प्रेस बिज्ञप्ती – ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’

प्रेस बिज्ञप्ती – ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’

बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आइपुगेका कुशादेबी–२, घिमिरेगाउँ काभ्रेका रामचन्द्र तिमिल्सनालाई सवारि साधन दुर्घटनामा परि सोही कम्पनिमा कार्यरत पाकिस्तानी सहकर्मी मारिएको अभियोगमा हाल साउदी अरब स्थिति हायल जेलमा बन्दि जिवन बितारहेको जानकारी गैर आवासीय नेपाली संघ साउदी अरबलाइ प्राप्त भएसँगै गत १५ जुलार्इ, २०१६ एनसिसि साउदी अरबको तेस्रो आकास्मिक साइवर कन्फ्रेन्स बैठक बसी सम्बन्धित निकाय र सरोकारवालहरूसँग घटनाको बास्तविक सत्य-तथ्य जानकारी हासिलका लागि संस्थागत पत्रचार गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित निकाय र सरोकारवालहरूबाट प्राप्त सुचना र प्रमाणहरूको आधारमा हिजो ५ अगष्ट, २०१६ का दिन पुनः एनसिसि साउदी अरबको आकास्मिक साइवर कन्फ्रेन्स बैठक बसी संस्थागत रूपमा ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’ चलाउने निर्णय गरेको छ । साथै साउदि अरबको कानुन बिपरित मादक पदार्थको सेवन गरी सवारी साधन चलाउनु नितान्त गलत कार्य भएको र साउदि अरबमा मादक पदार्थ अल्कोहल सेवन, बिक्री बितरण समेत पूर्ण प्रतिबन्धित रहेकाले, यस्तो गल्ती यहाँ रहेका कुनै पनि नेपालीहरूले नगर्नुहुन र नगर्न संस्थागत सचेतना र कानूनी चेतावनी प्रभाह गर्ने समेत निर्णय गरेको छ भने अभियानलाइ प्रभावकारी रूपमा अघि बढाउन अन्तराष्ट्रिय सहजकर्ता र राष्ट्रिय सहजकर्ता टोलि गरि दुइ समितिहरू गठन गरिएकोछ । गठित समितिले एनआरएनएको बिश्व सञ्जाल आइसिसि, एनसिसि साउदी अरब माताहातका क्षेत्रिय र स्थानिय समितिहरू लगायत साउदी अरबमा रहेका बिभिन्न नेपाली संघ संस्थाहरू र समाज सेवीहरू लाइ समेत सहयोगका लागि अपिल गर्दै अभियान यही अगस्ट महिनाको अन्त्यसम्म मात्र संचालन गर्नेछ । सो अवधि भित्र गठित समिति संयोजकहरूको खाता नं (Dharam Bahadur K.C., Riyad Bank, Account No.: 3090342189940) वा (Narayan Paswan, NCB Bank, Account No.: 02249102000107) मा जम्मा भएको रकम नेपाली राजदूतावास रियादलाइ एकमुष्ट हस्तास्तरण गरिने छ ।

गैर आबासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, साउदि अरब

मितिः ०६ अगस्ट, २०१६

Presh Bigyapti-letterhead-page-001

Print Friendly

NO COMMENTS

Leave a Reply