवत रूपमा इ-लाइब्रेरी भवन शिलान्यास गर्नु भएको थियो । वि.व्य.स. अक्ष्यक्ष तिलकराम ओलीको सभापतित्व तथा एनआरएनए आइसिसि FEMWWC संयोजक धरम के. सी. को प्रमुख अतिथ्य रहेको शिलान्यास समारोह कार्यक्रममा एनआरएनए साउदी अरबका प्रतिनिधि टोलीको अलावा जिल्ला शिक्षा कार्यलय रोल्पाका प्रतिनिधि तथा स्रोत व्यक्ती (आरपि) श्री शेर बहादुर डाँगी, नमुना बिद्यालय निर्माण अभियान संयोजक प्रेम बहादुर ओली, अक्षयकोष समितिका अध्यक्ष तोप बहादुर ओली, प्रधानाध्यापक गोर्ख ओली, अक्षयकोष समिति सदस्य कुल बहादुर ओली, स्थानीय राजनीतिदलका प्रतिनिधिहरु, पत्रकार तथा मिडिया कर्मीहरू, बिद्यालका शिक्षक-शिक्षिकाहरु, स्थानीय स्तरका अभिभाबक तथा महिला आमासमुह र बिद्यार्थीहरुको प्रत्यक्ष उपस्थिति रहेको थियो । शिक्षक तेजेन्द्र गिरिद्वारा संचालन गरिएको शिलान्यास कार्यक्रमका दौरान एनआरएन साउदीको तर्फबाट एनसिसि अध्यक्ष नारायण पासवान र महासचिव तेज बहादुत थापा तथा विद्यालयको तर्फबाट अभियान संयोजक प्रेम बहादुर ओली, बिब्यस अध्यक्ष तिलकराम ओली र प्रधानाध्यापक गोर्ख बहादुर ओलीको संयुक्त हस्ताक्षरित भवन निर्माण सम्झौता पत्रको प्रतिलिपि हस्तान्तरण गरिएको थियो ।

http://siddharthaschooljinabang.com/2016/09/22/shilaanyas/

लक्षित कार्ययोजना सम्पन्न भै इ-लाइब्रेरि संचालनमा आउन सकेमा घोप्टेओढार ३, जिनाबाङ रोल्पमा आधुनिक नमुना बिध्यालय स्थापना गर्ने बाटो खुल्ने छ भने जिनाबाङ लगायत आसपास गा.बि.स.का बिध्यार्थिहरू कम्प्युटर शिक्षासँग जोडिदै सुनौलो भविष्य कोर्ने अवसर प्राप्त हुने नमुना बिध्यालय अभियान्ता तथा स्थानिय शिक्षकहरूको अनुमान रहेको छ ।

srhc-hr-p0216120109190srhc-hr-p0216120121340_0001srhc-hr-p0216120121340_0002-new

school-areasilanyassamjhauta dharam aama 14446035_10207075526589722_7796261767572926720_n 14433141_10207075530989832_8762030297307802743_n 14368891_10207073198891531_1082071376960811435_n 14359055_10207075522109610_8713113908948539639_n 14358832_10207075543150136_2016232369769999167_n 14344951_10207075521229588_6035263174651802848_n 14344805_10207073193531397_7259068627005972627_n 14333220_10207073197891506_5834023852036376913_nchandra

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here