महिलाहिंसा विरुद्ध आमजनताको अभियानमा महिला फोरम गैरआवासीय नेपाली संघको सकृय सहभागिता

0
16

                  आज सन् २०१३ जनवरी २५ शुक्रबा, काठमाडौंको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्ध धर्ना कार्यक्रमको आज भएको विशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला फोरमको एक्यबद्धता र समर्थन जनाउन सहभागीता रहेको छ । सो धर्ना कार्यक्रममा महिला फोरम संयोजक रंजु थापाले त्यहाँ सहभागी भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग कुरा गर्दै नेपालमा दिन प्रतिदिन महिला हिंसामा वृद्धि भईरहेकोमा चिंता व्यक्त गर्दै सबै जना मिलेर यसको समाधान गर्नु पर्ने बताउनु भयो । उहाँले गैरआवसीय नेपाली संघ महिला फोरम महिला हिंसाविरुद्धको अभिवानमा र महिलाहरु हितको कार्यको लागि सहयोग गर्ने सदा तत्पर रहने जानकारी दिनु भयो । उहाँले आजको महिला हिंसा विरुद्धको धर्ना कार्यक्रममा आएर एक्यबद्धता जनाई दिनु भएकोमा गैरआवासीय नेपाली संघका महासचिब तेञ्जी शेर्पा र सल्लाहकार डा. जुगल भूर्तेलका साथै महिला फोरमको ब्यानरमा सहभागीता जनाइ दिनु भएकोमा पौरखीका अध्यक्ष मंजु गुरुङ्ग, महिला उद्यमी मंचका पूर्व अध्यक्ष प्रमिला रिजालका साथै प्रथम समावेशी महिला सगरमाथा आरोहण दलका सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here