मेरो आस्था, एनआरएनए

0
59

shop_stickers_hands_with_lotus_flower_sticker

सम्झि मुटु पोलिरहन्छ परदेशिनुको बाध्यता

निदाउन दिदैनन् सपनाहरु

दासताको पीडाहरूले भोकाउन दिदैनन्

 

छिया छिया मन सम्झिरहन्छ

आफ्नै माटोमा झार्न पाए पो फुल्ने थियो पसिना पनि

” नेपालीको लागि नेपाली ” मूल मन्त्र आत्मसाथ गरि

 

दानबिर, कर्मठ र पौरखी पहिचान चाहन्छु

धन हुनेको मन होस अनि मन हुनेको धन

मलाई अहम छैन संसार बदल्नु छ

 

सुरुवात आफैबाट गरि

पूर्व आकाशमा लाली छरि म आउँदैछु

श्रमिकहरूको पिडामा मलम लगाउदै

देश बिकासको सहयात्री एनआरएनए भएर ।।

 

ओम प्रसाद फ़ुयाल

हेटौड़ा, हाल साउदी अरब

nrna_logo

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here