प्रेस बिज्ञप्ती-शुद्ध सुन लान लगाइएको प्रतिबन्ध खारेज गरियोस

प्रेस बिज्ञप्ती-शुद्ध सुन लान लगाइएको प्रतिबन्ध खारेज गरियोस

नेपाल सरकारले आगामी साउन १ गते (२०७३) देखि बैदेशिक रोजगारबाट फर्किने नेपाली कामदारहरूले बढीमा ५० ग्राम सम्मको शुद्ध (9999) सुन लान पाउने सुविधा खोस्दै, त्यसमा प्रतिबन्ध लगाउने र बिदेशमा बनेका गहना मात्र लान दिने निर्णयप्रति गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब आफ्नो अवधारणा निम्नानुसरा प्रष्टाउदै गर्दै यो नयां नियम तत्काल खारेज गर्न माग गर्दछ ।

यस्तो माग गर्नुपर्ने कारणहरू यस प्रकार छनः

१) हरेक कामदारहरूले आफ्नो आर्जन के मा उपयोग गर्ने भन्ने पूर्ण अधिकार राख्छन्, यसमा कुनैपनि बाधा, प्रतिबन्ध या सिमा तोक्नु श्रमिक अधिकार हनन गर्नु हो ।

२) देशलार्इ हर संकटबाट जोगाउंदै मुलुकको अर्थतन्त्रका प्रमुख स्टेक होल्डर बन्दै आएका हामी श्रमजिबी प्रबासी नेपाली कामदारहरूका सुविधा बढाउंदै जानुपर्नेमा उल्टो पाइरहेको सुविधा समेत खोस्नु, नाजायज, अन्याय र ज्यादति हो, यो आपत्तिजनक र असैह्य छ ।

३) बिदेशमा कांचो सुन किन्दा सुपथ (किफायति), ज्याला रहित शुद्ध (99.99%) पाइन्छ, जसलार्इ स्वदेश पुगेपछि बिना कुनै नोक्सानी नेपाली कालिगढहरूबाटै आफ्ना परिवारजन जो बर्षौदेखि यही आशा र सपना सजाएर बसेका हुन्छन, का रूची र रोजार्इ बमोजिमका गहना तयार हुनसक्छन ।

४) गहना मात्र ल्याउन दिने नियम गलत किन छ भने यसबाट हामी कामदारहरूले ज्याला, जर्ति ब्यहोर्दै बढी खर्चमा पर्छौं, बिक्रेता बिदेशमा र प्रयोगकर्ता नेपालमा हुनेहुदा वारन्टी र फिर्ता या साटफेरको कुनै अर्थ र गुञ्जायस नै रहंदैन र हाम्रो नेपालको मौलिक भेषभुषा, श्रृंगार, परम्परा र रूची बमोजिमका गहना बिदेशमा नपाइने हुंदा अर्को खर्च ब्यहोर्नुपर्ने बाद्यता हुने ।

५) कांचो (शुद्ध) सुनलार्इ बेचेर या बैंकमा धितो राखेर पनि आफ्नो गर्जो टार्न सकिने, गहना पनि बेच्न या धितो राख्न सकिने तर क्रेता या बैंकहरूले गहनाको मूल्यांकन कम गर्ने, जर्ति मार्जिन धेरै काट्ने ।

६) यस निर्णयको नेपाल सुन चांदी ब्यवसायी संघले समेत बिरोध गरेको, प्रधानमन्त्रीज्युले समेत “बजेटमा नआएको बिषय” भन्दै अनभिज्ञता, आश्चर्य र प्रारम्भिक बिमति राखेको अवस्था ।

७) बजेटमा प्रस्तावित नभएकै कारण संसदमा समेत कुनै छलफल नभएको, तिसौं लाख प्रबासी नेपालीहरूको हक, हित र सुविधासंग प्रत्यक्ष सरोकार राख्ने यस बिषयमा सरकारका कर्मचारीबाट जबर्जस्ती नियम लादिनु गणतान्त्रिक मुलुककै उपहास भएको, सम्बन्धित सरोकारवाला पक्षसंग कुनै सम्वाद र छलफल नै नगरी नागरिक अधिकारमाथि खेलवाड, जबर्जस्ती र एकात्मक तानाशाही लादिएको ।

जहांसम्म सुन तस्करी रोक्न यसो गरिएको भन्ने सवाल छ, यसमा हाम्रो धारणा र प्रतिबद्धता यसप्रकार राख्दछौः

क) सुनको कारोबार अन्तराष्ट्रिय स्तरमै हुन्छ, यो अन्तराष्ट्रिय उत्पादन नै हो, नेपालले सुनको अन्तराष्ट्रिय मूल्य र नेपालको मूल्यको अन्तर कम गरी सुन तस्करीलार्इ दुरूत्साहित गर्नसक्छ, बिदेशमा बसेको अवधि हेरी कांचो सुन ल्याउन पाउने परिमाणमा हेरफेर गर्नसक्छ ।

ख) सुन तस्करीको मुख्य द्वार त्रिभुवन बिमानस्थल र बेचबिखन तथा तस्करहरूसंग लेनदेन हुने भनिएको बसपार्क क्षेत्रमा नेपाल प्रहरी र अनुसन्धानका कर्मचारीहरू परिचालन गरी तस्करीमा संलग्नहरूको पहिचान, पक्राउ र कार्बाही समेत गर्नसक्छ ।

ग) गैर आवासीय नेपाली संघले प्रबासमा कृयाशिल सबै सुन तस्कर तथा तिनका भरिया बन्ने नेपाली कामदारहरूको निगरानी, खोजतलास र अवलोकन गरी प्राप्त सत्य तथ्य सूचना प्रमाण सहित नेपाल सरकारका सम्बन्धित निकायलार्इ उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दछ । त्यस्ता तस्करहरू जो कोही भएपनि उजागर गर्ने, सामाजिक बहिस्कार गर्ने र कानूनी कार्बाहीका लागि नेपाली दूतावास मार्फत नेपाल सरकारमा उजुरी समेत गर्न तयार छ ।

घ) यति मात्र हैन, एनआरएनए साउदी अरब मुद्राका तस्कर (हुण्डीवाला) र मानव तस्कर (अबैध र अनियमित ढंगमा म्यानपावर ब्यवसाय गर्ने) सबैको पहिचान गरी कार्बाहीका लागि सप्रमाण उजुरी तथा सिफारिस गर्नपनि तयार रहेको ब्यहोरा सार्वजनिक रूपमै जाहेर गर्दछौं ।

 

गैर आबासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, साउदि अरब

मितिः ०९ जुलार्इ, २०१६

For Nepal Government-page-001 For Nepal Government-page-002 For Nepal Government-page-003

Print Friendly

NO COMMENTS

Leave a Reply