नेपाली राजदूतावास रियाद र एनआरएनएद्वारा पीडित नेपाली चेलीको उद्धारमा सहकार्य:

नेपाली राजदूतावास रियाद र एनआरएनएद्वारा पीडित नेपाली चेलीको उद्धारमा सहकार्य:

13153426_10206173312354930_661346649_n

७ मे, २०१६ साउदी अरब ।

चारबर्ष अघि दाङ तुल्सिपुर नगरपालिका ३, कि हरिकला परियारलाई नेपाली दलालबाट पहिले काठमाडौं बिमानस्थलबाटै साउदि पठाउन खोजिएको तर नमिले पछि तिनै दलालबाट भारतको मुम्बई र दिल्लीबाट पठाउने प्रयास असफल भएपछि अन्तत: कलकत्ताबाट साउदी अरबको रियाद आइपुगेकि हरिकला साउदीको घरमा ३ महिना भन्दा बढि टिक्न सकिनन् । तत्पश्चात उनको कफिल )मालिक(ले नै पुर्वि प्रान्त कतिफ बैनिको घरमा काम गर्न पठायो त्यहाँ पनि हरिकला राम्ररि खान र तलव नपाई उल्टै कुटपिट बेहोर्न बाध्य भइन र ६ महिना अघि कतिफ मै आफन्तजनको रेखदेख र व्यवस्थापनमा रहन पुगेकि थिईन ।

त्यसरि अलपत्र रहेकै अवस्थामा एनआरएनए साउदीका पदाधिकारी तथा ICC FEMWWC संयोजकको सम्पर्कमा आए पछि ICC FEMWW संयोजकसम्मेलित एनआरएनए साउदिको एक टोलिले हिजो निजको उध्दार गर्दै कतिफबाट रियाद स्थित नेपाली राजदुतावासमा बुझाएको छ ।

साउदीको घरबाट भाग्ने हरेक पीडित नेपाली घरेलु महिला कामदारहरुको स्वदेश फिर्तीको यहि मात्रै सुरक्षित बाटो र प्रक्रिया हो ।

Print Friendly

NO COMMENTS

Leave a Reply