NRN साउदी

nrna logo

१९ जुन, २०१७

जेद्धा, साउदी अरब ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब मातहात रहेको पश्चिम जेद्धा क्षेत्रिय समन्वय समितिको चौंथो सधारण सभा तप्सिलको मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित क्षेत्रका पन्जिकृत एनआरएनएहरूलाइ उपस्थित भै अधिवेशन सफल बनाउनुहुन अनुरोध सहित यो सुचना जारी गरिन्छ । साथै संघको बिभिन्न तहमा आबध्द पदाधिकारीहरूलाइ समेत उक्त कार्यक्रमा गरिमामय उपस्थित जनाइ शोभा बढाइदिनुहुन अनुरोध छ ।

मितिः १४ जुलाइ शुक्रवार, २०१७

समयः बिहान १० बजेदेखी

स्थानः Alsharafia Dist – Muhammad bin Abdulwahab Street

पुनश्चः अधिबेशनको दौरान स्वास्थ्य सम्बन्धि सचेतना (health awareness campaign) कार्यक्रम समेत आयोजना गरिनेछ ।

थप जानकारीका लागीः 00966505910744 तथा 00966561494939

nrna logo

१९ जुन, २०१७

मनोज बराल, ताबुक साउदी अरब ।
गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती ताबुकले मुस्लिम ध्रर्मालम्विहरूको महान चाड इद पर्वको छुट्टिलाइ समदुपयोग गरि ताबुक वरपरका स्थानहरूमा स्थलगत भ्रमण तथा बनभोज कार्यक्रम गर्ने भएको छ । विगत वर्षको इदमा जस्तै यो वर्ष पनि संस्थका जिम्मेवार पदाधिकारिहरू तयारीमा जुटिरहेका र भ्रमण जुन २५ तारिक ताबुकको मस्ना लगायत विभिन्न स्थानहरूको अवलोकन गरि सर्मामा पुगेर बनभोज कार्यक्रम हुने ताबुकबाट क्षेत्रिय सचिवले जानकारी दिनुभएको छ । साथै उक्त कार्यक्रममा सहभागी हुन चाहाने महानुभावहरुले तपसिलका नम्बरहरूमा सम्पर्क गरि थप जानकारी हासिल गर्न सकिनेछः

अर्जुन थापा 0544994328, बद्री बिमली 0543980255 तथा भक्त हमाल 0594200189

Group Photo at NEKSA 9Jun17

९ जुन, २०१७

तेज थापा, रियाद साउदी अरब ।

साउदी अरबमा नव आगन्तुक राजदूत महामहिम प्रा. डा. महेन्द्र प्रसाद सिंहलार्इ आज वहांकै कार्यकक्षमा पुगी एनआरएनए साउदी अरबले हार्दिक स्वागत गरेको छ । अध्यक्ष नारायण पासवान सहित महासचिव तेज थापा, सचिव बिशाल श्रेष्ठ, सदस्य द्वय जोन अर्याल र योगेन श्रेष्ठ, पुर्बी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, अल कासिम क्षेत्रका युवा संयोजक राज कुमार श्रेष्ठ, प्रवक्ता कृष्ण अधिकारी र सदस्य गिरिधारी खनालका साथै एनआएनएको यस टोलीमा एनसिसी साउदीका प्रमुख सल्लाहकार डोर बहादुर कार्की र आइसिसीको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिका संयोजक धरम के.सी. पनि सरिक हुनुहुन्थ्यो भने दूतावासका नियोग उप प्रमुख आनन्द शर्मा, श्रम सहचारी अम्बिका अधिकारी र द्वीतिय सचिव बिपिन दबाडी पनि सरिक हुनुभएको थियो ।

एनसिसी साउदी अरबका अध्यक्षले झण्डै २ बर्षको अन्तरालमा निकै प्रबुद्ध ब्यक्तित्वलार्इ राजदूतका रूपमा पाउंदा सिंगो संस्था निकै हर्षित र उत्साहित भएको बताउदै साउदी अरबमा मुख्य समस्या भनेकै म्यानपावर एजेन्सी र तिनका एजेन्टहरूबाट कामदारहरूलार्इ साउदी अरबको यथार्थ नबतार्इ झुठो जानकारी तथा प्रलोभनमा पार्दा तथा रोजगारदाताहरूसंग सिधा डिल नगरी बिचौलिया, कमिशन एजेन्टहरूसंग भिषा खरिद गर्दा हुने गरेको र साउदीमै धन्दारत नेपाली समेतले कमिशनकै लागि नेपाली कामदार भगाउने र शुरूका केही महिना तलब दिएर पछि तलबै नदिर्इ ठगेर अलपत्र पार्नेहरूबाट समस्या थप जटिल हुने गरेको धरातलिय यथार्थ महामहिम राजदूतलार्इ अवगत गराउंदै समस्याको दीर्घकालिन र स्थार्इ समाधानका लागि यस्तो दलाली र कमिशनखोरीको समूल अन्त जरूरी भएको बताउनुभएको थियो । अध्यक्ष पासवानले एनसिसी साउदी अरबमा रहेका बिभिन्न कोषहरूबारे राजदूतलार्इ जानकारी गराउंदै बिगत देखि नै संघले साउदी अरबमा गर्दै आएका बिभिन्न श्रमिक सेवा, उद्धार तथा न्यायिक उपचारका लागि दूतावाससंगको सहकार्य र पहलकदमीबारे पनि जानकारी दिनुभयो । अन्तमा एनसिसी साउदीको राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर २ मा दमाम हुन लागेको अग्रिम जानकारी साथै आसन्न क्षेत्रिय समिति रियादको अधिवेशनको निमन्त्रणा समेत दिनुभएको थियो ।

First meeting with New Ambassador

यसै अवसरमा आइसिसीको FEMWWC टास्क फोर्सका संयोजक धरम के.सी.ले पनि राजदूतज्युको स्वागत गर्दै कार्यदलले एनसिसी साउदी संगको सहयोग र सहकार्यमा साउदी अरबका कतिफ, खोबर र जेद्धामा सन २०१६ मा गरिएका स्थलगत श्रमिक सर्वेक्षण तथा पछिल्लो समयमा पीडित कामदारहरूको न्याय, उद्धार र क्षतिपूर्तिका लागि कार्यदलकै बिशेष पहलमा थालिएका केही पाइलट केशहरूको अद्यावधिक अवस्थाबारेको प्रतिवेदन समेत पेश गर्दै नयां राजदूतज्युलार्इ एक पत्र नै बुझाउनुभएको छ जुन यसप्रकार छः

——————————————————————————————–

९ जुन २०१७

नेपाली दूतावास

रियाद, साउदी अरब

बिषयः साउदी अरबमा नेपाली श्रमिकहरूको अवस्था र वश्यक कुटनैतिक पहल

महामहिम राजदूतज्यु,

हामी ५-६ लाख नेपाली श्रमिकहरूले कर्मभूमिका रूपमा रोजेको साउदी अरबमा उच्चस्तरिय प्राज्ञिक ब्यक्तित्वलार्इ हाम्रो साझा अभिभावकका रूपमा पाउंदा हामी बिशेष खुशी छौ, हार्दिक स्वागत गर्दछौ ।

गैर आवासीय नेपाली संघ बिश्वभरी नै आप्रबासी नेपाली श्रमिक समुदायमा पनि सहयोगी साझा संस्थाका रूपमा सुपरिचित छ । साउदी अरबमा पनि यहांको राष्ट्रिय समन्वय परिषद (एनसिसी)ले नेपाली दूतावास रियाद तथा महाबाणिज्यदूतावास जेद्धासंग हातेमालो गर्दै दूतावासको सहयोगी बन्दै श्रमिक समस्या समाधान तथा भैपरि आउने सेवा स्वयमसेवकका रूपमा निशुल्क प्रदान गर्दै आएको छ ।

संघको अन्तराष्ट्रिय समन्वय परिषद मातहतको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिले एनसिसी साउदी अरब संगको सहकार्य र सहयोगमा २०१६ मा स्थलगत रूपमा गरेको श्रमिक सर्वेक्षण तथा तदुपरान्त कार्यदलकै पहलमा थालिएको पीडित कामदारहरूको न्यायिक उपचारका क्रममा समेत साउदी अरबमा र समग्रमा बैदेशिक रोजगारमै अझैपनि केही ठूलै र जटिल समस्याहरू अद्यापी रहिरहेको सुस्पष्ट देखिएको छ । महामहिमज्युको जानकारी तथा अावश्यक रचनात्मक सुधारात्मक पहलको अपेक्षा राख्दै उक्त सर्वेक्षण प्रतिवेदन तथा पाइलट केशका रूपमा लिइएका केही उजुरीहरूको ताजा अद्यावधिक रिपोर्टले महामहिमज्युको स्वागत गर्न पाउनुलार्इ हामीले एउटा सुसंयोग मानेका छौ ।

समस्या संक्षेपमा यिनै हुन, छनः

  • बिना रसिद चर्को शुल्क (खर्च) तिर्नुपर्ने बिवशता
  • तलब नपाउनु, घर फर्किन नपाउनु, न्याय र क्षतिपूर्ति नपाउनु
  • कमजोर कानून, फितलो कार्यान्वयन, दरिलो दण्डहिनता

महामहिमज्युको कार्यकालमा उपरोक्त समस्याहरू निराकरण भएको हेर्न पाउं, हामी सदैब सहयोगीका रूपमा रहिरहनेछौ।

धरम के.सी.

संयोजक

बैदेशिक रोजगार तथा अाप्रबासी कामदार कल्याण समिति (FEMWWC)

गैर अावासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC)

———————————————————————————————————————-

Handing over letter to New Ambassador to KSA

सर्वेक्षणमा पाइएका मुख्य तथ्यांक तथा बिवरणहरूको सारांश यसै साथ संलग्न छन । कतिफ तारूतबाट ५३ जना, खोबरबाट १३ जना र जेद्धाबाट १४ जना सहभागी रहेको यस स्थलगत सर्वेक्षण राम्ररी सञ्चालन भैरहेका सुस्थापित कम्पनीहरूमा गरिएकाले अधिकांशको काम तथा तलब फरक नपरेको परन्तु धेरैले बृत्ती बिकास गर्दै अदक्षबाट दक्ष बन्दै हाल तलबमा समेत बढोत्तरी गरेको देखिएको छ भने अर्कोतिर सन २००२ मा मात्र रू. ७,००० तिरेर साउदी आएको तथ्य भेटियो भने सन २०१६ मा रू. १,५०,००० तिरेर साउदी आउने कामदार पनि भेटिएका छन । बिगतमा केहीले रू. ६०,००० सम्मको रसिद पाउने गरेकोमा हाल रू. १,५०,००० तिर्नेले समेत रसिद नै नपाएको तितो तथ्य सुस्पष्ट भएको छ । जबकि पछिल्ला केही बर्षमा नेपाल सरकारले फ्रि भिषा फ्रि टिकट भन्दै बैदेशिक रोजगारलार्इ निशुल्क बनाउने निर्णय गरेता पनि यो निर्णय साउदी अरबमा लागू नभएको परन्तु कामदारहरूको क्षतिपूर्तिको अधिकार नै खोसिएको मार्मिक बिडम्बना ब्याप्त छ ।

Survey - Jeddah Survey - Khobar Survey - Qatif -2 Survey - Qatif-1

Status of Cases lodged at DoFE 8Jun17

नयां राजदूतज्युसंगको पहिलो स्वागत भेटमै पनि एनसिसी सचिव बिशाल श्रेष्ठले अलकासिमका पीडित कामदारहरूका केही केशहरू तथा सदस्य जोन अर्यालले दमाममा एनआरएनए साउदीले सञ्चालन गर्दै आएको सेल्टर तथा त्यहांको दलाली र कमिशनखोरी बारे दूतावासको ध्यानाकर्षण गर्नुभएको थियो भने महा सचिव तेज थापाले सोही सेल्टरको निरन्तरता तथा सो को बैधता र सरकारी सम्मतीका लागि दूतावासको निर्णयबारे जिज्ञासा राख्नुभएको थियो ।

अभिब्यक्त बिचार, जानकारी, सुझाव तथा मागलार्इ सधन्यवाद ग्रहण गर्दै महामहिम राजदूत डा. महेन्द्र प्रसाद सिंहले आफू नेपाल र यहां रोजगाररत नेपाली कामदारहरूका लागि केही राम्रो गर्न नै आएको, तर एउटा राजदूत मात्रले चाहेर पनि सबै काम गर्न नसक्ने, दूत भनेकै निर्देशनमा काम गर्ने पदाधिकारी हुने भएकाले आफ्नो अधिकार र कार्यक्षेत्र पनि सिमित हुने तर पनि सिंगो दूतावास परिवारको टिमवर्कमा तथा नेपाली समुदाय र यहां कृयाशिल संघ संस्था समेतको सहयोग र सहकार्यमा राम्रो गर्नसक्नेमा आफू बिश्वस्त र प्रतिबद्ध रहेको बताउनुभयो । उपस्थित एनआरएनकर्मीहरूलार्इ इंगित गर्दै “तपार्इहरू पनि नेपालका दूत नै हुनुहुन्छ, बिदेशमा सबै नेपालीले नेपालको दूत नै बनेर देशको हितमा काम गर्नुपर्छ, म र तपार्इमा थोरै मात्रै फरक होला” भन्दै दूतावासलार्इ रचनात्मक सुझावहरू दिएर सहयोग गर्न र भेटवार्ता आगामी दिनमा पनि जारी राख्ने अपेक्षा ब्यक्त गर्नुभयो ।

nrna logo

०६ जुन, २०१७

रियाद, साउदी अरब ।

 गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब मातहात रहेको रियाद क्षेत्रिय समन्वय समितिको अधिबेसन तप्सिलमा उल्लेखित मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित क्षेत्रका पन्जिकृत एनआरएनएहरूलाइ उपस्थित भै अधिवेशन सफल बनाउनुहुन अनुरोध सहित यो सुचना जारी गरिन्छ । साथै संघको बिभिन्न तहमा आबध्द पदाधिकारीहरूलाइ समेत उक्त कार्यक्रमा गरिमामय उपस्थित जनाइ शोभा बढाइदिनुहुन अनुरोध गरिन्छ ।

मितिः २३ जुन शुक्रवार, २०१७

समयः मध्यान ठिक १२ बजे देखि

स्थानः रियाद एक्जिट १८

थप जानकारीका लागीः

१. डोर बहादुर कार्की, 0592490878, karkidorbahadur@yahoo.com

२. नारायण भट्टराइः 0502507432 narayanpokhara17@gmail.com3

३. मोहम्मद इसा राइनः 0544672063, md.isha@yahoo.com

४. युवराज गुरूङः 0504415380, gurungyr@gmail.com

५. प्रदिप कुमार पासवान, 0582909753

वा

00966595197654,009665996569050 तथा 00966504438377

 

३ जुन, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

18901317_10209768502585383_98584998_o

 

एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका धेरैजसो नेपाली कामदारहरू सकुशल नेपाल फर्कीएका छन् । साउदी सरकाद्वारा दिइएको ३ महिने अबैधानिक कामदार क्षेमादान प्रकृया चलिरहदा नेपाली कामदारहरू साउदी अरबको हाफर अलबादिन, जेद्धा, ताबुक लगायतका बिभिन्न स्थानबाट दम्माम स्थित सिको गार्डेनमा जम्मा भएका थिए । खुल्ला आकासमुनि बस्न बिवश नेपाली श्रमिकहरूको दुखदायि पिडादेखी एनआरएनए साउदीले गत महिनाको मे २ तारिख देखि सेल्टरमा राखी खानापिना सहित कानुनि प्रकृया र पैरवि पहल सुरू गरेको थियो । क्षेमादानको दायर भित्र रहेका कामदारहरूलाइ प्रकृया पुर्याइ दम्माबाटै नेपाल पठाइएको छ भने क्षेमादानको दायर भन्दा बाहिर रहेका कामदारहरूलाइ नेपाली राजदूतावास रियादसँग समन्वय गरि दूतावास पठाइएको थियो । साथै नेपाली दूतावासले कानुनि प्रकृया पुरागरि उनिहरूलाइ रियादबाट नेपाल पठाउन सहयोग गरेको छ ।

एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका कामदारहरूको संख्या बढ्दै जादा एनसीसी साउदिका प्रमुख सल्लाहकार डोर बहादुर कार्की, अध्यक्ष नारायण पासवान, उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, सदस्य जोन अर्याल, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ तथा आरसिसि अलखोबरका भुतपुर्व अध्यक्ष मो. ईसा रायनको टोली गत मे १९ शुक्रवार नेपाली राजदूतावास रियाद पुगेको थियो । टोलिले नेपाली राजदुतावासका का. बा. राजदुत आनन्द प्रसाद शर्मा, श्रमसहचारी अम्विका प्रसाद अधिकारी, प्रथम सचिव विजय रावत, द्वितीय सचिव बिपिन दुवाडि, सहचारी सन्तोष कुमार अधिकारी लगायतका पदाधिकारीहरुसँग अनौपचारीक भेटघाट गरी सेल्टरमा रहेका नेपाली कामदारहरूको कानुनी प्रक्रिया, न्यायिक पहल तथा नेपाल फिर्ता लगायत अन्य समसामयिक बिषयमा छलफल गरेको थियो ।

त्यसैगरि श्रमिक सेल्टर दम्माममा सुरू देखि नै खटिदै आउनु भएका एनसिसि केन्द्रिय सदस्य जोन अर्याल, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, सहसचिव घनश्याम अर्याल तथा एलसिसि दम्मामका कोषाध्यक्ष शुक्र मोक्तासँग हिजो साझ एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, महासचिव तेज थापा तथा आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारिले भेट गरि सेल्टरमा रहेका कामदारहरूको पछिल्लो स्थितिबारे जानकारी हासिल गरेको हो । एनआरएन टोलीले सेल्टर अनुगमन गरि आम माफीको समयसिमा अगाडी बाकि रहेका कामदारहरूलाइ कसरि नेपाल फर्काउन सकिन्छ भन्नेमा छलफल र परामर्स समेत गरेको छ । आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष तथा सेल्टर समन्वयकर्ता रोशन कुमार श्रेष्ठले दिएको जानकारी अनुसार हाल ८ जना कामदारहरू सेल्टरमा बाकी रहेका छन् भने उनिहरू मध्य ३ जना आम माफीको दायरा भित्र नपर्ने हुनाले नेपाली राजदूतावास रियादबाटै पहल हुने पर्ने देखिन्छ भने बाकी रहेका कामदारहरू जुन महिनाको २० तारिख अगाडी नै नेपाल फर्कने अन्तिम तयारीमा रहेका छन् ।

गत मे, १ तारिखदेखि २ जुन २०१७ सम्म एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका नेपाली श्रमिकहरूको स्थितिः

  1. गंगा राम खत्री, नेपाल फर्केको
  2. लाल बहादुर सुनुवार, नेपाल फर्केको
  3. गुप्ता बहादुर नेपाली, नेपाल फर्केको
  4. लाल बहादुर सारू मगर, नेपाल फर्केको
  5. देबेन्द्र भेटुवाल, रियाद गएको
  6. लक्ष्मण यादव, नेपाल फर्केको
  7. बिरेन्द्र गुरूङ, रियाद गएको
  8. मनोज कुमार राइ रियाद गएको
  9. जित बहादुर पोख्रेल रियाद गएको
  10. बिजय दानी रियाद गएको
  11. राम बहादुर सिस्तामा, नेपाल फर्केको
  12. ताउ बहादुर पुन, नेपाल फर्केको
  13. सुनिल कुमार, नेपाल फर्केको
  14. जोगेन्द्र पाण्डे, नेपाल फर्केको
  15. बसन्त महरा, नेपाल फर्केको
  16. छविलाल खत्री, नेपाल फर्केको
  17. ध्यान बहादुर राइ, रियाद गएको
  18. प्रकाश के.सी. , नेपाल फर्केको
  19. चुम बहादुर गुरूङ, नेपाल फर्केको
  20. श्याम कुमार माझी, नेपाल फर्केको
  21. मो. अजिजुल डफाली, नेपाल फर्केको
  22. मोहो राम नदाव, नेपाल फर्केको
  23. नवराज शाही, नेपाल फर्केको
  24. दमबिर राज शाही, नेपाल फर्केको
  25. भक्त बहादुर रोका, रूम छाडेको
  26. चेतराम दमाइ, रूम छाडेको
  27. मुबारक नाउ रूम छाडेको
  28. सुजित चाम्लिङ रूम छाडेको
  29. अव्दिल हमिद रूम छाडेको
  30. दिपक महतो, नेपाल फर्केको
  31. गणेश कटुवाल, रियाद गएको
  32. राजेन्द्र थापा रियाद गएको
  33. दिल बहादुर दराइ, नेपाल फर्केको
  34. शिवसंकर महतो, नेपाल फर्केको
  35. नविन महतो, नेपाल फर्केको
  36. जोगनी महरा, नेपाल फर्केको
  37. हरिदेब सयदा, नेपाल फर्केको
  38. दिल बहादुर श्रेष्ठ पासपोर्ट नं 05748694, नेपाल फर्केको
  39. समिर योञ्जन, नेपाल फर्केको, नेपाल फर्केको
  40. हेमराज वली, पासपोर्ट नं 073397873, नेपाल फर्केको
  41. पुनीराम बाठा मगर पासपोर्ट नं 4154512, नेपाल फर्केको
  42. सिकेन्दर महतो, नेपाल फर्केको
  • अन्य बाकी ८ जना सेल्टरमै बसिरहेका छन् ।

सेल्टरमा रहेका अधिकांस नेपाली कामदारहरू कुनै न कुनै रूपमा नेपाली दलाल तथा म्यानपावर व्यावसायीहरूबाट ठगिएका छन् भने साउदी आएपश्चात पनि नेपाली ठग, बिचौलिया तथा भगौडियाहरूको चंगुलमा पसेका छन् । यि पिडक म्यानपावर व्यावयासी, ठग, दलाल र बिचौलीयाहरू कहिले सजायको भागेदारि बन्नेहुन् र नेपाली श्रमिकहरूले प्रवासमा पिडादायी बिचल्लि जिवन बिताउने श्रृखला कहिले अन्त्यहुने हो भविष्य कुर्नै पर्ने देखिन्छ ।

18596462_10209649622973467_2047306216_o 18596943_10209649623173472_1660415273_o 18596987_10209649620733411_1174717782_o 18618149_10209649619773387_1809328049_o 18575234_10209649618733361_342328660_o 18575726_10209649622773462_246296567_o18901232_1562422543770483_1396788229_o 18927247_1562424977103573_1156454684_o 18926603_1562419817104089_22552303_o 18901914_1562422673770470_790156258_o 18870584_1562424813770256_700918681_o 18870554_1562424327103638_1696215459_o 18870530_1562422407103830_2105016141_o 18870522_1562417247104346_125666629_o 18870425_1562423607103710_1668954785_o 18870388_1562418857104185_866635099_o 18870340_1562422817103789_2004446993_o 18870275_1562424490436955_1446314905_o 18870205_1562423080437096_1829402041_o 18870163_1562424340436970_383790807_o 18870143_1562403190439085_1559771435_o 18869862_1562424653770272_795599400_o

nrna logo

२ जुन, २०१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको राष्ट्रिय महाधिबेशन आगामी ०२ सेप्टेम्बर, २०१७ मा तय भएसँगै निर्वाचन निर्देशिका संस्थागत वेबसाइट मार्फत सर्वजानिक गरिएको छ । निर्देशिका अनुसार नयां सदस्यता दर्ता तथा नबिकरण गर्ने अन्तिम मिति ३१ जुलार्इ २०१७ रातको बाह्र बजेसम्म रहेने हुंदा सम्बन्धि सबैलाइ नयां सदस्यता दर्ता तथा नबिकरण गर्न/गराउनुहुन यसै सुचना मार्फत अनुरोध गरिन्छ । साथै दस्यता नविकरण तथा पंञ्जकृतलाइ सहजरूपमा संचालन गर्न गत ३१ मार्च, २०१७ एनसिसि साउदी अरबको एघारौं पुर्ण बैठक बसी एनआरएनए एनसिसि यूवा संयोजक मो. जैनुल अव्दिनज्युको संयोजकत्वमा मातहातका आरसिसि तथा एलसिसि पदाधिकारिहरू सम्मेलित दस्यता नविकरण तथा पंञ्जकृत समित गठन गरिएकोछ,सो समिति सम्बन्धित क्षेत्र तथा स्थानिय समितिमा कृयाशिल रहि समन्वय रहेकोले तपसिलमा उल्लेखित पदाधिकारीहरूसँग सम्पर्क गरि नयां सदस्यता दर्ता तथा नबिकरण गर्न सकिनेछ ।

मोहम्मद जैनुल अव्दिनः ०५०७९९१४६७ abdin_jainul2004@yahoo.com

क. पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिः

१. चन्द्रमणी भन्डारीः 0553150146, bhandaricm2002@yahoo.com

२. रोशन कुमार श्रेष्ठः 0545226844, roshan_unique@yahoo.com

२. अन्जनी कुमार अधिकारीः 0583635605, anjani.adhikari69@gmail.com

३. चित्रकुमार राईः 0598537358, rai.chitra@lemeridien.com

क.१- दम्माम स्थानिय समन्वय समितिः

१. घनश्याम अर्यालः 0551871387, aryalg787@gmail.com,

२. लोकेन्द्र लिम्बुः 598075855, lokendra.phiyak2040@gmail.com

क.२- अलखोबर स्थानिय समन्वय समितिः

१. नरेन्द्र कार्कीः 0569736026, thenbk9@gmail.com

२. जिबन लुर्इटेलः 0590427265, canarjeevan@gmail.com

क.३- कतिफ-तारूत समन्वय समितिः

१. दिपक शाहीः 0567490975

२. चन्द्र बुढाः 0568607725, chandramagar1520@yahoo.com

३. दुर्गा बहादुर काउचाः 0547642722

क.४- अलहासा-अव्किक स्थानिय समन्वय समितिः

१. रामेश्वर ठाकुरः ०५५५०८३१६७

२. रामचन्द्र घिमिरेः ०५९२०१९७३२

३. बिष्णु जि. सीः ०५९९८९८४५३

क.५- जुबेल स्थानिय समन्वय समितिः

१. सन्जिब सुनारः 0598469977, sanjibsunar2032@yahoo.com

२. ओम प्रसाद फुयालः 0569656954, omphuyal@gmail.com

क.६- कब्जि स्थानिय समन्वय समितिः

१. जेम्स सुनारः 0581109659, jemshunar@yahoo.com

२. तेजेन्द्र बहादुर शाहीः

ख- पश्चिम जेद्धा क्षेत्रिय समन्वय समितिः

१. ध्रुब्र कुमार रिजालः 0505910744, eaakash@yahoo.com

२. भिम गुरुङः 0561494939, gurung_bhim@yahoo.com

३. बिनोद तिमिल्सिनाः 0582003673, binodtml86198@yahoo.com

४. राज कुमार गिरीः 0541596759, rajgiri_2001@yahoo.com

ग- अलकासिम क्षेत्रिय समन्वय समितिः

१. बिशाल कुमार श्रेष्ठः 0 535470253, shr.bishal@hotmail.com

२. भक्त रार्इः 0 501817563, rair160@gmail.com

३. मनिष कोइरालाः 0591517303, manishkoirala15@gmail.com

४. रम्जानदिन मियाः 0598589654, ramjan.dinmiya@gmail.com

घ- ताबुक क्षेत्रिय समन्वय समितिः

१. बद्रि बिमलीः 0543980255, bimalibadri@gmail.com

२. भक्त हलमाः 0555347025 bhakta_hamal@yahoo.com

३. अर्जुन थापाः 0 544994328, arjunthapakhulal@gmail.com

४. मनोज बरालः 0 599353414, baralmanoj44@gmail.com

ङ- रियाद क्षेत्रिय समन्वय समितिः

१. नारायण भट्टराइः 0502507432 narayanpokhara17@gmail.com3

२. मोहम्मद इसा राइनः 0544672063, md.isha@yahoo.com

३. युवराज गुरूङः 0504415380, gurungyr@gmail.com

च- हाफर अलबदिन क्षेत्रिय समन्वय समितिः

१. गंगालाल बि. क. 0591605127, gangalal18@gmail.com

 

थप जानकारीका लागीः नारायण पासवानः 00966595197654, डमर कुमार यादवः 009665996569050, तेज थापाः 00966504438377, लाल मगरः 966561541062

Email: : nrn.nccksa@gmail.com

Face book page: https://www.facebook.com/profile.php?id=100009782467803

nrna logo

२७ मे, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैठौं महाधिबेशन यही आउदो ०२ सेप्टेम्बर, २०१७ शनिवार दम्माममा हुने भएको छ । बाह्रौं पुर्ण बैठकको निर्णय सँगै आठौं आकास्मिक साइवर कन्फ्रेन्स बैठकद्वाले निर्वाचन निर्देशिका तथा आचार संहिता पारित गरि बक्रि इदको समयमा अधिबेशन तय गरेको हो । हिजो एक प्रेष विज्ञप्ति (प्रेष विज्ञप्ति)  जारी गरि अधिबेशन सम्बन्धि सुचना सर्वजानीक गरिएको छ ।

मातहातका हरेक क्षेत्रबाट एक-एक जना प्रतिनिधि रहने गरि भुतपुर्व एनसिसि साउदीका सदस्य तथा लेबर टास्कफोर्स जुबेलका संयोजक चन्द्र प्रकाश भन्डारीज्युको संयोजकत्वमा गठित ५ सदस्यिय टोलीलाइ छैठौं महाधिबेशन निर्वाचन समितिको जिम्मेवारी सुम्पिएको । समितिमा अलकासिमबाट रमेश भन्डारी, ताबुकबाट भक्त हमाल, जेद्धाबाट भिम गुरूङ रहनु भएको छ भने रिक्त एकजना सदस्य पुर्वी क्षेत्रबाट पछि मनोनित गरेने छ । मर्यादित र पारदर्सिता साथ अधिबेशन सम्पन्न गर्न निर्वाचन समितिलाइ निर्वाचन निर्देशिका तथा आचार संहिता (निर्वाचन निर्देशिका तथा आचार संहिता)  सम्प्रेषण गरिएको छ । साथै सुचनाको पहुच सबैको अधिकारलाइ मध्य नजर राखी सम्बन्धित निर्देशिका संस्थागत वेबसाइ मार्फत प्रकाशित गरिएको छ ।

छैठौं राष्ट्रिय महाधिबेशन अधिबेशनलाइ भव्यरूपमा सम्पन्न गर्न बिभिन्न समिति तथा उपसमितिहरू गठन गरि जिम्मेवारी तोकिएको छ जस अन्तर्गत तपसिलका समितिहरू कृयाशिल हुनेछनः

क. हल तथा अर्थ व्यवस्थापन समितिः

  •  जोन अर्याल-संयोजक
  • डमर कुमार यादव
  • लाल ब. मगर
  • उमेश भट्टराइ
  • चन्द्रमणी भन्डारी
  • रोशन कुमार श्रेष्ठ
  • चित्र कुमार राइ

ख. अतिथि स्वागत तथा सत्कार समितिः

  • राजु सैयद-संयोजक
  • धरम के. सी.
  • यास्मिन बेगम
  • पुरूषोतम दास श्रेष्ठ
  • डोर बहादुर कार्की
  • नारायण पासवान

ग. बिधान संसोधन समितिः

  • धरम के. सि.ज्युको संयोजकत्वमा आवश्यकता अनुसार अन्य २ जान सदस्य थपिने ।

घ. कोष अडिट तथा अध्यावधिक समितिः

  • भूतपुर्वी एनसिसि कोषाध्यक्ष तथा सि. ए. राजेश बुढाथोकी-संयोजक
  • धरम के. सी.
  • डमर कुमार यादव
  • लाल बहादुर मगर

ङ. कार्यक्रम रूपरेखा तयारी तथा संचालन समितिः

  • तेज थापा
  • बिशाल कुमार श्रेष्ठ
  • रम्जानदिन मिया, अलकासिम क्षेत्रिय सचिव
  • अन्जनि कुमार अधिकारी, पुर्वी क्षेत्र क्षेत्रिय सचिव
  • मनोज बराल, ताबुक क्षेत्रिय सचिव
  • राज कुमार गिरी, पश्चिम जेद्धा क्षेत्रिय सचिव

च. स्वयम शेवक परिचालन समितिः

  • मोहम्मद जैनुल अव्दिन
  • दिपक शाही
  • बिष्णु पोख्रेल तथा
  • पुर्वी क्षेत्रिय समन्वय समिति माताहातका सबै एलसिसि अध्यक्षहरू तथा एलसिसि अध्यक्षहरूले सिफारिस गर्ने ५/५ जना स्वयम सेवकहरू

१४ मे, २०१७

18493538_1428981700510368_1301999564_o

  • १० मे, २०१७ – प्रारम्भिक रूपमा एनआरएनए श्रमिक सेल्टर बस्दै आएका कामदारहरू मध्यबाट ६ जना श्रमिक सकुशल नेपाल फिर्ता ।
  • ११ मे, २०१७ – ग्रान्ड मार्ट हाइपर मार्केट दम्माममा कार्यरत प्रकाश पान्डे लगायका नेपालीहरूबाट एनआरएनए श्रमिक सेल्टरमा रहेका श्रमिकहरूलाइ राहात खाध्यान्न सहयोग, संकलित सामाग्रिहरू एनसिसि केन्द्रिय सदस्य जोन अर्याल, आरसिसि उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र लिम्बु, कोषाध्यक्ष शुक्र मोक्तान तथा सदस्य घनेन्द्र इजाम लगायतको एनआरएनए टोलीद्वारा श्रमिक सेल्टर दम्माम पुगि हस्तान्तरण ।
  • ११ मे, २०१७ – आरसिसि पुर्वी क्षेत्रका सचिवालय पदाधिकारीहरू साझ एनआरएनए श्रमिक सेल्टर पुगि अवस्था अबलोकन ।
  • १२ मे, २०१७ – एनसिसि साउदी अरबको १२औं पुर्ण बैठक सम्पन्न गरि बैठकमा उपस्थित एनसिसि पदाधिकारीहरू अध्यक्ष नारायण पासवान, उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा, यूवा संयोजक मो. जैनुल अव्दिन, केन्द्रिय सदस्यहरू क्रमशः दिपक शाही, उमेश भट्टराइ, जोन अर्याल, बिष्णु पोख्रेल लगायत आरसिसि पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष चन्द्र मणि भन्डारी, रोशन कुमार श्रेष्ठ, सचिव अन्जनि कुमार अधिकारी, सदस्य घनश्याम अर्याल, बालकृष्ण पंगेनी, एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र लिम्बु, सचिव दिपेन्द्र खड्का, सहसचिव सिताराम भट्ट, सदस्य गजेन्द्र धिमाल, घनेन्द्र इजाम, पुर्व एलसिसि दम्मामका सचिव मोहन बिएसके लगायतको संयुक्त टोली एनआरएनए श्रमिक सेल्टर दम्माम पुगि श्रमिकहरूको अवस्थाबारे जानकारि हासिल गरि सेल्टरमा थपिएका अरू ५ जना पिडितहरूको पैरवि पहलका लागी आवश्यक कागजात र प्रमापण संकलन ।
  • १३ मे, २०१७ – एनआरएनए श्रमिक सेल्टर थपिएका ३ जना पिडितहरूको न्यायिक पहल र काम कार्वाहीका लागी नेपाली राजदूतावास रियादलाइ संस्थागत निबेदन संप्रेषण ।
  • १४ मे, २०१७ – एनसिसि केन्द्रिय सदस्य जोन अर्याल तथा आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ एनआरएनए श्रमिक सेल्टरमा पुगि पिडितहरूसँग भेटघाट र स्थिति अध्यावधिक, पिडितहरू मध्यबाट गंगा राम खत्री तथा छवी खत्री भोली नेपाल फर्कदै, सेल्टरमा २ जना श्रमिकहरू राम बहादुर थापा र तउ बहादुर पुन थप ।

दम्मामबाट रोशन कुमार श्रेष्ठका साथ तेज थापा, साउदी अरब ।

ग्रान्ड मार्ट हाइपर मार्केट दम्मामद्वारा  खाध्यान्न सामाग्रि सहयोग

18378806_10209571242854013_1029768146_o 18378806_10209571242854013_1029768146_o 18402925_1344741795614382_8821900627477033721_n 18403119_1344742012281027_949514693634599930_n 18447420_1344741718947723_8566628623225112228_nएनआरएनए  साउदीको ३ वटै तहका समितिहरू एनसिसि, आरसिसि तथा एलसिसिका पदाधिकारीहरू सम्मेलित टोली एनआरएनए श्रमिक सेल्टर दम्माम पुगि पिडितहरूसँग भेटघाट गर्दैः

18452543_1428979597177245_1918842332_o 18471882_1428983073843564_1691155537_o 18472032_1428984737176731_2056347944_o 18472640_1428980657177139_1380807832_o 18472666_1428986033843268_81286456_o 18493336_1428980280510510_1928412914_o 18493538_1428981700510368_1301999564_o 18516898_1428986113843260_2013942959_o एनआरएनए श्रमीक सेल्टर दम्माममा रहेका श्रमिक मध्य भोली नेपाल फर्कदै गरेका तथा सेल्टरमा थपिएका पिडित कामदारहरूका साथ एनसिसि साउदीका केन्द्रिय सदस्य जोन अर्याल तथा आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठः

going nepal going nepal2

०९ मे, २०१७

18379016_10209571243574031_1651406721_o

पछिल्लो एक हप्तादेखि दम्मामको एनआरएनए श्रमिक सेल्टरमा बस्दै आएका नेपाली कामदारहरूको संख्या ३० पुगेकोछ भने नेपाली राजदूतावास रियादका श्रमसहचारी अम्बिका प्रसाद अधिकारी लगायतका दुतावासका कर्मचारी तथा एनआरएनए साउदीको संयुक्त टोलीले हिजो सेल्टरमा रहेका कामदारहरूसँग भेटि उनिहरूको अवस्थाबारे जानकारी हासिल गरेको छ ।

पिडित कामदारहरूको संख्या बृद्धिहुदै उनिहरूलाइलागी आवश्यक खध्यान्न लगायतका राहात सामाग्रि सहयोगका लागी कार्यतालिका बनाइ तर्जुमा गरिएकोछ । अवको १० दिनसम्म एनआरएनए एलसिसि जुबेलका प्रमुख सल्लाहकार श्री याव लिम्बुज्युले, एनसिसि साउदीका केन्द्रिय सदस्य जोन अर्यालज्युले १० दिनका लागि खाध्यान्न उपलव्ध गराउनुहुनेछ भने दम्माम ग्रान्ड हाइपर र लुलु मार्केटमा कार्यरत नेपालीहरूले सहयोग गर्ने जानकारी दिनुभएकोछ ।

दम्मामबाट रोशन कुमार श्रेष्ठका साथ तेज थापा, साउदी अरब ।

18379518_10209571244214047_545611247_o 18379224_10209571242534005_554224207_o 18378982_10209571242654008_682890639_o 18378806_10209571242854013_1029768146_o 18387118_10209570966447103_187200470_n 18379563_10209571243294024_645795002_o

 

 

०६  मे, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

साउदी अरबको दम्माम स्थित सिको गार्डेनमा खुल्ला आकाशमुनि बस्न बिवस नेपाली कामदारहरूलाइ एनआरएनए साउदीले अस्थाइ आवास र खानाको व्यवस्था मिलाइदिएको छ । करिव ३१ जनाको संख्यामा नेपाली कामदारहरूसँग खाना बस्नको लागी पैसा नभएको र आफुहरू गार्डेनमा बस्न बिवश भएको जानकारी प्राप्त भए पछि गत सोमबार एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, एल सि सि दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, कोषाध्यक्ष शुक्र मोक्तान लगायत कार्गो ब्यबसायी जेन कुमार लामाको संयुक्त टोलिले नेपाली श्रमिकहरूलाइ भेटि अस्थाइ आवासको व्यवस्था गरिदिएको हो ।
एनआरएनए साउदीको आपतकालिन उद्धार कोषबाट रकम निकासा हुनेगरि उनिहरूलागि दैनि आवश्यक समाग्रिहरू, भाडाकुडा, चुलो, ग्यास लगायत खाध्यान्नको व्यवस्था गरिएको छ । त्यसैगरि उनिहरुको कानुनी उपचारका लागि आवश्यक कागजातहरु जुटाउन र अवस्था अध्यान गर्न एनसिसि साउदीका महासचिव तेज थापा, सदस्य उमेश भट्टराई, सदस्य जोन अर्याल, आरसिसि पुर्वि क्षेत्रीय उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अन्जनि कुमार अधिकारी, कोषाध्यक्ष चित्र कुमार राई लगाएतको एक टोलि बुधवार बेलुकी कामदारहरूको सेल्टरमा पुगेको छ भने एनआरएनए टोलीले उनिहरूसँग नियमित रूपमा भेट्ने क्रम जारी राखेको छ ।
18280188_1514355941916268_1997581306_n
साउदी सरकारद्वा दिइएको ३ महिने गैर कानुनि कामदार क्षेमादान आम माफीको समय सकिनै लाग्दा साउदी अरबको जेध्दा, जिजान, ताबुक लगायत बिभिन्न ठाँउहरूबाट बहिर्गमनको प्रतिक्षामा आएको समुह दम्मामको सिको गार्डेनमा वस्न बिवश भएको थियो । बाध्यताले जव नेपाली श्रमिकहरू श्रम बेच्न बिवस हुन्छ उनिहरूलाइ ठग्ने र बिवशताको फाइदालिने समुह नेपालबाटै सकृय हुने गर्दछ । एजेन्ट, म्यान पावर र दलालबाट ठगिदै खाडि मुलक प्रबेश गरेका कामदारहरूलाइ धेरै पैसा कमाउने प्रलोभनमा पारी भगाउने र उनिहरूको श्रम शोषण गर्ने कार्यमा नेपाली दलाल तथा बिचौलियाहरू लागि परि रहेका हुन्छन् । नेपाल सरकारले फ्रि भिषा र फ्रि टिकटको उर्दी जारी गरि रहदा SOS म्यान पावर कम्पनिलाइ ७५ हजार नगद बुझाइ ८ महिना पहिले नासिर अल हाजरि कम्पनि साउदी अरब आएका तुल्सिपुर दाङका सुनिल डाँगीलाइ जुबेलमा रहेका एक जना नेपालीले राम्रो तलव दिलाइ दिने भन्दै कम्पनिबाट भगाउन प्रेरित गरे । आफु म्यान पावर कम्पनिको बिदेश बिभाग प्रमुख भन्दै धेरै नेपाली कामदारहरूलाइ काम लागइदिने गरेको र उनिहरूले मनग्य पैसा कमाएको झुट्टो प्रोलभनमा पारे, डाँगिले भने । ति नेपालीले डागी लगायत अन्य १२ जनालाइ कार्यरत कम्पनिबाट भाग्न लागए र हरेक महिनामा राम्रो तलव दिने भन्दै उनिहरूलाइ जेद्धा शहरमा काम गर्न पठाए तर ३ महिना बिति सक्दा पनि नियमित रूपमा पैसा दिनुको साटो आफुहरूसँग खानाको समते पैसा नबचे पछि सुनिल कुमार डागी, गुल सैयद लागयत अन्य ६ जना बहिर्गमन प्रकृयाका लागी दम्माम आएको बताउछन् ।
त्यसै गरि अर्को समुहमा रहेका १३ जना अबैध नेपाली कामदारहरूलाइ दम्माममा रहेका एक जना नेपालीले काममा लागएको र बिगत केहि महिनादेखि तलव नदिएकोले आफुहरू गार्डेनमा बस्न बाध्य भएको पिडितहरू बताउछन् ।
पेट्रोलियम पदार्थमा आएको मुल्यमा गरिवट तथा आन्तरिक समस्या लगायतका कारण साउदी सरकारले आप्रवासी कामदार नितिमा कडाइ गरेको छ भने ३ महिने आम माफि भित्र साउदी नछाड्ने आप्रवासीहरूलाइ अझ कडाइ गर्ने प्राय निश्चित भै सकेको छ ।

18280707_1514355978582931_216997860_n 18280773_1514355988582930_1672289763_n 18302414_1514355958582933_1812469475_n 18336777_1514355998582929_987931162_n18308667_1514355928582936_510108455_n

०४ मे, २०१७

18296871_1709680099059550_1690129497_o

साउदी सरकारले दिएको ३ महिने आम माफीको प्रकृया चलि रहदा साउदीका बिभिन्न स्थानहरूमा गैर आवासीय नेपाली संघ लगायत साउदीमा कृयाशिल अन्य सामाजिक संघ संस्थाका अगुवाहरूले नेपाली राजदूतावास रियाद तथा महाबाणिज्य दूतावास जेद्धालाइ सहजि करण सेवामा पुर्याइ रहेका छन् भने आम माफिको दयारा भन्दा बाहिर रहेका नेपाली श्रमिकहरूको पिडा पनि उलेख्य रहेको छ । कही रोजगारदाताले सम्झौता बमोजिम तलब सेवा सुबिधा नदिएको त कतै तोकिएको काम नदिइ अन्य काममा नेपाली कामदारहरू श्रमशोषणमा परेका थुप्रै घटनाहरू देखिने गर्दछन् साउदीमा ।

काठमाडौंको महाराजगंज स्थित याज गल्फ ग्रुप म्यान पारवर कम्पनीबाट पांच महिना पहिले साउदी अरबको समित अबु अल समत ईस्ट कम्पनिमा आएका १५ जना नेपाली कामदारहरू यस्तै चपेटमा परेका छन् । मासिक ८०० तलब र ३०० खाना गरि जम्मा ११०० साउदी रियाल पाउने सर्तमा सम्झौता पत्रमा हस्ताक्षर गरि साउदी आएका उनिहरूले हालसम्म न त तलब सेवा सुबिधा पाएका छन् न त तोकिएको कामनै । उल्टै रोजगारदाता कम्पनिले इकमा (अस्थाइ आवासीय अनुमति पत्र) बिना क्याम्पबाट निकालि दिएपछी उनिहरू जेद्धा स्थित महावाणिज्य दुताबासको शरणमा पुगेका हुन् ।

खान, बस्नको समेत अभाव भएका १५ जना श्रमिकको अवस्था बुझ्न गत मंगलबार एनसिसि साउदीका का. बा. कोषाध्यक्ष लाल बहादुर मगर लगाएतको एनआरएनए जेद्धाको एक टोली महाबाणिज्यदूतवासमा पुगेको थियो । टोलीले पिडित नेपाली कामदारहरू सँग भेटि एनआरएनए साउदीको राहात उद्धार कोषबाट मानविय सहयोग स्वरूप ५०० साउदी रियाल सहयोग गरेको छ भने टोलिमा आवद्ध लाल मगर, बिष्णु न्यौपाने तथा शरद शर्माले पिडितहरूलाइ खाना खुवाउनु भएको जानकारी जेध्दाबाट लाल बहादुर मगरले दिनुभएको छ । साथै टोलीले महाबाणिज्य दूतावासका कर्मचारीहरूसँग भेटि पिडित नेपाली कामदारहरूको जानकारी हासिल गर्ने काम गरेको थियो । प्राप्त जानकारी अनुसार महाबाणिज्य दुताबासले पीडितहरुलाई यथासम्भव नेपाल फर्काउन पहल गरिएको भएता पनि झुट्टा सम्झौता पत्रमा हस्ताक्षर गराइ साउदी पठाउने म्यान पावर कम्पनी उपर कारबाही हुने तथा पिडितहरूले क्षतिपूर्ती र न्याय पाउलान भन्ने अन्योलता भने कायमै रहेको छ ।

पिडितहरुको बिवरणः

१ ) जीवन महतो – चितवन : ०७६६१३४९ पास्पोर्ट

२ ) तारा बहादुर कार्की – उदयपुर : ०५४९३७७४ पास्पोर्ट

३ ) काजी बहादुर कार्की – उदयपुर : ०९३१०२६० पास्पोर्ट

४ ) अशोक लामा – चितवन : ०९४४७६६१ पास्पोर्ट

५ ) कपिल सेन्ताङ – चितवन : ०६२३६८३७ पास्पोर्ट

६ ) बालहरी पारीयार – भक्तपुर : ०६७२९२५२ पास्पोर्ट

७ ) थीर बहादुर थापा – सिन्धुली : ०७७४०४८५ पास्पोर्ट

८ ) दिप बहादुर राउत – उदयपुर : ०८६९७७१४ पास्पोर्ट

९ ) सुसान्त खडका – मोरङ : ०६१३०७६६ पास्पोर्ट

१०) भक्तिराम चौधरी – रुपन्देही : ०९५६३२२७ पास्पोर्ट

११) प्रेमराज लिम्बु – ईलाम : ०९२१८७४९ पास्पोर्ट

१२) देव बहादुर राना मगर – पर्बत : ०९५७४८५० पास्पोर्ट

१३) जित बहादुर थापा – ताप्लेजुङ : ०५८३५९५१ पास्पोर्ट

१४) बिजुली मुखिया बिन – बारा : ०६०५८१२४ पास्पोर्ट

१५) जोक कुमार राय दनुवार – महोत्तरी : ०६२८१७३६

जेद्धाबाट लाल बहादुर मगरका साथ तेज थापा साउदी अरब ।

18296960_1709680085726218_608993619_o 18296934_1709680119059548_1419964094_o 18289938_1709680075726219_683918919_o 18318529_1709680102392883_1934221797_o 18318278_1709680032392890_760844982_o 18290101_1709680092392884_938815450_o

Logo Jubeil lcc

२२ अप्रिल, २०१७

गैर आवासीय नेपाली संघ पुर्वी क्षेत्रिय समन्वय समिति मातहातमा रहेको जुबेल स्थानिय समिति (एलसिसि जुबैल) को बिशेष तथा पुर्ण बैठक तपसिलको मिति, समय र स्थानमा बस्ने हुदा कार्य समितका सबै पदाधिकारीहरूलाइ अनिवार्य उपस्थितिका लागी अनुरोध सहित यो सुचना जारी गरिन्छ ।

मितिः २८ अप्रिल, २०१७

समयः दिउसो ठिक १ बजे

स्थानः जुबैल कर्नेज

थप जानकारीका लागी ०५६९६५६९५४ मा सम्पर्क गर्न सकिने छ ।

 

२२ अप्रिल, २०१७

18042761_1909043755998318_229538832_o

नेपाली नव बर्ष २०१७ को शुभ अवसरमा एनआरएनए अलकासमिले शुभ-कामना आदान प्रदान तथा अबैध नेपाली कामदार सम्बन्धि सचेतना कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । साउदी सरकारद्वरा घोषित ९० दिने अबैध कामदार आममाफी सम्बन्धि सचेतना बाड्न र सहजि करण सेवामा नेपाली राजदूतावास रियाद तथा महाबाणिज्य दूतावास जेद्धालाइ सहयोग पुर्याउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सहजिकरण टोली खटाइ मातहातका क्षेत्रिय तथा स्थानिय समितिलाइ कृयाशिल बनाएको छ । यसै क्रममा एनआरएनए अलकासिम क्षेत्रिय समितिले हिजो शुक्रबार आम माफी बारे सुचना प्रचार प्रसार गर्ने र सचेतना बाड्ने उद्देश्यले साउदी अरबको अलकासिम स्थित बुरैदासमा सो कार्यक्रम आयोजना गरेको हो ।

18090903_1909043929331634_1822631603_o

अल कासिम क्षेत्रीय समन्वय समितिका सचिव रम्जान दिन मियाँद्वारा संचालित कार्यक्रमको सभापतित्व अल कासिम क्षेत्रीय समन्वय समितिका कार्यबाहक अध्यक्ष मनिष कोईरालाले गर्नुभएको थियो भने नेपाली राजदुताबास रियादका श्रम सचारी श्री अम्बिका प्रसाद अधिकारीज्यु तथा सरिता अधिकारी बिशिष्ट अतिथिको रुपमा उपस्थित जनाउनु भएको थियो । त्यसै गरि एनआरएनए आईसीसी सदस्य रमेश भन्डारी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने वीर कुमार राय, एनसीसी सचिब बिशाल कुमार श्रेष्ठ, एनसीसी सदस्य योगेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति साउदी अरबका बरिष्ठ उपाध्यक्ष अर्जुन थापा, महामन्त्री सुरेस राज त्रिपाठी, गन्तब्य नेपाल उनैजाका सक्रिय अभियन्ताहरु यादव घिमिरे, उपेन्द्र सुवेदि, दिपक तामाङ, गणेश शाहि तथा शिखर घिमिरे अतिथिको रुपमा उपस्थिति जनाउनु भएको थियो ।

18090565_1909043882664972_103865437_o

आसन ग्रहण,ब्याच बितरण,राष्टिय गान,स्वागत मन्तब्य तथा शुभ-कामना मन्तब्य हुदै पहिलो चरणको कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा यादव घिमिरे, दिपक तामाङ, अर्जुन थापा, सुरेस राज त्रिपाठी, योगेन्द्र श्रेष्ठ, वीर कुमार राय, बिशाल कुमार श्रेष्ठ, महिला अतिथि सरिता अधिकारी, प्रमुख अतिथि रमेश भन्डारी तथा बिशिष्ट अतिथि तथा नेपाली राजदूतावासका श्रम सचारी श्री अम्बिका प्रसाद अधिकारी लगायतका अतिथिगणद्वारा नव बर्ष २०७४ को शुभ-कामना आदान-प्रदान गरिएको थियो ।

18052375_1909043865998307_1096981887_o

आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि रमेश भन्डारीले एन आर एन एउटा सबैको साझा सामाजिक संस्था भएको र संस्थाले वैदेशिक रोजगारमा रहँदा समस्या परेका नेपाली श्रमिकहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउदै आएको जनाउनु हुदै श्रममैत्रि कार्यको लागी संस्था सदैब लागी पर्ने बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका नेपाली राजदूतावासका श्रम सचारी श्री अम्बिका प्रसाद अधिकारी हालै साउदी सरकारले घोषणा गरेको ९० दिने अबैध कामदार आम माफी बारेमा बृस्तित जानकारी गराउँदै उपस्थित नेपाली दाजुभाईहरुलाई आम माफी सम्बन्धि अन्य साथिहरुलाई पनि खबर गर्न हुन अनुरोध गर्नुभएको थियो । त्यसैगरि अल कासिम क्षेत्र भित्र यदि कोही नेपालीहरु अबैध रूपमा रहेको भए अलकासिममा कृयाशिल स्वयम सेवकहरुको सहयोगमा राजदुताबास सँग समन्वय गर्न आग्रह गर्नु भएको थियो । साथै बर्तमान अवस्थमा साउदी अरबको आर्थिक स्थितिलाई मध्यनजर गर्दै नेपालीहरुले बिदेशमा आउनु पूर्ब कम्पनिको बृस्तित जानकारी लिएर मात्र आउन सुझाब समेत दिनुभएको थियो ।

18110216_1909043849331642_46652134_o

कार्यक्रमको दोस्रो चरणको कार्यक्रम अन्तर्गत नेपाली कलाकार टोली प्रकाश बि.क., बिष्णु रावल, नेत्र न्यौपाने, सुरेश कुमार थापा, गणेश शाही, उपेन्द्र सुबेदीले आ-आफ्नो कला प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तथा अलकासिम क्षेत्रिय समितिका का. बा. अध्यक्ष मनिष कोईरालाले नेपाली नयाँ बर्ष २०७४ को शुभ-कामना दिनुहुदै निमन्त्रणालाई स्वीकार गरी उपस्थित जनाउनुहुने सम्पूर्ण अतिथिगण, बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली राजदुताबासका प्रतिनिधि, एनआरएनएको बिभन्न तह र समितिहरूमा आद्ध पदाधिकाकारीहरू लगायत नेपाली दाजुभाईहरूला प्रति आभार प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

18111201_1909044005998293_408153223_o

कार्यक्रम समापन भएपछी राजदुतावासबाट आउनु भएका प्रतिनिधिहरुद्वारा अल कासिम क्षेत्रमा अबैधानिक रूपमा रहेका २९ जना नेपालीहरु श्रमिकहरुलाई ट्राभल डकुमेन्ट तयार पारि साउदी सरकारी कार्यलय (जवाजात) मा एक्जिट भिषाको लागि पठाएको भने एक्जिट भिषा लागेको ७ दिन भित्र हवाइ टिकट कामदार आफैले काटि नेपाल जान सुचित गराईएको अलकासिमका क्षेत्रिय सचिव रम्जान दिन मियाँले जानकारी दिनु भएको छ ।

अलकासिमबाट रम्जान दिन मियाँका साथ तेज थापा साउदी अरब ।

18111323_1909043902664970_1764436858_o 18110922_1909044035998290_1653328330_o 18110139_1909043835998310_527818810_o 18110101_1909044112664949_493895806_o 18052169_1909043765998317_1161844436_o 18090449_1909043795998314_1145764084_o 18015778_1909044092664951_321029468_o 18015680_1909043955998298_1545073711_o

 

 

१७ अप्रेल, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

picture

साउदी अरबको दम्माम स्थित फाहाद अव्दुल्ला अलसुरी कम्पनिमा रहेका नेपाली कामदारहरूलाइ एनआरएनए साउदी अरबले राहात सामाग्रि हस्तान्तरण गरेको छ । करिव ४० जनाको हाराहारीमा रहेका नेपाली कमदारहरूलाइ रोजगार दाता कम्पनिले तलव सेवा सुबिधा नदिदा स्थिति दयनि बनेको हो ।

मिन भवन काठमाण्डौमा रहेको कोस्मो इन्टरनेस्नल म्यानपावर कम्पनिबाट ड्राइभर भिषामा साउदी आएका सबैजसो कामदारहरूलाइ न त सम्झौता बमोजिम काम दिइएको छ न त तलव सेवा सुबिधा नै । ड्राइभर भिषा भनि मोटो रकम म्यानपावरलाइ बुझाएर आएका कामदारहरूलाइ सवारी चालक अनुमित पत्र दिनु त परै जाओस केही कामदारहरूलाइ साउदी आएको १० महिना बितिसक्दा पनि अस्थाइ आवासीय परिचयपत्र (इकमा) समेत बनाइ दिएको छैन रोजगारदाता कम्पनीले ।

किस्ता-किस्ता गरेर खानाको पैसा दिने गरेकोमा रोजगारदाता कम्पनिले केहि महिना देखी त्यो पनि रोकिदिएको र स्थिति दयनिय बनेको बतापछि एनआरएनए साउदीले राहात सामाग्रि सहयोग गरेको हो । डमर यादव, तेज थापा, जैनुल अव्दिन, चन्द्रमणि भन्डारी, अन्जनि कुमार अधिकारी, शेखर निरौला,रोशन श्रेष्ठ, शुक्र मोक्तान तथा अनन्त ओली लगायतका एनआरएनए टोलीले पिडित मध्यबाट केही कामदारहरूलाइ हिजो राति दम्मामको लुलु मार्केटमा बोलाइ तपसिलको राहात सामाग्रि हस्तान्तरण गरेको हो ।

१. चामल १०० के. जि.

२. दाल ५ के. जी.

३. आलु २० के. जी.

४. प्याज १० के. जी.

५. तेल ५ लिटर,

६. भाडा धुने साबुन, १ प्याकेट

७. अण्डा ३ क्यारेट

८. नुन ४ प्याकेट

९. बेसार १ प्याकेट

१०. मसला १ प्याकेट

सहयोगि दाताहरूः

१. धरम के.सी. सा. रि. १००

२. तेज थापा, सा. रि. १००

३. रोशन श्रेष्ठ सा. रि. ५०

४. अन्जनि कुमार अधिकारी, सा. रि. ५०

५. लाल मगर, जेध्दा सा. रि. ५०

६. नारायण भट्टराइ रियाद सा.रि. ५०

७. दिपक शाही कतिफ-तारूत, सा.रि. ५०

८. अनन्त ओलीद्वारा सा. रि. ४०picture5

सागुरो कोठा भित्र खादिएर बसेका कामदारहरूलाइ गत शुक्रवार एनआरएनए आइसिसि वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम के. सी., एनसिसि महासिचव तेज थापा, पुर्वी क्षेत्रिय समितका उपाध्यक्ष रोशन श्रेष्ठ तथा सचिव अन्जनि कुमार अधिकारी लगायतको टोलिले भेट गरि उनिहरूको पछिल्लो स्थिति अवगत गरेको थियो । टोलिले कामदारहरूले पाउनु पर्ने सेवा सुबिधाहरूका लागी पैरवि पहल गर्न आवश्यक प्रमाणपत्रहरू जुटाएको छ ।

2

स्मरण रहोस गत मार्च २० तारिखमा उमेश भट्टराइ, रोशन श्रेष्ठ, चित्र कुमार राइ, लोकेन्द्र लिम्बु, शुक्र मोक्तान लगायतको एनआरएनए टोली अलसुरी कम्पनिमा पुगि पिडित नेपाली कामदारहरूको बस्तुगत बिवरण संकलन गरेको थियो भने सोही बिवरणको आधारमा नेपाली राजदूतावास रियादमलाइ उद्धारकालागी संस्थागत अनुरोध गरिएको छ । त्यसैगरि नेपाली राजदूतवास रियादका द्वितीय सचिव विपिन दुवाडी र स्थानिय कर्मचारी हरि घिमिरेले समेत पिडितहरूसँग भेट गरि उनिहरूको बास्तविक जानकारी हासिल गरिसक्नु भएको छ ।

17373218_1293989470689615_169045618_o3117379834_1293989717356257_483618269_o 17349493_1293989420689620_1149155754_opicture5 picture4 picture3

 

 

१७ अप्रेल, २०१७

तेज थापा, अलखोवर साउदी अरब ।

picture

तलब सेवा सुबिधा नपाइ खानाको समेत अभाव भै बिचल्लिमा परेका रूकुम घेत्माका रत्न जैसी हिजो एयर अरेबियाको उडान नं G9531 बाट नेपाल फर्कीएका छन् । २२ महिना पहिले साउदीमा वयटर कामका लागि आएका जैसि रेस्टुरेन्ट बन्द भए पछि बिचल्लिमा परेका परेका थिए । बिगत ५ महिना देखी तलब र खानाको समेत अभाव भएपछि उनि अलखोवरमा क्रियासिल एनआरएन कर्मीहरू सेखर निरौला र चन्द्रमणि भन्डारीको सम्पर्कमा आएका हुन् । एनआरएनए पूर्वी क्षेत्रिय अध्यक्ष समेत रहेका चन्द्रमणि भन्डारीले दिएको निबेदनका आधारमा एनसिसि साउदी अरबले आफ्नो कार्य समितिमा साइबर छलफल चलाएको थियो ।

पिडित रत्न जैसीसँग प्रत्यक्ष भेटबार्ता गरि जानकारी हासिल गर्दा, भिषा प्रकृया नमिल्दा एयरपोर्टबाट फर्कनु परेको र साथमा खाना खाने पैसा समेत नभएको खुददायि पिडा सुनाए । चिनेजानेका साथिहरूले दिएको पैसाले हवाइ टिकट काटेर एयरपोर्ट पुगेका तर भिषा प्रकृया गलत भएको ठहर गरि एयरपोर्ट फर्किएका जैसीलाइ एनआरएनए साउदीले हवाइ टिकटको व्यवस्था गरिदिएको हो ।

नेपालको अन्नपुर्ण म्यानपावर कम्पनिलाइ ९० हजार रूपैया नगद तिरि साउदी आएका रत्न जैसीलाइ गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष डमर कुमार यादव तथा महासचिव तेज थापाले गत सनिबार साझा भेट गरि हवाइ टिकट हस्तान्तरण गरेका थिए ।

Ticket & documetn-page-005 Ticket & documetn-page-001