बागमती सरसफाई जनचेतना अभियान

बागमती सरसफाई जनचेतना अभियान

काठमाण्डौ
सन् २०१३ फेब्रुअरी ९ शनिवारका दिन बागमती सरसफाई अभियान अन्तर्गत ‘बागमती नदीको पवित्रता, २०१३ को हाम्रो प्रतिबद्धता’ विषयक जनसचेतना मूलक कार्यक्रम गुज्हेश्वरीमा सम्पन्न भयो । सो कार्यक्रम अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समिति तथा फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र संग सहकार्य गर्दै ग्लोवल पीस एशोसिएसन र राष्ट्रिय समन्वय परिषद युएसएको संयुक्त आयोजनामा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटा हुनुहन्थ्यो भने कार्यक्रमको सभापतित्व पशुपति विकास क्षेत्र कोषका सदस्य सचिवले गर्नु भएको थियो । यसै गरी अतिथिहरुमा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक गजेन्द्र ठाकुर, फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक, विश्व हिन्दु परिषदका अध्यक्ष दामोदर गौंतम, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामेश्वर शाह र एनसिसि युएसएका अध्यक्ष प्रल्हाद केसीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुमा यस सभाका प्रमुख अतिथि, सभापति र अतिथिहरुले गुज्हेश्वरी स्थित बागमती नदीमा पसेर फोहरहरु सफा गर्नु भएको थियो । कार्यममा सबै जसो वक्ताहरुले बागमती नदीलाई कसरी स्वच्छ, सफा र यसको सुन्दरतालाई कायम राख्नको लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने बारे बताउनु भएको थियो । यस कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरुले बागमती नदिलाई विभिन्न भागहरुमा विभाजन गरी नेपाल सरकार र गैरसरकारी निकायहरुबाट सरसफाईका विभिन्न पहलहरु भैरहेको जानकारी दिनु भयो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामेश्वर शाहले यस्तो पुन्य कामको लागि गैरआवासीय नेपाली सघको तर्फबाट सदैव सहयोग रहने कुरा बताउनु भयो । यसैगरी एनसिसि युएसएका अध्यक्ष प्रल्हाद केसीले बागमित नदिलाई सफा र स्वच्छ राख्नको लागि एनसिसि युएसले सहयोग र सहकार्य गरेको र भविष्यमा पनि सहयोग गर्ने बताउनु भयो । सो कार्यक्रममा विभिन्न कलेजका छात्र छात्राहरु र स्थानियबासीको उपस्थिति रहेको थियो ।

Print Friendly

NO COMMENTS

Leave a Reply