NRNA Photos

०१, फेब्रुअरी, २०१७,

गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती ताबुकको तेश्रो अधिवेशन विविध प्राविधिक कारणले स्थगित भएको सुचना सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै फेब्रुवरी ३, २०१७ शुक्रवारका दिन तय गरिएको पूर्व घोषित अधिबेशन कार्यक्रम मिती परिवर्तन गरि २०१७ फेब्रुअरी १७ तारिक शुक्रबारका दिन पहिले कै स्थान (अल मुफ्ता रिसोर्ट बलदिया रोड ताबुक) मा बिहान १० बजे पछी प्रारम्भ हुने समेत यसै सुचना मार्फत जानकारी गराइन्छ ।

अन्य जानकारीको लागि:
बद्री बिमली(अधिवेशन सम्योजक) ०५४३९८०२५५ 
अर्जुन थापा(अधिवेशन तयारी समिती सम्योजक)  ०५४४९९४३२८

२८ जनवरी, २०१७

16265899_10208103969620155_4331089310602140092_n

 

साउदी अरबको भुगोललाइ मध्या नजर गरि गैर आवासीय नेपाली संघ साउदी अरबले साउदीका बिभिन्न स्थानहरूमा क्षेत्रिय तथा स्थानिय समितिहरू कृयाशिल बनाउदै आएको छ । संस्थागत मूल्य मान्यता र संस्थाले अभिलम्वन गरेका सिध्दान्तहरूलाइ प्रभावकारी रूपमा आत्मसाथ गर्ने गराउने अभिप्रायले साउदी अरबको पुर्वी क्षेत्र जुबेलबाट प्रशिक्षण कार्यक्रम सुरूवात गरिएको छ । पुर्वी क्षेत्रिय समितिका पदाधिकारीको आव्हानमा एनसिसि साउदी अरबले प्रशिक्षण कार्यक्रमको समन्वय गरेको हो । साउदी अरवको पुर्वी क्षेत्र जुबेल स्थित न्युअन्नपूर्ण नेपाली रेस्टुरेन्टमा हिजो बिहान ११:३० बजे देखि सुरू भएको प्रशिक्षण कार्यक्रम साझ ५:३० बजेसम्म चलेको थियो । एनआरएनएको विभिन्न तह र समितिहरुमा आवद्ध पदाधिकारीहरु, एनआरएनए कर्मिहरु शुभचिन्तकहरु प्रशिक्षण कार्यक्रममा सरिक हुनुहुन्थ्यो ।

जुबेलबाट सुरू गरिएको प्रशिक्षण कार्यक्रम आवश्यकता अनुरूप पुर्वी क्षेत्रिय समन्वय समिति महातहातका एलसिसि सँगै सबै आरसिसिहरूमा समेत चलाइने योजना राखिएको छ ।

सहकर्मी चन्द्रमणि भन्डारीका साथ तेज थापा जुबेल साउदी अरब ।

16388120_10208104083062991_7772317755056673525_n 16387052_10208103970260171_2037374229847464221_n 16299341_10208104082502977_7465840110265489269_n 16299335_10208104149784659_5095896167920819987_n 16299297_10208104143704507_4174615896495965724_n 16299274_10208104081942963_2782908456324848297_n 16299271_10208103973740258_8144475030821032595_n 16298990_10208104674037765_457613456179676321_n 16265917_10208104674237770_5508642104288475126_n 16265899_10208103969620155_4331089310602140092_n 16265508_10208104143144493_480423384060059490_n 16265400_10208104674797784_5127698062202235554_n 16195855_10208103975940313_5282621886887379838_n 16195799_10208104083703007_4537253307511424314_n 16195597_10208104080862936_2751992380391351448_n 16195249_10208103976300322_2247416129395261841_n 16195129_10208103972980239_8919019113940187841_n 16194941_10208103971780209_2925520611075473516_n 16194870_10208103972340223_5156843502962847736_n 16174778_10208104081182944_2963974988503511406_n 16142999_10208103973380249_7265824313226846050_n

२८ जनवरी, २०१७

तेज थापा, साउदी अरब ।

रोजगारदाता कम्पनिले तलव सेवा सुबिधा नदिदा मानिसक पिडा सहन नसकि दुइ नेपाली कामदारहरूले साउदी अरबको पश्चिम क्षेत्र जेध्दामा आत्महत्या गरेका छन् । सुन्दर भविष्यको सपना सजाउदै खाडिमूलक पस्ने बेरोजगार नेपालीहरूको संख्या दिनानु बढ्दो छ भने ति सपनाहरू सकार हुन नसक्दा मानसिक चिन्ता लगायतका कारणहरूले अकालमा ज्यान गुमाइ दिनानु काठको बाकसमा लास फर्कने क्रम रोकिएको छैन ।

अलहार्वि कन्ट्याक्टिङ कम्पनि जेद्धमा कार्यरत नेपालको सिन्धुलि घर भएका जगत बहादुर आले मगर गत हप्ता मात्र घाटिमा पासो लगाइ आत्महत्या गरेको ताज घटाना सेलाउन नपाउदै सोही कम्पनिमा कार्यरत बागलुङका दल बहादुर राना मगरले सोही शैलिमा बिहिबार आत्महत्या गरेका छन् ।

घटनाको सुचना प्राप्त भएसँगै जेध्दा क्षेत्रमा कृयासिल एनआरएनए कर्मीहरू एनिसिसि उपाध्यक्ष ध्रुव कुमार रिजाल, आरिसिसि जेद्धाका क्षेत्रिय अध्यक्ष भिम गुरूङ, उपाध्यक्ष बेद गुरुङ, सहसचिव राज कुमार गिरी, तथा महाबाणिज्यदूतावास जेध्दाका का.बा. महाबाणिज्यदूत रेवती रमण पौडेलज्यु र श्रम सहचारी भोजराज घिमिरे लगायतको संयुक्त टोली घटना स्थलमा पुगी घटनाको बास्तविक जानकारी हासिल गरेको छ ।

एनसिसि साउदी अरबका उपाध्यक्ष ध्रुब कुमार रिजालले दिनुभएको जानकारी अनुसार पछिल्लो घटना बिहीबार लगभग ५ बजे भएको र घटनाको प्रमुख कारण मानसिक तनाव देखिन्छ । आत्महत्या गर्नु पुर्व घरमा (नेपाल) परिवार संग फोनमा झै झगडा भएको र केहि समय पछि आफु सुत्ने दुइ तल्ले बेडको डण्डीमा पासो लागाई झुण्डिएको अवस्थामा भेटिएको रिजालले बताउनु भयो ।

करिव ४५ जना नेपालीहरु कादारहरू रहेको रोजगारदाता कम्पनिले बिगत १३ /१४ महिना देखि मासिक तलब नदिएको र पछिल्लो ३ महिना देखि खानका लागी दिने गरेको रकम समेत रोकिदिएकोले कामदारहरूको अवस्था दयनिय हुदै गइरहेको छ । स्थलगत अनुगमन टोलिले दिएको जानकारी अनुसार कामदारहरूले तलव सेवा सुबिधा नपाए पछि मुद्दा अदालतमा दिएको र अदालतको फैसला अनुसार सबै कामदारहरुलाई ३ किस्ता गरि बकौता रकम दिने फैसला गरेको छ, जस अनुरुप पहिलो किस्ता फेब्रुअरी ५ तारिक भित्र १० जनालाइ, दोस्रो ३२ जना र बाकी तेस्रो पटक गरि सबै कादारहरु लाई घर पठाउने भन्ने फैसला सुनाएको छ ।

का.बा. महाबाणिज्यदूत रेवती रमण पौडेलले अदालले गरेको फैसला कार्यन्वयन भए-नभएको अनुगमन गर्न सम्भव भएसम्म प्रत्यक हप्ता सो क्याम्पमा भेट्ने आश्वान दिनुभएको सोहि कम्पनिमा कार्यरत नेपाली कमदारले बताए । त्यसैगरि एनआरएनए कर्मी तथा महाबाणिज्यदूतावास टोलीले कम्पनिका कर्मचारी सैयद सँग भेट गरि मृतकको शव नेपाल पठाउन तत्काल प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

२८ जनवरी, २०१७

तेज थापा, जेद्धा साउदी अरब ।

16265224_1378651975509336_5231533283612927525_n

बिभिन्न कारणवस साउदी अरबमा नेपाली कामदारहरूका समस्या  दिन प्रतिदिन बढ्दै जादा श्रममैत्रि संघ संस्थाहरू चिन्तित भएका छन् । समस्याको मुल चुरो, समाधानका पहल र रोकथाम लगायतका छलफलहरूलाइ घनिभुत रूपमा चलाउन आवश्यक ठानि साउदी अरबको पश्चिमि क्षेत्र जेद्धामा पुनः अन्तरकृया कार्यक्रमले निरन्तरता पाउदै छ । साउदी अरबमा श्रममैत्रि कार्यहरूमा अग्रपन्तिमा रहेको गैर आवासीय नेपाली संघ साउदी अरबले सम्बन्धित नियका र सरोकारवालहरूको ध्यान केन्द्रित गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिभिन्न कामहरू गर्दै आइरहेको छ ।

साउदी अरब भरि रहेका नेपाली कामदारले भोग्नु परेका समस्याहरूलाइ मध्यनजर गरि गत जनवरि ६ तारिख २०१७ शुक्रवार नेपाली महाबाणिज्य दूतावास जेद्धाको समुपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका दौरान नेपाली कामदारहरूका बिषयमा गम्भिर देखिनु भएका महाबाणिज्य दूतावास जेद्धाका का.बा. महाबाणिज्यदूत रेवति रमण पौडेलले छिट्टै एनआरएनए साउदी तथा नेपाली संघ-संस्थाहरूसँग समन्वय गरि समस्या समाधानका लागी छलफल र अभियान समेत चलाइने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

सो प्रतिबध्दतालाइ निरन्तरता दिदै यही आउदो फेब्रुअरि १० तारिख २०१७ शुक्रबारका दिन साउदीको जेद्धा स्थिति इण्डस्ट्रियल एरियामा अन्तरकृया कार्यक्रम तय गरिएको छ । नेपाली महाबाणिज्य दूतावास जेद्दाको आयोजना तथा गैर आवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समीतीको सहकार्यता र सह-आयोजनामा हुन गैरहेको श्रमिक समस्या र समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा पछिल्लो अवसस्थामा नेपाली श्रमिकहरू माझ बढ्दो समस्या र न्युनिकरणका उपाय नै पहिलो प्रथामिकतामा रहने एनआरएनए पश्चिम जेध्दा क्षेत्रका क्षेत्रिय अध्यक्ष भिम गुरूङले जानकारी दिनुभएको छ । त्यसैगरि कार्यक्रममा समस्या समाधान तथा निराकरणका लागि संस्थाले खेल्नु पर्ने भूमिका लगायतका बिषयमा पनि छलफल गरिने गुरूङले जानकारी दिनु भएकोछ । यसको अलावा स्वास्थ्य चिकीत्सक डा. बसरा लगायतको टोलीद्वारा अन्तरकृया कार्यक्रमका दौरान स्वास्थ्य सम्वन्धि जानकारि तथा जनचेता समेत दिइने पश्चिम क्षेत्र जेद्धाका समाचार सहकर्मी राज कुमार गिरीले जनाउनु भएको छ ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम ।

१५ जनवरी, २०१७

तेज थापा, दम्माम साउदी अरब ।

बिश्वको जुनकुनै कुनामा रहेर पनि नेपालीहरू आफ्नो परम्परा, संस्कार, संस्कृति जगेर्ना गर्न लागि परेका हुन्छन् । पराइ भुमिमा श्रम बेचि रहदा चाड-पर्वहरूको अवसरमा नेपालीहरू एक-आपसमा भेटघाट तथा रमाइलो गरि प्रवास बसाइको पिडा भुल्न चाहान्छन् । गत शुक्रवार १३ जनवरी, २०१७ नेपाल मगर संघ प्रवास शाखा साउदी अरबले यस्तै अवसर जुराइ दिएर साउदी अरबमा रहेका नेपाली जनसमुदायलाइ मनोरन्जन सहित आफ्नो परम्परा र संस्कृति जागृति गर्ने पहल जारि राखेको छ । साउदी अरबमा कृयाशिल मगर समुदायहरूले माघेसंक्रान्तिलाइ बिशेष पर्बको रूपमा हरेक बर्ष माघ महिनामा यसरी नै रमाइलो भेटघाट कार्यक्रम आयोजना गरि मगर तथा गैर मगर नेपाली समुदायहरूलाइ मनोरन्जन प्रदान गर्दै आइ रहेकाछन् ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 6

नेपाली राज दुतावास रियाद साउदी अरबका का.वा. राजदुत आनन्द प्रसाद शर्माको प्रमुख अतिथ्य तथा नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका का.वा अध्यक्ष युबराज पुन को सभापतित्वमा साउदी अरबको दम्माम स्थित अल-खयाम रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको संयोजक संघका कोषाध्यक्ष खिम गर्बुजा मगरले गर्नु भएको थियो । कार्यक्रममा जनजाती महासंघ साउदी अरवका अध्यक्ष तथा मगर संघ शाखा साउदी अरवका प्रमुख सल्लाहकार समेत रहेका हुम सुनारी मगर बिशेष अथितिको रूपमा उपस्थि हुनुहुन्थ्यो भने नेपाली दुतावास पुर्व क्षेत्रका स्थानीय कर्मचारी हरी घिमिरे, एनआरएनए एनसिसि अध्यक्ष नारायण पासवान, जिफन्ट साउदी अरबका अध्यक्ष राज तामाङ, फ्रेन्ड्स अफ नेपाल साउदी अरबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ, समाजसेवी तुलसी गुरुङ, तमु धी,प्रबास शाखा साउदी अरबका अध्यक्ष खेम तमु, संरक्षक ओम घेले, राम गुरूङ, स्याङ्जा सहयोग समाजका अध्यक्ष मोहन बिएसके,एनए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ,प्रबासी नेपाली  मंचका बरिष्ठ उपाध्यक्ष परशु राम मिश्र, प्रबासी मंचका अध्यक्ष बिरेन्द्र कुमार चौधरी लगायत साउदीमा कृयाशिल नेपाली संघ सस्थाका प्रतिनिधि ज्युहरु कार्यक्रम अतिथिका रूपमा सहभागिता जनाउनु भएको थियो ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 2

बिभिन्न चरणमा बिभाजित कार्यक्रममा कार्यक्रमका संयोजक तथा नेपाल मगर संघ प्रवास शाखा साउदी अरबका कोषाध्यक्ष खिम बहादुर गर्बुजा ज्युले स्वागत मन्तव्य दिनु भएको थियो । त्यसैगरि उपस्थित अतिथि, बिशेष अतिथि तथा प्रमुख अतिथिहरूले माघेसंक्रान्तिको अवसरमा शुभकामना सहितको मन्तब्य राख्नु भएको थियो भने गायक तिलक गुरुङ, गायक गायक जित थापा मगर, सुबास श्रेष्ठ, प्रेम तामाङ लगायत कलाकारहरुले गित संगित र आ-आफ्नो कलाहरू प्रस्तु गरि उपस्थित नेपाली जनसमुदायलाइ भरपुर्ण मनोरन्ज प्रदान गर्नुभएको थियो । त्यसैगरि आयोजक मगर संघले माघेसंक्रान्तिको अवसरमा नेपाली सेलरोटि, तरूल, बटुक लगायतका नेपाली घरेलु परिकारहरू समेत तयार गरि उपस्थित सम्पुर्णलाइ भोजन ग्रहण गराएको थियो ।

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 8 15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 7 15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 4 15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 3

15-01-2017-साउदीमा माघेसंक्रान्तिको रमझम 5

 

 

15135984_1501884903160861_699169778163855587_n

२० नोभेम्बर, २०१६

तेज थापा, रियाद साउदी अरब ।

खाडिमूलुक अन्तर्गत नेपाली कामदारहरूको प्रमुख गन्तव्यको रूपमा रहदै आएको साउदी अरब बिश्व बजारमा आएको पेट्रोलियम पदार्थहरूको उत्तव-चढाव तथा आर्थिक मन्दिले पछिल्ला दिनहरूमा प्रभावित भएको छ भने त्यसको असर साउदीमा रहेका नेपाली कामदारहरूमा समेत पर्ने क्रम बढेको छ । यसैलाइ मध्य नजरगरी गत शुक्रवार १८ नोभेम्बर, २०१६ नेपाली राजदूतवास रियादको आयोजनामा “नेपाली श्रमिकहरुको समस्या र समाधान” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

साउदी अरबको रियाद स्थित नेपाली राजदूत निवास भएको सो कार्यक्रममा आयोजकको तर्फबाट का.बा. राजदूत आनन्द प्रसाद सर्माज्यूले कार्यक्रमको उदेश्य प्रष्टाउनु भएको थियो । त्यसैगरि श्रम सहचारी अम्बिका प्रसाद अधिकारिज्युबाट नेपाली कामदारूले भोगिरहेका समस्याहरूलाइ बुंदागत रूपमा बर्गिकरण गरिएको थियो ।

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब रहेका नेपाली कामदारहरूको दिननु बढ्दै गइरहेको समस्या, समाधानका उपाय तथा रोकथाम लगायत मूलत ३ बुंदामा केन्द्रित रहि चलेको कार्यक्रममा एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समिति संयोजक, एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष, जनजाति महासंघ साउदी अरबका अध्यक्ष, नेपाली साझा मंचका अन्तर्राष्ट्रिय अभियन्ता, जन प्रगतिशिल मंचका साउदी अरबका अध्यक्ष, फ्रेन्ड्स अफ नेपाल, साउदी अरब एबम नेवा: समाजका अध्यक्ष लगायत दलित एकता संजालका साउदी अरब, जिफन्ट साउदी अरब, मिथिला एकता समाजका साउदी अरब आदिका प्रतिनिधिहरू तथा साउदीमा रहेका नेपाली व्यापार व्यावसायीहरूद्वारा आ-आफ्ना बिचार, सल्लाह, सुझावहरू राखिएको थियो ।

अन्तरकृया कार्यक्रममा भएका छलफल, राय, सल्लाह, सुझावहरू टिपोट गरी बुंदागतरूपमा निर्णयहरू भएको छ भने आयोजक नेपाली राजदूतावास रियाद साउदी अरबले सो निर्णयहरूलाइ सम्बन्धित निकाय तथा सरोकारवालहरू सम्म पुराइ ध्यान केन्द्रित तथा समाधानका लागि पहल गर्ने प्रतिबध्दता पनि जाहेर गरेको छ ।

कार्यक्रमका निर्णय तथा तस्विरहरूः

1

2315095489_1501885053160846_3016768226724037300_n dhram-kc15037210_1501885389827479_3950857366250046762_n

group

पूर्ण तस्विर र झलक तलको लिंकमा पनि राखिएको छ ।

https://www.facebook.com/saudinepalitv/videos/682635881908669/

 

%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%a4-%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97-17-11-2016-%e0%a4%85%e0%a4%b2%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%ae

१९ नोभेम्बर, २०१६

अल कासीमबाट राज कुमार श्रेष्ठका साथमा तेज थापा साउदी अरब ।

१७ नोभेम्बर २०१६ गैर आवासीय नेपाली संघ साउदी अरब माताहातमा रहेको आरसीसी अल कासीम क्षेत्रिय समितिले अमल अल खलिज कम्पनि साउदी अरबका बिचल्लिमा परेका नेपाली दाजुभाईहरुलाई खाध्यान्न लगायतका सामाग्रीहरू सहयोग गरेको छ ।

बैदेशिक रोजगारका सिलसिलामा सल्मानी ओभरसि काठमाण्डौ (Salmani oversee KTM) मार्फत १७ महिना अघि अमल अल खालीज कम्पनीमा साउदी अरब आएका १७ जना नेपालीहरु बिगत ४ महिना देखि कम्पनिले काम तथा तलब सेवा सुबिधा नदिएइ बिचल्लिमा परिरहेका छन् । खानाको लागी समेत आफुहरुसँग पैसा नभएकोले चाँडै ऊद्दार गरि नेपाल पठाउन पहल गरिदिन एनआरएनए साउदी अरबको लेबर टास्कफोर्स समितिमा निबेदन परेको थियो । सो निबेदनका आधारमा एनआरएनए साउदी अरबबाट आइसिसिमा प्रतिनिधित्व गर्ने आइसिसिसि सदस्य, एनसिसि साउदी अरबका सचिव, आरसिसि अलकासिम क्षेत्रिय समितिका पदाधिकारीहरूद्वारा उनिहरूलाइ भेटि रहात सामाग्रि हस्तान्तरण गरिएको अलकासिमबाट राजकुमार श्रेष्ठले जानकारी दिनुभएकोछ । जानकारी अनुसार एनसीसी सचिव बिशाल श्रेष्ठ समक्ष २०७३ सालको दीपावाली शुभ-कामना आदान प्रदान तथा श्रमिक समस्या अन्तरकृया कार्यक्रमका दिन निवेदन परेको र एनआरएनए साउदी अरबको लेबर टास्कफोर्स समिति मार्फत नेपाली दुतावास रियादमा पठाउनुका साथ साथै दूताबासमा निरन्तर अध्यावधिक गर्ने कार्य भइरहेकोछ ।

केहि दिन अघि अलकासिममा रहेका समाज सेविहरूले ति कामदारहरूलाइ रहात सहयोग समाग्रि दिए पनि पूनः उनिहरूले दैनिक आवश्यक समाग्रीहरूको अभाव भए पश्चात अलकासिमका एनआरएनए कर्मीहरूले एनसिसिको कोष तथा अन्य सहयोग रकम जुटाइ राहात सामाग्रीहरू हस्तान्तरण गरिएको जानकारी एनसिसि साउदी अरबका सचिव बिशाल श्रेष्ठले दिनु भएको छ ।

बिश्व बजारमा आएको पेट्रोलियम पदार्थमा मूल्य गिरावटसँगै आर्थिक मन्दि छाउदा साउदी अरबका साना तथा मझौला कम्पनीहरू प्राभावित भएकाछन् भने यसरी नेपाली कामदारहरूले तवब सेवा सुबिधा नपाइ बिचल्मा पर्ने क्रम पनि दिनानु बढेको । यस्तै समसामयिक विषयलाइ मध्यनजर गरि हिजो नेपाली राजदूतावास साउदी अरब रियादले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पिडित १७ जना नेपाली मध्यका हरि बहादुर वलीले प्रत्यक्ष उपस्थित जनाइ आफ्नो समस्या राख्दै यथासिघ्र आफु लागयत बिचल्लिमा परेका सबै १७ जना नेपालीहरूको उध्दार गरिदिन अनुरोध गरेका छन् ।

15058615_10209965660691469_401426723_n 15086407_10209965659051428_2970637_n 15151433_10209973204080049_678035510_n

 

७ सेप्टेम्वर, २०१६

तेज थापा, साउदी अरब ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले प्रस्तावित आपतकालिन उद्धार कोष संचालन निर्देशिका पारित गरेको छ । हिजो ६ सेप्टेम्वर, २०१६ मा बसेको एनसिसि साउदी अरबको पाचौं आकास्किम साइवर कन्फ्रेन्स बैठकद्वारा निर्देशिका समितले प्रस्तावना गरेको निर्देशिकालाइ सामान्य परिमार्जन सहित सर्वसहमतिमा पारित गरेको हो । गत अगस्त १९, २०१६ नेपाली राजदूतावास रियादमा सम्पन्न एनसिसि साउदि अरबको आठौं पूर्ण बैठकले ६ सदस्यिय कोष निर्देशिका समिति गठन गरि दुइ हप्ता भित्र प्रस्तावित निर्देशिकालाइ ग्रुप इमेल मार्फत सम्प्रेषण गर्न अनुरोध गरेको थियो ।

कोष निर्देशिका अनुमोदन सहित पाचौं आकास्किम साइवर कन्फ्रेन्स बैठकले एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानज्युको संयोजकत्वमा ७ सदस्यिय कोष ब्यबस्थापन, प्रवर्द्धन र संचालन समिति गठन गरेको छ । समितिलाइ निर्देशिकामा निहित रहि कार्य सम्पादन गर्ने र एक हप्ताभित्र संकलित सबै सहयोग राशी सञ्चालक समितिको संयुक्त बैंक खातामा अनिवार्य जम्मा गरि सक्ने जिम्मेवारी तोकिएको छ ।

आपतकालिन उद्धार कोषको प्रमुख उदेश्य साउदी अरबमा आइ समस्यामा परेका नेपाली श्रमिकहरुको उद्धार नै रहेको छ भने मितव्ययी र पारदर्शी हुदै गैर आवासिय नेपाली संघ साउदी अरबले नेपाल र नेपालीको हितमा समर्पित सेवाभावले सक्दो सहयोग पुर्याउने छ । त्यसैगरि नेपालबाट श्रम स्वीकृति लिएर बैध हैसियतमा रहेर पनि नेपाली म्यानपावर एजेन्सी वा रोजगारदाता कम्पनीहरूबाट करार बमोजिमका सुविधा नपार्इ खान, बस्नको अभाव भै बिचल्लीमा परेका र बिरामी तथा अशक्तहरू कोषको प्राथमिकतामा पर्नेछन् ।

कोषबाट उद्धार हुने प्रत्येक केशहरू एनआरएनए एनसिसी साउदी, नेपाली दूतावास रियाद या महाबाणिज्यदूतावास जेद्धामा अनिवार्य रिपोर्ट भएका केशहरूमध्यबाट हुनेछन् र निर्णयहरू नेपाली नियोगहरू र एनआरएनए दुबैको सहमतिमा हुनेछन साथै श्रम सहचारीहरूले सम्बन्धित जिम्मेवार पक्षहरूबाट खर्च हुने राशीको शोधभर्ना दिलाउन सरकारी कानूनी प्रकृयामा सहजिकरण गर्नुहुनेछ । त्यसैगरि सञ्चालक समितिद्वारा उद्धार गरिने प्रत्येक केशहरूबारे खर्चिएको राशी सहितको बिवरण उल्लेख गरी नेपाली नियोग, एनआरएनए र नेपाली समुदायलार्इ समेत जानकारी गराउनुपर्ने समेत उल्लेख गरिएको छ । यसको अलावा गैर आवासीय नेपाली संघ साउदी अरबले कोषलार्इ अक्षय र दीगो बनाउन उद्धारका प्रत्येक केशहरूमा खर्च हुने राशी कानूनले निर्दिष्ट गरेका जिम्मेवार पक्ष(हरू)संग शोधभर्नाका लागि संस्थागत पहल गर्ने छ ।

आपतकालिन उद्धार कोष संचालन निर्देशिका

 

kos-nirdeshika-09-2016_page_1 kos-nirdeshika-09-2016_page_2 kos-nirdeshika-09-2016_page_3 kos-nirdeshika-09-2016_page_4

14138287_1821851994700941_426166408_n
२६ अगस्त, २०१६
तेज थापा, साउदी अरब जुबेल ।

गैर आवासीय नेपाली संघ स्थानिय समन्वय समिति जुबेलले यही आउदो सेप्टेम्वर २ तारिख, २०१६ मा हरितालिका तीज बिशेष तथा नेपाली श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम आयोजना गर्ने भएको छ । प्रबेश शुल्क निशुल्क राखिएको सो कार्यक्रम जुबेल स्थित कुकजोन होटेल हलमा आयोजना गरिदै छ । कार्यक्रमलाइ व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक कमिटि अन्तिम तयारीमा जुटेको जानकारी एनआरएनए एलसिसि जुबेलका अध्यक्ष ओम फुयाल तथा आयोजक कमिटिका सदस्य अन्जनि कुमार अधिकारीले दिनु भएको छ ।

Invitation letter

13934802_1085425684878906_5347450427597662526_n

१२ अगस्ट, २०१६

तेज थापा, साउदी अरब ।

नेपालीका लागी नेपाली भन्ने मूल नारा सहित लामो समय देखि साउदीमा कृयासिल भै रहेको गैर आवासीय नेपाली संघ साउदी अरबले नेपालमा आइ पर्ने दैबिक प्रकोप, भूकम्प, आग लागी, बाढि पहिरो जस्ता महा बिपत्तिहरूमा सहयोग गर्दै आइरकेको छ । केहि दिन अघि नेपालमा आएको अबिरल बर्षासँगै बिभिन्न जील्लाहरूमा ठूलो जन-धनको नोक्सानि पर्नेमा सप्तरी जिल्ला पनि अछुतो रहेन, सप्तरिको दिघ्वा गाउमा आएको बाढिले गाँउ बस्ति नै डुवानमा परेको जानकारी प्राप्त भए पश्चात एनआरएनए साउदीको ध्यानाकर्षण भै एनसिसि उपाध्यक्ष डमर कुमार यादव लगायतका एनआरएन कर्मीहरूले राहात सहयोग संकलन गरि रू ३५,००० बिप्रेषण गरि नेपाल पठाइ दिएका थिए ।

14017711_1135762499814117_783715516_n

डमर कुमार यादवले दिएको जानकारी अनुसार एनआरएनए साउदी लगायत बिभिन्न देशहरूबाट प्राप्त सहयोग रासिलाइ एकिकृत गरि दिघवा गाउका बाढि प्रभावित परिवार तथा दलित बालबालिकाहरूलाइ दैनिक उपभोग्य सामाग्रि, लत्ता कपडा लगायत बिध्यार्थिहरू लाइ शैक्षिक सामाग्रहि बितरण गरिएको थियो । राहात सामाग्रि संकलन र बितरण गर्न मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार, न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवको टोलिले समन्वयकारी भुमिका निर्भाह गरेको जानकारि समेत प्राप्त भएकोछ ।

13886494_1085421528212655_8438801686221396640_n

यसै गरि एनआरएनए एनसिसि साउदी अरबका केन्द्रिय सदस्य भक्त राइ लगायतको टोलीले सहयोग रासि संकलन गरि अविरल बर्षा र पहिरोले प्रभावित बागलुङ कुसमिसेरा ९ ओडारका कृष्णप्रसाद शर्माको परिवारलाइ सहयोग गरेको छ । राइ द्वारा प्राप्त जानकारी अनुसार अल्लगासिम ओनेजा सोकगानाम भलिबल कल्ब बाट सा. रि. ३०५, कमल शर्मा बाट सा. रि. १०१, भक्त राई बाट सा. रि. ७०, रामबहादुर अर्याल बाट सा. रि. ५१, राजन रिजाल बाट सा. रि. ५१, सरोज जि सि बाट सा. रि. ५१ आसाराम परियार बाट सा. रि. ३०, नारायण ढकाल बाट सा. रि. २६, रामबहादुर थापा बाट सा. रि. २५ एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासपानबाट सा. रि. १५१, महासचिव तेज बहादुर थापा बाट सा. री. १०१ गरि जम्मा ९६२ नेपाली रूपिया २६,९३६ बराबरको सहयोग गरिएको हो ।

14012542_301027420252176_934453327_o14012542_301027420252176_934453327_o

14011969_1135762463147454_578752144_n 14010029_1135762536480780_589766933_n 13939415_1085421758212632_4497955738635085969_n 13921165_1085422251545916_6539043536620826959_n 13920776_1085421344879340_5979767289369415512_n 13902615_1085421454879329_1665794009028640312_n 13895031_1085422518212556_4533205567192355818_n 13882273_1085422694879205_1861079363331935930_n 13882243_1085423148212493_8000732737293580664_n 13882226_1085426864878788_7295208014601818625_n 13880397_1085422748212533_5067251000178768724_n 13879457_1085422064879268_6534370667809655838_n 13879284_1085426834878791_3251780536120209646_n

Byanar

२९ जुलाइ, २०१६

तेज थापा,अलखोवर साउदी अरब ।

हिजो शुक्रवार, अलखोवर स्थित क्लासिक रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ साउदी अरबको नवौं बार्षिकोत्वस कार्यक्रम भव्य र शव्य रूपमा सम्पन्न भएको छ । मध्यान्ह १२ बजेदेखी सुरू भै साझ ५:३० बजे समापन भएको कार्यक्रममा आइसीसी, एनसीसी, आरसीसी, एलसीसीका बर्तमान तथा भुतपुर्व पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, एनआरएनए साउदीका संस्थापकहरू, नेपाली राजदूतावास रियादका श्रमसहचारी, दूतावासका कर्मचारी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, टेलिभिजन कर्मीहरू, अनलाइन मिडिया कर्मीहरू, पत्रकारहरू, समाजशेवि तथा बुध्दीजिविहरू लगायत नेपाली दिदिबहिनि तथा दाजुभाइहरूको उल्लेख्य संख्यामा जमघट रहेको थियो ।

तेज थापाद्वार संचालित कार्यक्रमको पहिलो खण्ड आसन ग्रहणबाट सुरू गरिएको थियो । एनसीसी अध्यक्ष नाराणय पासवानज्युको सभापतित्वमा नेपाली राजदूतावास रियादका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी प्रमुख अतिथि तथा NRNA ICC FEMWWC संयोजक धरम के. सी. बिशेष अतिथिको रूपमा आसन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, एनआरएनए साउदीका संस्थापक तथा तमुधी संघ प्रवास साखा साउदी अरवका संरक्षक ओम घले, एनआरएनए साउदीका संस्थापक तथा नवलपरासी प्रवासी मंच साउदि अरवका अध्यक्ष बिरेन्द्र चौधरी, एनआरएनए साउदीका संस्थापक तथा भुतपुर्व NRNA-ICC मध्यपुर्व सहसंयोजक राजु सैयद, एनआरएनए साउदीका संस्थापक तथा नेपाल मगर संघ प्रवास साखा साउदी अरबका अध्यक्ष रूद्र सारू मगर, नेपाल मगर संघ प्रवास साखा साउदी अरबका कै कोषाध्यक्ष खिम बहादुर गर्बुजा, एनआटिएनसि नेपाली समाज साउदि अरवका अध्यक्ष प्रेम सिंमजाली मगर, महासचिव धने मेचे तथा संथापक अध्यक्ष राम गुरूङ, बिबेकसिल नेपालीका अध्यक्ष रबिन गुरूङ, अन्तराष्ट्रिय नेपाली साझा मन्चका अभियान्ता तथा पत्रकार महेश श्रेष्ठ, सैलुङ अनलाइनका मार्केटिङ डाइरेक्टर नवराज तामाङ, साउदी नेपाली अनलाइ टेलिभिजनका चियर म्यान रोशन एन श्रेष्ठ तथा टिमि, आँधिखोला अनलाइन डट्कमका मिडिया कर्मी सुरज अधिकारी, स्याङजा सहयोग समाज साउदी अरबका राजन श्रेष्ठ, भुतपुर्व एनसिसि साउदी अरबका कोषाध्यक्ष देबेन्द्र सुबेदी, भुतपुर्व एनसिसी केन्द्रिय सदस्य चन्द्र प्रकाश भन्डारी, समाज सेवी जोन अर्याल तथा रबिना अर्याल दम्पती, होटेल व्यवसायी तथा समाज शेवी श्री लिम्बु तथा नेपाली दिदिबहिनिले अतिथिको रूपमा आसन ग्रहण गर्नुभएको थियो ।

जाग लम्क चम्क हे नौजवान होभन्ने स्वादेश गान गुञ्जायमान सँगै एनसीसी साउदी अरबको संरचना र मातहातमा रहेका आरसीसी तथा एलसीसी समुहले आ-आफ्नो व्यानर र नेपाली झण्डा सहित मार्चपास गर्दै मंचमा प्रबेश गरेका थिए । व्यानर, नेपाली झण्डा, मार्च पास तथा नेपाली गितसंगति गुञ्जायमान क्षणले प्रवासका अनुभुति भुलाइ नितान्त नेपाल मै कुनै ठूलो उत्वस भै रहेको छ भन्ने आभाष हुन्थ्यो । मार्चपास पश्चात कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि तथा संस्थापकहरूको संयुक्त रूपमा दिप प्रज्जलन गरि नवौं बार्षिक उत्सव औपचारिक रूपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन सँगै मार्चपासको समुह तथा उपस्थित सबैले एकै स्वरमा राष्ट्रिय गान गुनगुनाएका थिए ।

मन्तव्य कार्यक्रममा अन्तर्गत एनसीसी सदस्य उमेश भट्टराइले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी. ले संस्थाको समग्र सार संक्षितप्त बारे जानकारी मन्तव्य दिनु भएको थियो ।

प्रतिबेदन प्रस्तुत अन्तर्गत गत मर्इ, २०१५ रियादमा सम्पन्न एनसीसी साउदी अरबको पांचौं महाधिवेशन यता संस्थामा हासम्म भए गरेका गतिबिधिहरूको बार्षिक अध्यावधिक कार्य प्रगति बिवरण र भावी कार्य योजना सहितको प्रतिबेदनलाइ एनसीसी महासचिव तेज बहादुर थापाले प्रोजेक्टरको माध्यामाद्वारा प्रस्तु गरेका थिए । त्यसै गरी एनसीसी कोषाध्यक्ष खगेन्द्र बिक्रम नेम्वाङ कारणवस कार्यक्रममा उपस्थित हुन नसके पछि उपाध्यक्ष डमर कुमार यादवले कोषाध्यक्षद्वारा संप्रेषण गरिएको आर्थिक प्रदिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै एनसिसिको बैठक द्वारा गठित आर्थिक अडिट टिमका सदस्य धरम के. सी. द्वारा अडित रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।

लन्चब्रेक पश्चात कार्यक्रमका बिशेष अतिथिद्वारा एनआरएनए साउदीका संस्थापकहरूलाइ सम्मान पत्र बितरण गरीएको थियो भने प्रमुख अतिथिद्वारा एनआरपी पासपोर्ट सहजि करण शेवामा सहयोग पुराउने स्वयम शेवक तथा गत बर्ष नेपालमा गएको भुकम्प राहत संकलन सहजकर्ता तथा सहयोगीहरूलाइ प्रमाण पत्र बितरण गरिएको थियो । त्यसैगरि एनसिसि अध्यक्षद्वारा उत्कृष्ठ क्षेत्रिय एनआरएन लाइ प्रसंसा पत्र बितरण गर्नु भएको थियो भने संस्थालाइ सहयोग पुराउने समाजशेवीहरूलाइ सम्मान पत्र बितरण गरिएको थियो ।

एनआरएनए साउदीका संस्थापक ओम घले तथा नेपाली राजद्तावासका श्रमसहचारी तथा कार्यक्रमका प्रमुख अतिथिको शुभकामना मन्तव्य सँगै कार्यक्रमको पहिलो र दस्रो चरण समाप्त भएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा नेपाली राजद्तावासका श्रमसहचारी, बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजकको संलग्नतामा पिडितहरू तथा उपस्थित सहभागिहरू बिच श्रमिक समस्या बारे अन्तरकृया कार्यक्रम चलाइएको थियो । अन्तरकृया कार्यक्रममा बिभिन्न कारणले पिडा भोगि रहेका श्रमिकहरू प्रत्यक्ष रूपमा उपस्थित भै आ-आफ्ना समस्या र भोगी रहेका पिडा बारेमा श्रम सहचारीलाइ अवगत गराएका थिए भने श्रम सहचारीज्युले ति समस्याहरूका बारेमा दूतवासबाट भै रहेको पहल र समाधानका बारेमा जानकारी गराउनु भएको थियो । अन्तरकृया कार्यक्रममा सँगै कार्यक्रमका सभापतिले मन्तव्य राख्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।

अनौपचारी कार्यक्रम अन्तर्गत आरसीसी पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीले बिभिन्न कलाकारहरूको कला तथा प्रतिभा प्रस्तुत कार्यक्रम संचालन गर्नुभएको थियो । सो क्रममा रिया घर्ति मगरले कोही यहाँ पैसा र डलरमा बेचिदै छन् नामक शिर्षकमा निकै मार्मिक कबिता बाचन गर्नु भएको थिएको थियो भने, गायक दिपक सुबेदिले यहाँ देशको छ चिन्ता, तिमि माया-माया भन्छौ बोलको सुमधुर र कर्णप्रिय गित सुनाउनु भएको थियो । त्यसै गरि अन्जनिक कुमार अधिकारीले मेरो समपना के होला शिर्षकमा कबिता बाचन गर्नुभएको थियो र अन्त्यमा नेपाली संस्कृतिक टिमद्वारा नृत्य प्रस्तुत गरिएको थियो सो क्रममा उपस्थित दिदीबहानिहरू र दाजुभाइहरू समेत नृत्यमा झुमेका थिए ।

13613279_624618071043784_681455994763946365_o 13613279_624618851043706_4575580844245180294_o 13640730_624619131043678_800584833407366469_o 13640765_624625497709708_7232892006408366964_o 13640812_624618944377030_1226189803183902690_o 13640983_624622734376651_2211704769043970172_o 13641115_624621074376817_1325946329655082546_o 13641225_624625594376365_8479322559039520310_o 13641256_624625911043000_1256971885305445091_o 13652920_624625957709662_2373042630942802947_o 13652958_624620571043534_2438109491958398052_o 13652968_624620251043566_6769968812078299211_o 13653233_624620731043518_1268903954853756759_o 13653353_624619127710345_4902498494461992636_o 13661968_624621161043475_2061453289591318419_o - Copy 13661968_624621161043475_2061453289591318419_o 13661993_624621921043399_3727485047616619864_o 13662269_624618941043697_5383632639384118170_o 13667714_624618387710419_6248520758533449615_o 13667912_624615917710666_4930612584045464297_o 13667975_624622007710057_7924889951529369420_o 13668765_624620947710163_5733630974047896349_o - Copy (2) 13668765_624620947710163_5733630974047896349_o - Copy 13668765_624620947710163_5733630974047896349_o 13668854_624623164376608_6832069315648562151_o 13668884_624615684377356_4049535185071971659_o 13669257_624618667710391_9037030772377702137_o 13669413_624625677709690_9088476644042263694_o 13679877_624622477710010_4468549643344355527_o 13680162_624618267710431_1883059749005824883_o 13680180_624623114376613_5155092572285801526_o 13680236_624625591043032_7330568058626509277_o 13680299_624615794377345_1763163117279150494_o 13692950_624621054376819_2096944709364563491_o 13698046_624620691043522_998990416374439809_o 13708172_624625847709673_2046306936149369921_o 13735659_624621441043447_3170204852410780161_o 13765752_624618351043756_7879196134790821009_o 13765808_624621914376733_1684568022486360703_o

13592823_10204948802519279_4876516500914985262_n

०५ जुलाइ, २०१६

तेज थापा, जुबेल साउदि अरब ।

हिजो सोमबार राति एनआरएनए एलसिसि जुबेल, नेपाली साझा मन्च र बिबेकशिल नेपाली दलको संयुक्त टोलिले जुबेलमा बिचल्लि परेका २३ जाना नेपाली कामदारहरू लाइ राहात सामाग्रि बितरण गरेको छ । आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारी बाट प्राप्त जानकारि अनुसार बिगत लामो समय देखी रोजगारदाता कम्पनीले तलब सुबिधा नदिदा दैनिक उपभोग्य सामाग्रीको समेत अभाव भै उनिहरूको जिवन कष्टकर बन्दै गरेको छ । केहि दिन अघि एलसिसि जुबेलका एआरएनए कर्मीहरू, नेपाली साझा मन्चका अभियान्ताहरू र बिबेकशिलका नेपाली दलका साथीहरू सम्मेलित एक टोलि AMAM (Abdul Mohsen Al Mousa ltd.) कम्पनिमा भेट गरि पिडित नेपालीहरूको बास्तविक स्थिति बुझेको थियो ।

टोलिले तयार पारेको प्रतिबेदनका आधारमा पिडित नेपालीहरूको समस्यालाइ दृघकालिन रूपमा समाधान गर्न एनआरएनए आइसिसि FEMWWC संयोजकज्युले नेपालका श्रम मन्त्रीज्युलाइ पत्र प्रेषित गर्नु भएको छ भने एनसिसि साउदी अरबले नेपाली दुतावास साउदी अरब रियादलाइ पत्र संप्रेषण सहित उध्दारका लागी पहल गरिदिन संस्थागत अनुरोध गरेको छ ।

दैनिक उपभोग्य सामाग्रिहरूको समेत अभाव भै दयनिय अवस्था हुदै गर्दा एनआरएनए एलसिसी जुबेलको बिशेस पहलमा नेपाली साझा मन्च र बिबेकशिल नेपाली दलको टोलिले बिचल्लिमा परेका नेपाली कामदारलाई भेटि लगभग एक महिनासम्म पुग्ने दैनिक उपभोग्य सामाग्रिहरू बितरण गरेको छ । आरसिसि सचिव अधिकारीका अनुसार एनआरएनए एलसिसी जुबेलको सकृयतामा नेपाली साझा मन्च र बिबेकशिल दलले एकसाथ रकम संकलन गरि ३२० केजी चामल, ३० केजी दाल, १८ लिटर तेल, १५ केजी प्याज, एक कर्टुन सोयाबिन, ३० केजी आलु, ४ केजी लसुन, १० केजी नुन सहित मसला, बेसार लगाएत दैनिक उपभोग्य सामाग्री उपलब्ध गराइएको हो ।

राहत बितरण टोलिमा एनआरएनए पूर्व क्षेत्रीय समान्वय समिती सचिब अन्जनी कुमार अधिकारी, प्रबक्ता तेजु श्रेष्ठ, एनआरएनए एलसिसी जुबेलका अध्यक्ष ओम फुयाल, उपाध्यक्ष भोज कार्की, सचिब कृष्ण पुरी, कोषाध्यक्ष जिके क्षेत्री, एनआरएनए एनसिसि भुतपूर्व कोषाध्यक्ष देबेन्द्र सुबेदी समेत उपस्थित रहेको थियो । साथै कार्यक्रममा बिबेकशिल नेपाली दलका केन्द्रीय सदस्य रमेश खत्री, बिबेकशिल नेपाली साउदी अरबका अध्यक्ष रबिन गुरुङ लगायत साझा मन्चका अभियान्ताहरुको समेत उपस्थिती रहेको थियो ।

रहात बितरण पुर्व नेपाली साझा मन्चका अभियान्ता तथा पत्रकार महेश श्रेष्ठले राहत बितरण गर्नु रहर नभएर बाध्यता भएको भन्दै हाल साउदीमा धेरै नेपाली कामदारहरूको अवस्था दयनिय हुँदा समेत सरकार तथा उसका सम्बन्धित निकायहरू मौन रहनु दुःख को कुरा हो भन्ने औंलाउदै आउँदा दिनमा अन्य नेपालीहरूले यस्तो अवस्था भोगेको देख्नु नपरोस भन्ने धारणा ब्यक्त गर्नु भएको थियो ।  उता एनआरएनए पुर्ब क्षेत्र सचिब अन्जनी कुमार अधिकारीले पिडित कामदारूको समस्यालाइ समाधान गर्न गैर आवासीय नेपाली संघ साउदी अरबले संस्थागत पहल थालेको जानकारी दिदै श्रम मन्त्री र साउदी स्थित नेपाली राजदुताबसमा पत्राचार भै सकेको हुदा नेपाल सरकार तथा सम्बन्धित निकायले केहि निकास निकाल्ने बिस्वास दिलाउनु भएको थियो । त्यसै गरि बिबेकशिलका केन्द्रिय सदस्य रमेश खत्रीले होसियार पूर्वक रहन र काम गर्द पुर्ण सेफ्टीका साथ काम गर्न सल्लाह दिदै हालको पिडा माथी अर्को पिडा नथपियोस भन्नु भयो भने बिबेकशिल कै रबिन गुरुङले सम्यमता अपनाइ दुखको घडीमा सामना गर्न र परिवार प्रती दुखेसो नपोख्न आग्रह गर्नु भएको थियो । एनआरएनए एलसिसी जुबेल का अध्यक्षा ओम फुयालले दिर्घकालिन समस्या समाधानका लागी सम्बन्धित सरोकारवालहरूले कदम चाल्नु पर्ने बिचार राख्नु भएको थियो । बोल्ने क्रममा कृष्ण पुरी, तेजु श्रेस्ठ, जिके क्षेत्री, भोज कुमार कार्की लगाएतले राहात बितरण समस्याको समाधान नभए पनि दैनिक अवश्यक सामाग्रि दिनानु अभाव हुदै जादा संस्थाले तत्कालका लागी राहात सामाग्री बितरण नै बैकल्पिक उपाय अपनाएको जानकारी दिनु भएको थियो । एनआरएनए पुर्ब एनसिसी सदस्य देबेन्द्र सुबेदीले साउदीको श्रम अदालतमा बिचाराधिन पिडितहरुको केश आगामी जुलाई १३ र २८ तरिक को लागी तोकिएको २ फरक मितीमा अदालतको फैसलाबाट समाधान  newहुनेमा सबैको आसा रहेको बिचार राख्नु भएको थियो ।